• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि


  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित
  • कोलम्बो, ८ असार । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलङ्काको निर्यात चालु वर्षको पहिलो चार महिनामा छ प्रतिशतले वृद्धि भएको छ ।

    Advertisement

    श्रीलङ्काको निर्यात विकास बोर्ड (इडिबी) का अध्यक्ष मंगला विजेसिंघेले आइतबार उक्त अवधिमा निर्यात वृद्धि भएको जानकारी दिँदै हालको प्रवृत्ति कायम रहे देशले गत वर्षको ऐतिहासिक निर्यात आम्दानीको कीर्तिमानसमेत पार गर्न सक्ने बताउनुभयो ।

    उहाँका अनुसार सेवा निर्यातले हाल श्रीलङ्काको कूल निर्यात आम्दानीको करिब २२ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२५ मा सेवा निर्यातबाट श्रीलङ्काले तीन अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको थियो ।

    चालु वर्षको पहिलो चार महिनामा सेवा निर्यातबाट एक दशमलव २८ अर्ब अमेरिकी डलर आम्दानी भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० दशमलव पाँच प्रतिशतले बढी हो । सूचना प्रविधि क्षेत्रले विशेष रूपमा उल्लेखनीय वृद्धि हासिल गरेको विजेसिंघेले उल्लेख गर्नुभयो ।

    उहाँले सरोकारवालासँगको परामर्शमा विगत १० महिनादेखि राष्ट्रिय निर्यात विकास योजना (एनइडिपी) तयार गरिएको जानकारी दिँदै उक्त योजनाले सूचना प्रविधि र ढुवानी तथा आपूर्ति क्षेत्रलाई थप विकास गर्नुपर्ने प्रमुख सेवा क्षेत्रका रूपमा पहिचान गरेको बताउनुभयो ।

    विजेसिंघेका अनुसार आइटी क्षेत्रको निर्यात आम्दानी हालको करिब दुई अर्ब अमेरिकी डलरबाट पाँच अर्ब डलरभन्दा माथि पु¥याउन सके ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुनुका साथै देशमा विदेशी मुद्रा आर्जनसमेत उल्लेख्य रूपमा बढ्नेछ ।

    जहाज निर्माण, जहाज मर्मत र ढुवानी तथा आपूर्ति क्षेत्रले पनि पर्याप्त अवसर प्रदान गर्ने उल्लेख गर्दै उहाँले श्रीलङ्काको भौगोलिक अवस्थिति यी क्षेत्रको विकासका लागि अनुकूल रहेको बताउनुभयो । ती क्षेत्रलाई द्रुत र रणनीतिक रूपमा विकास गर्नसके देशले थप विदेशी मुद्रा आर्जन गर्नसक्ने उहाँको भनाइ छ ।

    एनइडिपीअन्तर्गत श्रीलङ्काले विभिन्न प्राथमिकताप्राप्त क्षेत्र पहिचान गरेको छ । विद्यमान प्रमुख निर्यात क्षेत्रलाई सुदृढ बनाउँदै उत्पादन विविधीकरण, बजार विस्तार तथा नयाँ मुलुकसम्म पहुँच बढाउन नयाँ क्षेत्रको विकास आवश्यक रहेको विजेसिंघेले बताउनुभयो ।

    सोमबार, असार ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.