काठमाडौं, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो (लाम्चो) ३८ रुपैयाँ, सेतो आलु ३० रुपैयाँ तथा भारतीय प्याज ५२ रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, स्थानीय काउली प्रतिकिलो १२० रुपैयाँ, गाजर १०० रुपैयाँ, बन्दा ६० रुपैयाँ र मूला २० देखि ३० रुपैयाँसम्म कायम गरिएको छ।
तरकारीतर्फ मटरकोसा प्रतिकिलो २०० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, लौका ५० रुपैयाँ, करेला ४० रुपैयाँ, भिन्डी ३० रुपैयाँ र सखरखण्ड १२० रुपैयाँ तोकिएको छ। च्याउमध्ये कन्य च्याउ २५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ४२० रुपैयाँ तथा आँप (मालदह) ९० रुपैयाँ र आँप (दशहरी) १०० रुपैयाँ कायम भएको छ।
मसलाजन्य वस्तुमध्ये अदुवा प्रतिकिलो १४० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ र सुकेको खुर्सानी ५०० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ र छडी माछा २५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
कालीमाटी बजारले दैनिक रूपमा कृषिउपजको थोक मूल्य निर्धारण गर्दै आएको छ।

