• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आज : कूटनीतिमा महिला दिवस


  •   बुधबार, असार १०, २०८३ मा प्रकाशित
  • काठमाडौँ, १० असार । आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ देखि प्रत्येक वर्ष जुन २४ लाई यो दिवसका रूपमा मनाउन प्रारम्भ गरेको हो ।

    Advertisement

    उक्त विश्व संस्थाका अनुसार कूटनीतिमा महिलाहरू केवल अन्तरराष्ट्रिय मामिलाका सहभागी मात्र नभई शान्तिका निर्माता, समानताको पक्षधर तथा विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन् । उनीहरूको आवाज, दृष्टिकोण र नेतृत्व आजको जटिल विश्व चुनौती समाधान गर्न तथा अझ समावेशी, न्यायपूर्ण र दिगो समाज निर्माणका लागि महिलालाई कूटनीतिमा स्थान दिन अपरिहार्य भएको छ ।

    अन्तरसम्बन्धित विश्वको मागअनुसार कूटनीति रूपान्तरण हुँदै गएको सन्दर्भमा निर्णय प्रक्रियाका सबै तहमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु समानताको विषय मात्र नभई प्रभावकारी विश्व शासनका लागि आधारभूत आवश्यकता भएकोमा जोड दिइएको छ । बेइजिङ कार्ययोजना र दिगो विकास लक्ष्यहरूको प्रतिबद्धता कार्यान्वयनका लागि पनि यसलाई महत्वपूर्ण मानिएको छ ।

    महिलाहरू निर्णय लिने तहमा सहभागी हुँदा कूटनीति जनताको प्रतिनिधित्व अझ राम्रोसँग प्रतिबिम्बित हुने र दिगो शान्ति, दिगो विकास तथा मानव मर्यादालाई प्रवद्र्धन गर्न अझ सक्षम हुने राष्ट्रसङ्घले जनाएको छ ।

    विभिन्न कूटनीतिक नियोग, बहुपक्षीय संस्था तथा अन्तर्राष्ट्रिय वार्तामा महिलाहरू संवाद, सहमति निर्माण, द्वन्द्व समाधान र अन्तरराष्ट्रिय सहकार्यमा निरन्तर महत्त्वपूर्ण योगदान दिँदै आएका छन् । उनीहरूको नेतृत्वले राष्ट्रिय प्राथमिकता र विश्वव्यापी चुनौतीबीच पुलको काम गर्दै मानव अधिकार, सुरक्षा र साझा समृद्धिलाई अघि बढाउन सहयोग पुर्‍याएको छ ।

    राष्ट्रसङ्घका अनुसार यस दिवसले शान्ति र प्रगतिका लागि विविध आवाज र अनुभवको समावेशीकरण आवश्यक रहेको सशक्त स्मरण गराउने बताइएको छ । साथै महिला कूटनीतिज्ञहरूको उपलब्धिको सम्मान गर्दै अवरोध हटाउने, अवसर विस्तार गर्ने र आगामी पुस्ताका महिलालाई अन्तर्राष्ट्रिय मामिलामा नेतृत्व गर्न सक्षम बनाउने प्रयासलाई सुदृढ गर्न आह्वान गरिएको छ ।

    ऐतिहासिक रूपमा कूटनीतिक तथा अन्तर्राष्ट्रिय निर्णय प्रक्रियाबाट महिलाहरू धेरै हदसम्म बाहिर राखिएको भए पनि समयक्रममा उनीहरूले अवरोध तोड्दै कूटनीतिक सेवा, अन्तरराष्ट्रिय सङ्गठन तथा शान्ति प्रक्रियामा आफ्नो उपस्थिति विस्तार गरेका छन् । यद्यपि, अझै पनि धेरै क्षेत्रमा महिलाको प्रतिनिधित्व न्यून रहेको र समान सहभागिता सुनिश्चित गर्न थप प्रयास आवश्यक रहेको उल्लेख गरिएको छ ।

    शान्ति निर्माण, मध्यस्थता र द्वन्द्व समाधानमा महिलाको अर्थपूर्ण सहभागिताले अझ समावेशी र दिगो परिणाम दिने बताइएको छ । लैङ्गिक समानता र महिला सशक्तीकरण दिगो विकास तथा समावेशी समाज निर्माणका लागि यो आधारभूत तत्व हो ।

    संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र पनि स्थायी प्रतिनिधि तथा राजदूतका रूपमा महिलाको उपस्थिति कम रहेको र कूटनीतिक सेवाका उच्च तहमा उनीहरूको सहभागिता अझै कमजोर रहेको बताइएको छ । संरचनात्मक, संस्थागत र सांस्कृतिक अवरोधका कारण महिलाहरूको नेतृत्वमा पुग्ने बाटो अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सबै पक्षलाई समान अवसर सुनिश्चित गर्न आग्रह गरिएको छ ।

    यसैबीच, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना मोहम्मदले कूटनीतिमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता बिना प्रभावकारी विश्व शासन सम्भव नहुने बताउँदै महिलालाई निर्णय प्रक्रियामा अनिवार्य रूपमा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    बुधबार, असार १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.