काठमाडौँ । प्रतिनिधिसभाले ‘राष्ट्र ऋण उठाउन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
Advertisement
उक्त प्रस्तावमाथि सांसदहरु आर्यन राई, परशुराम तामाङ, कृष्णहरि बुढाथोकी, हर्कराज राई, गुरुप्रसाद बराल, पारसमणि गेलाल, बदनकुमार भण्डारी, दीपककुमार साह (सुनसरी), हरिमोहन भण्डारी, ज्ञानु पौड्याल, सूर्यबहादुर तामाङले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।