• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. सर्वदलीय बैठक जारी

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

स्थानीय तहमा ‘श्रम सहायता कक्ष’ स्थापना गर्न पैरवी


  •   शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
  • कञ्चनपुर, ५ असार । अनौपचारिक क्षेत्रका श्रमिकहरूको अधिकार संरक्षण, सामाजिक सुरक्षा तथा श्रमसम्बन्धी सेवामा सहज पहुँच सुनिश्चित गर्न कञ्चनपुरका स्थानीय तहमा श्रम सहायता कक्ष स्थापना गर्नका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरिएको छ ।

    Advertisement

    श्रमिकको गुनासो सुनुवाइ, श्रम विवाद समाधान, न्यूनतम ज्यालाको कार्यान्वयन तथा सामाजिक सुरक्षामा पहुँच बढाउनका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरिएको हो ।

    राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपालले एक्सनएडको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको ‘परिश्रम परियोजना’ अन्तर्गत कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकामा श्रम सहायता कक्ष स्थापनासम्बन्धी छलफल तथा पैरवी कार्यक्रम भइरहेको राष्ट्रिय मुक्त हलिया महासङ्घले जनाएको छ ।

    महासङ्घका केन्द्रीय उपाध्यक्ष शिवी लुहारले स्थानीय तहमा श्रमिकमैत्री नीति तथा संस्थागत संरचनाको अभावका कारण अधिकांश अनौपचारिक श्रमिक राज्यबाट उपलब्ध सेवासुविधाबाट वञ्चित भइरहेको अवस्था रहेको बताउनुभयो । “श्रमिकको पञ्जीकरण, श्रम अडिट, न्यूनतम ज्यालाको कार्यान्वयन, सामाजिक सुरक्षा, गुनासो दर्ता तथा श्रम विवाद समाधानका लागि प्रत्येक पालिकामा श्रम कक्ष आवश्यक भएकाले त्यसका लागि छलफल गरी कार्यान्वयनका लागि पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

    उपाध्यक्ष लुहारका अनुसार अधिकांश मुक्त हलिया, मुक्त कमैया तथा अन्य अनौपचारिक श्रमिकहरू अझै पनि लिखित सम्झौताबिना काम गर्न, तोकिएकोभन्दा कम ज्याला स्वीकार गर्न तथा असुरक्षित कार्यस्थलमा श्रम गर्न बाध्य छन् । नेपालमा करिब ८० प्रतिशतभन्दा बढी श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत रहेका सरकारी तथ्याङ्कले देखाएको उहाँले जानकारी दिनुभयो ।

    यस्ता श्रमिकहरू प्रायः श्रम सम्झौता, सामाजिक सुरक्षा, बिमा, दुर्घटना क्षतिपूर्ति तथा कानुनी संरक्षणबाट बाहिर रहने गरेका उहाँको भनाइ छ ।

    श्रम सहायता कक्ष स्थापना भएपछि स्थानीय तहबाट श्रमिकको तथ्याङ्क व्यवस्थापन, श्रमिक पञ्जीकरण, रोजगारदाता र श्रमिकबीच समन्वय, श्रमसम्बन्धी गुनासो दर्ता, प्रारम्भिक विवाद समाधान, न्यूनतम ज्यालाको अनुगमन, श्रम कानुनबारे परामर्श तथा सामाजिक सुरक्षा योजनामा पहुँच विस्तार गर्न सहज हुने उपाध्यक्ष लुहारले विश्वास व्यक्त गर्नुभयो ।

    शुक्लाफाँटा नगरपालिकामा आयोजना गरिएको छलफल कार्यक्रमा अधिवक्ता चक्रबहादुर आग्रीले नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रम शोषणविरुद्धको अधिकार सुनिश्चित गरेको बताउनुभयो । उहाँका अनुसार धारा ५१ अन्तर्गत राज्यलाई श्रमिकको हक संरक्षण गर्ने नीति अवलम्बन गर्न निर्देशन दिइएको छ ।

