• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

जबर्जस्ती करणीको आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी


  •   आइतबार, असार ०७, २०८३ मा प्रकाशित
  • ललितपुर, असार ६ — जबर्जस्ती करणीको आरोपमा बारा जिल्लाको सिमरा क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका सुशील केसी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरमा एक महिलाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    प्रहरीमा दर्ता भएको जाहेरीअनुसार ललितपुर महानगरपालिका–१, इमाडोलमा गत चैत २२ गते राति करिब ९ः३० बजे उक्त घटना भएको आरोप लगाइएको छ। पीडित महिलाले आफू गोदावरी नगरपालिका–१३, झरुवारासी आरुबोट निवासी रहेको उल्लेख गरेकी छन्।

    Advertisement

    जाहेरीअनुसार केसीले अत्यधिक मदिरा सेवन गरेको अवस्थामा पीडितमाथि जबर्जस्ती करणी गरेको तथा घटनाअघि जबर्जस्ती मदिरा पिलाएको आरोप लगाइएको छ। पीडितका अनुसार उनका श्रीमान्को २०८२ साल वैशाखमा निधन भएको थियो। शोकको अवस्थामै नाताले भाइ पर्ने केसीबाट आफू यौन हिंसामा परेको उनको दाबी छ।

    पीडित महिलाले घटनापछि आरोपीले घटना बाहिर सार्वजनिक नगर्न दबाब दिँदै विभिन्न किसिमका मानसिक तनाव दिएको पनि जाहेरीमा उल्लेख गरेकी छन्। त्यसका कारण आफू मानसिक रूपमा गम्भीर आघातमा परेको र उपचारका लागि औषधि सेवन गर्नुपरेको उनले बताएकी छन्।

    स्रोतका अनुसार जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी परिसर ललितपुर र बारा प्रहरीबीच समन्वय गरी आरोपीलाई गत बुधबार सिमराबाट पक्राउ गरिएको थियो। त्यसपछि उनलाई हवाईमार्गबाट काठमाडौं ल्याई जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको बताइएको छ।

    हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित महिलाको परिचय गोप्य राखिएको छ। स्रोतका अनुसार उक्त मुद्दा जिल्ला प्रहरी परिसर ललितपुरमा दर्ता भएको छ भने मुद्दा दर्ता नम्बर १०४२ रहेको बुझिएको छ।

    यसैबीच, पीडित महिलाले सामाजिक दृष्टिकोण तथा घटनाबाट परेको मानसिक आघातका कारण आफू अत्यन्त पीडामा रहेको बताएकी छन्। उनले जबर्जस्ती करणीजस्तो गम्भीर अपराधको मुद्दा मिलापत्र गराउन केही प्रभावशाली व्यक्तिहरूले दबाब दिने प्रयास गरेको आरोपसमेत लगाएकी छन्। यद्यपि, उक्त आरोपबारे सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

    प्रहरीले घटनासम्बन्धी सबै पक्षबाट अनुसन्धान भइरहेको र प्राप्त तथ्य तथा प्रमाणका आधारमा कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।

    आइतबार, असार ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.