• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

अमेरिकी आप्रवासी हिरासतमा मृत्युदर दशककै उच्च : अधिकार समूह


  •   बिहिबार, असार ११, २०८३ मा प्रकाशित
  • न्युयोर्क, ११ असार (रासस/एएफपी) :

    Advertisement

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीविरुद्धको कडा नीतिका बीच अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) हिरासतमा मृत्यु हुने व्यक्तिको संख्या पछिल्लो एक दशककै उच्च स्तरमा पुगेको अधिकार समूहहरूले जनाएका छन्।

    ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्स ले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता आईसीई हिरासतमा कम्तीमा ५२ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

    ट्रम्पले दोस्रो कार्यकालमा अवैध आप्रवासन नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेपछि अमेरिकी अधिकारीहरूले हजारौं आप्रवासीलाई हिरासतमा लिएको जनाइएको छ।

    प्रतिवेदनका अनुसार सन् २०२५ जनवरीदेखि सन् २०२६ जनवरीसम्म आईसीई हिरासतमा वार्षिक मृत्युदर अघिल्लो वर्षको तुलनामा १४० प्रतिशतले वृद्धि भएको छ।

    उक्त मृत्युदर ट्रम्पका पूर्ववर्ती जो बाइडेनको कार्यकालको तुलनामा करिब चार गुणा तथा ट्रम्पकै पहिलो कार्यकाल (सन् २०१७–२०२१) को तुलनामा दुई गुणाभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनका सह–लेखक तथा ह्युमन राइट्स वाच का अनुसन्धानकर्ता रेगन विलियम्सलाई उद्धृत गर्दै एएफपीले हिरासतमा मृत्युदर अभूतपूर्व रूपमा बढेको जनाएको छ।

    प्रतिवेदनमा समेटिएको एक घटनाअनुसार हिरासतमा रहेका एक व्यक्तिलाई स्ट्रोक भएपछि आवश्यक र समयमै चिकित्सा उपचार उपलब्ध नगराइएको उल्लेख गरिएको छ।

    यस्तै, अर्का एक मेक्सिकी नागरिकको हृदयाघात भएपछि आवश्यक उपचार नपाउँदा मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनले आप्रवासन हिरासत केन्द्रहरूको संख्या विस्तार हुँदै जाँदा त्यहाँ उपलब्ध स्वास्थ्य सेवाको गुणस्तर र पहुँच कमजोर बन्दै गएको जनाएको छ।

    हार्वर्ड मेडिकल स्कुलकी बालरोग विशेषज्ञ तथा प्रतिवेदनकी सह–लेखिका क्याथरिन पिलरले आईसीई हिरासतमा रहेका व्यक्तिको सुरक्षा र स्वास्थ्य संरक्षण गर्न अमेरिकी सरकार असफल भएको बताउनुभएको छ।

    प्रतिवेदनले आईसीई हिरासतमा आत्महत्याका घटनाप्रति पनि ध्यानाकर्षण गराउँदै सन् २०२५ जनवरीदेखि सन् २०२६ जनवरीसम्म सात जना बन्दीले आत्महत्या गरेको जनाएको छ।

    बिहिबार, असार ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.