    “श्रम ऐन, २०७४ ले श्रमिकलाई लिखित श्रम सम्झौता, सुरक्षित कार्यस्थल, न्यूनतम पारिश्रमिक, कार्य समय, बिदा तथा श्रम विवाद समाधानको अधिकार सुनिश्चित गरेको छ”, उहाँले भन्नुभयो, “योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने व्यवस्था गरेको छ ।”

    यसबाहेक स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई स्थानीय श्रम व्यवस्थापन, रोजगारी प्रवर्द्धन, तथ्याङ्क सङ्कलन तथा श्रमिक हित संरक्षणका कार्यक्रम सञ्चालन गर्ने अधिकार दिएको अधिवक्ता आग्रीले जानकारी दिनुभयो । यस आधारमा पालिकाले श्रम सहायता कक्ष स्थापना गरी श्रमसम्बन्धी सेवा प्रवाह गर्नसक्ने कानुनी आधार रहेको उहाँको भनाइ छ ।

    परियोजनाका संयोजक हरि सिंह बोहराले मर्यादित रोजगारी, समान कामको समान ज्याला, सुरक्षित कार्यस्थल तथा बालश्रममुक्त स्थानीय तह निर्माणका लागि स्थानीय सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार समुदायस्तरमा श्रम चौतारीमार्फत श्रमिकलाई सचेत पार्नका लागि न्यूनतम ज्याला, श्रम अधिकार तथा सामाजिक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने अभियान पनि सञ्चालन भइरहेको छ ।

    पालिकाभित्र रहेका उद्योग, निर्माण कम्पनी तथा अन्य प्रतिष्ठानमा कार्यरत दक्ष, अर्धदक्ष र अदक्ष श्रमिकको अभिलेख तयार गर्न, आगामी आर्थिक वर्षको नीति तथा बजेटमा श्रमिक लक्षित कार्यक्रम समावेश गर्न, मुक्त हलिया तथा कमैयाको पुनःस्थापना कार्यक्रम ञ्चालन गर्न तथा जोखिममा रहेका परिवारका बालबालिकाका लागि छात्रवृत्ति व्यवस्था गर्न माग गरिएको परियोजनाका संयोजक बोहराले बताउनुभयो ।

    श्रम कक्ष सञ्चालनका लागि कार्यविधि बनाएर पालिकाले श्रमिकका गुनासो सुनुवाइ तथा समाधानको संयन्त्र विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “महिला र पुरुषलाई समान कामको समान ज्याला दिने कानुनी व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन कमजोर छ । सरकारले तोकेको न्यूनतम ज्याला सुनिश्चित गराउन स्थानीय तहले प्रभावकारी अनुगमन गर्नुपर्छ”, संयोजक बोहराले भन्नुभयो ।

    सामाजिक अगुवा ईश्वर सुनारले अधिकांश श्रमिक लिखित सम्झौताबिना काम गर्ने भएकाले श्रम शोषणको उच्च जोखिममा रहेको बताउनुभयो । उहाँका अनुसार महिनौँसम्म काम गरेर पनि पारिश्रमिक नपाउने, दुर्घटना हुँदा क्षतिपूर्ति नपाउने तथा कानुनी उपचार खोज्न नसक्ने अवस्था अन्त्य गर्न श्रम सहायता कक्ष प्रभावकारी माध्यम बन्न सक्छ ।

    शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले नगरपालिकाले रोजगार शाखामार्फत दक्ष तथा अदक्ष श्रमिकको अभिलेख राख्ने काम गरिरहेको जानकारी दिँदै श्रम कक्ष स्थापनाका सन्दर्भमा सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    निर्माण क्षेत्रमा कार्यरत श्रमिक विनिता चौधरीले दिनभर काम गरेबापत रु छ सय मात्र ज्याला पाउने गरेको बताउनुभयो । सरकारले तोकेको न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक पाइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “न्यूनतम ज्याला माग्दा रोजगारदाताले काम नै नदिने चेतावनी दिन्छन् । परिवार पाल्नकै लागि पनि कम ज्यालामा काम गर्न बाध्य छौँ ।”

    शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.