• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या


  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित
  • पर्वत, असार ८ । पर्वतको कुश्मा नगरपालिकाले स्थानीय किसानबाट रकम सङ्कलन गरेको तीन महिना बितिसक्दासमेत यान्त्रिक हलो (मिनिटिलर) वितरण नगर्दा किसान चिन्तित बनेका छन्।

    Advertisement

    नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराउने कार्यक्रमअन्तर्गत गत चैतमै किसानबाट ५० प्रतिशत रकम सङ्कलन गरेको थियो। कुश्मा नगरपालिकाका १४ वटै वडाबाट ७०५ किसानले यान्त्रिक हलो प्राप्तिका लागि निवेदन दिएका थिए। तीमध्ये विभिन्न मापदण्डका आधारमा २०० किसान छनोट गरिएको थियो।

    छनोट भएका किसानबाट प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले रकम सङ्कलन गरिए पनि रकम बुझाएको तीन महिना बितिसक्दा पनि यान्त्रिक हलो उपलब्ध गराउन नसकिएको हो।

    कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलका अनुसार बोलपत्र प्रक्रियाबाट छनोट भएको काठमाडौंस्थित क्वालिटी रिन्युयबल प्रालिले समयमै गुणस्तरीय उपकरण उपलब्ध गराउन नसक्दा वितरण कार्य ढिलाइ भएको हो।

    नगरपालिकाले उक्त कम्पनीसँग ६२ लाख ७९ हजार रुपैयाँ लागतमा यान्त्रिक हलो खरिद गर्ने सम्झौता गरेको छ। गत जेठ २१ गते सम्झौता भए पनि कम्पनीले असारमा मात्र परीक्षणका लागि हलो उपलब्ध गराएको थियो। तर, दुई पटकसम्म परीक्षणका क्रममा उपकरणमा समस्या देखिएपछि पुनः आवश्यक मापदण्डअनुसारको हलो उपलब्ध गराउन आग्रह गरिएको कृषि शाखाका निमित्त प्रमुख बलबहादुर जिटीले जानकारी दिनुभयो।

    उहाँका अनुसार नगरपालिकाले कम्तीमा सात हर्सपावर क्षमता र ८० किलोग्राम तौल भएको हलो माग गरेको थियो। तर, उपलब्ध गराइएका उपकरण उक्त मापदण्डअनुसार नभएकाले फिर्ता पठाइएको हो।

    कुश्मा नगरपालिका–२ का किसान टीकाराम शर्माले नगरपालिकाबाट समयमै गुणस्तरीय यान्त्रिक हलो प्राप्त हुने आशामा रकम बुझाएको भए पनि हालसम्म उपकरण नपाउँदा खेतीपातीमा समस्या भएको बताउनुभयो।

    “नगरपालिकाबाट समयमा नै गुणस्तरीय यान्त्रिक हलो आउला र वर्षे बाली लगाउन सहज होला भन्ने अपेक्षा थियो। तर, तीन महिना बितिसक्दा पनि हलो प्राप्त भएको छैन,” उहाँले भन्नुभयो, “अहिले खेतबारी जोत्न प्रतिघण्टा एक हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ।”

    अन्य किसानले पनि समयमा यान्त्रिक हलो उपलब्ध नगराएको भन्दै गुनासो गरेका छन्।

    प्रमुख प्रशासकीय अधिकृत पौडेलले सम्झौता गरेको कम्पनीले समयमै गुणस्तरीय सामग्री उपलब्ध गराउन नसक्दा किसानले सास्ती खेप्नुपरेको स्वीकार गर्दै यथाशीघ्र हलो वितरणका लागि पहल भइरहेको बताउनुभयो।

    अहिले धान रोपाइँको मुख्य समयमा यान्त्रिक हलो उपलब्ध नहुँदा किसान थप समस्यामा परेका छन्। पर्वत जिल्लामा यतिबेला धान र कोदो रोप्ने चटारो चलिरहेको छ।

    सोमबार, असार ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.