दाङ, असार २ । राप्ती गाउँपालिका–३, प्रगति टोलमा युवाहरूलाई संगठित गर्दै सामाजिक तथा सिर्जनात्मक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले ‘दियो युवा क्लब’ गठन गरिएको छ।
युवा पलायन र निराशा न्यूनीकरण गर्ने, अध्ययन तथा पठन संस्कृतिको विकास गर्ने, खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने, सिर्जना तथा लेखन क्षमताको विकास गर्ने, सरसफाइ अभियान सञ्चालन गर्ने, लागूऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने, चेतना अभिवृद्धि तथा नेतृत्व विकासका कार्यक्रम आयोजना गर्ने, साथै सामाजिक विभेद, कुरीति, कुसंस्कार र अन्धविश्वासविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्ने लगायतका उद्देश्यसहित क्लब गठन गरिएको हो।
२०८३ साल असार २ गते सम्पन्न बृहत् भेलाले गणेश आचार्यको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा विपना आचार्य, सचिवमा स्वस्तिका पौडेल, कोषाध्यक्षमा आस्बिन बन्जाडे चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा कमल सुवेदी, सागर आचार्य, हिमाल पोख्रेल, कृस्टी आचार्य, सन्देश आचार्य, समुद्र गिरी, मिलन खत्री, सन्ध्या आचार्यलगायत रहेका छन्।
क्लब गठन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको पहलमा तथा राप्ती गाउँपालिकाकी कार्यपालिका सदस्य चम्फा भुसालको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ।