काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज असार ५ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी गरिवट आएको छ । महासंघका अनुसार सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ ।
Advertisement
छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ४ हजार ६४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मल्य ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।