• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भाइकिङ समाजको नयाँ रहस्य


  •   बुधबार, असार १०, २०८३ मा प्रकाशित
  • सोफ्टेन (डेनमार्क), १० असार । डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा उत्पादन केन्द्र फेला परेपछि भाइकिङ समाज अपेक्षाभन्दा धेरै व्यवस्थित, विकसित र आर्थिक रूपमा सङ्गठित रहेको नयाँ प्रमाण प्राप्त भएको छ । पुरातत्त्वविद्हरूले यो खोजले भाइकिङहरू केवल आक्रमणकारी वा योद्धा मात्र नभई उन्नत उत्पादन प्रणाली र व्यापारिक सञ्जाल निर्माण गर्ने समाज रहेको देखाएको बताएका छन् ।

    Advertisement

    मोएसगार्ड सङ्ग्रहालयका विशेषज्ञहरूले डेनमार्कको जुटल्यान्ड प्रायद्वीपस्थित सोफ्टेन क्षेत्रमा करिब एक लाख वर्गमिटर क्षेत्रमा फैलिएको विशाल बस्ती फेला पारेका हुन् । आरहुस सहरबाट करिब १० किलोमिटर उत्तरमा रहेको यो स्थल इस्वी संवत् ६०० देखि ९५० बीचको पछिल्लो फलाम युग र प्रारम्भिक भाइकिङ कालसँग सम्बन्धित मानिएको छ ।

    उत्खननको नेतृत्व गर्नुभएकी पुरातत्त्वविद् लिभ स्टिडिङ रेहर–ल्याङबर्गले यो बस्तीमा कपडा उत्पादनको स्पष्ट केन्द्र रहेको बताउनुभयो । उहाँका अनुसार उत्खननबाट धागो कात्ने उपकरण, करघाका तौल, कपडा उत्पादनका संरचना तथा ८० भन्दा बढी पिट हाउस फेला परेका छन् । अर्ध–भूमिगत ती संरचनाहरू भाइकिङ कालमा कार्यशाला र आवासका रूपमा प्रयोग गरिन्थे ।

    पुरातत्त्वविद्हरूले चाँदीका सिक्का, काँचका मोती र विभिन्न भाँडाकुँडा समेत फेला पारेका छन् । उत्पादन तथा शिल्पका लागि छुट्टाछुट्टै क्षेत्र र एउटा मात्र आवासीय भवन भेटिएकाले सम्पूर्ण उत्पादन प्रणाली कुनै प्रभावशाली व्यक्ति वा समूहको नियन्त्रणमा रहेको अनुमान गरिएको छ ।

    गत तीन दशकमा स्थानीय व्यक्तिहरूले मेटल डिटेक्टरमार्फत यस क्षेत्रमा धेरै चाँदीका सिक्का फेला पारेका थिए । डेढ वर्षअघि सडक तथा औद्योगिक क्षेत्र निर्माणअघि गरिएको परीक्षण उत्खननपछि पुरातत्त्वविद्हरूको विशेष चासो बढेको थियो ।

    मोएसगार्ड सङ्ग्रहालयका इतिहासकार कास्पर एन्डरसनले सोफ्टेनको खोजले त्यस समयको स्थानीय अर्थतन्त्र, संस्कृति र राजनीतिक संरचना बुझ्न महत्त्वपूर्ण आधार थपेको बताउनुभयो । उहाँका अनुसार त्यतिबेला आरहुस अन्तर्राष्ट्रिय व्यापार तथा शासकीय केन्द्रका रूपमा विकसित भइसकेको थियो ।

    गत वर्ष नजिकैको लिस्बर्ज क्षेत्रमा भेटिएको अर्को भाइकिङ बस्ती सम्भवतः उच्च वर्गीय परिवारको आवास रहेको मानिएको छ । एन्डरसनका अनुसार सोफ्टेनजस्ता ग्रामीण बस्तीबाट उत्पादन गरिएका सामग्रीहरू ठूला व्यापारिक केन्द्रमा पुगेर अन्तर्राष्ट्रिय व्यापार सञ्जालमा समावेश हुने गर्थे ।

    उहाँले यति ठूलो उत्पादन केन्द्र केवल स्थानीय आवश्यकताका लागि मात्र नभई फराकिलो बजारलाई लक्षित गरेर सञ्चालन गरिएको बताउनुभयो । सोफ्टेनमा उत्पादित कपडाले स्थानीय सीमाभन्दा धेरै ठूलो व्यापारिक बजार प्राप्त गरेको उहाँको भनाइ छ ।

    भविष्यमा गरिने कार्बन डेटिङ र पराग विश्लेषणबाट यहाँ कस्तो प्रकारको कपडा उत्पादन हुन्थ्यो भन्ने विषय अझ स्पष्ट हुने अपेक्षा गरिएको छ ।

    सन् ७९३ देखि १०६६ सम्म फैलिएको भाइकिङ युगमा नोर्स समुदायले युरोपका विभिन्न भागमा व्यापार, उपनिवेश विस्तार, युद्ध र समुद्री यात्राहरू गरेका थिए । उत्तरी अमेरिकासम्म पुगेका भाइकिङहरूलाई प्रायः आक्रमणकारी समूहका रूपमा चित्रण गरिए पनि सोफ्टेनको यो खोजले उनीहरू व्यवस्थित उत्पादन, श्रम विभाजन र अन्तर्राष्ट्रिय व्यापारमा आधारित उन्नत समाज भएको पुष्टि गरेको पुरातत्त्वविद्हरूले बताएका छन् ।

    बुधबार, असार १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.