• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै


  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित
  • काठमाडौँ, ३ असार । आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस (आइडिएफआर) विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ ।

    Advertisement

    विश्वका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्‍याएको योगदानको सम्मानमा दिवस मनाइँदै आइएको छ ।

    यस वर्षको दिवसका अवसरमा आइडिएफआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्ने माध्यमका रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार आप्रवासी श्रमिकहरूले पठाउने विप्रेषणबाट विश्वभर करिब ८० करोड परिवारका सदस्य लाभान्वित छन् । विगत एक दशकमा आप्रवासीहरूले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा करिब पाँच खर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् । जुन वैदेशिक विकास सहायता रकमभन्दा बढी तथा प्रत्यक्ष वैदेशिक लगानीसरह रहेको उल्लेख गरिएको छ । तीमध्ये एकतिहाइभन्दा बढी रकम ग्रामीण क्षेत्रमा पुगेको अनुमान छ ।

    अभियानले विश्वका करिब ४४ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्ने र अत्यधिक गरिबीमा रहेका झण्डै ८० प्रतिशत मानिस पनि यिनै क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै ग्रामीण क्षेत्रहरू जलवायुजन्य विपद्, बजार अस्थिरता र आर्थिक जोखिमको सामना गरिरहेका भए पनि विकासका अपार सम्भावना बोकेको जनाएको छ ।

    हाल न्यून तथा मध्यम आय भएका मुलुकहरूमा वार्षिक करिब ७०० अर्ब अमेरिकी डलर बराबरको विप्रेषण भित्रिने गरेको छ । सन् २०३० सम्म थप ४.४ खर्ब अमेरिकी डलर विप्रेषण यस्ता मुलुकहरूमा प्रवाह हुने अनुमान गरिएको छ ।

    दिगो विकासका लागि सन् २०३० को कार्यसूचीअन्तर्गत रहेको दिगो विकास लक्ष्य १० (सी) ले आप्रवासी विप्रेषणको कारोबार लागत तीन प्रतिशतभन्दा कममा झार्ने तथा पाँच प्रतिशतभन्दा बढी लागत लाग्ने मार्गहरू हटाउने लक्ष्य लिएको छ । विप्रेषणले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य, आवास तथा आर्थिक स्थायित्वलगायत विभिन्न दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पुर्‍याउने बताइएको छ ।

    अभियानले निजी क्षेत्रलाई सस्तो, पहुँचयोग्य तथा प्रतिस्पर्धी विप्रेषण सेवा विस्तार गर्न, विप्रेषणसँग आबद्ध वित्तीय उत्पादन विकास गर्न तथा प्रवासी समुदायको पूँजी र उद्यमशीलतालाई ग्रामीण बजार सुदृढीकरणमा परिचालन गर्न आग्रह गरेको छ । त्यसैगरी सार्वजनिक क्षेत्रलाई डिजिटल वित्तीय समावेशीकरण, लगानीमैत्री नीति तथा ग्रामीण बजार एकीकरणका लागि आवश्यक पूर्वाधार विकास गर्न सुझाव दिइएको छ ।

    हाल विप्रेषणको करिब ७५ प्रतिशत हिस्सा परिवारका तत्कालीन आवश्यकतामा खर्च हुने गरेको र बाँकी २५ प्रतिशत अर्थात् वार्षिक १०० अर्ब अमेरिकी डलरभन्दा बढी रकम बचत तथा लगानीका लागि उपयोग हुन सक्ने अनुमान गरिएको छ । उपयुक्त वित्तीय सेवा र लगानीका अवसर उपलब्ध गराउन सके विप्रेषणलाई दीर्घकालीन आर्थिक विकास, उद्यम विस्तार तथा रोजगारी सिर्जनाको आधार बनाउन सकिने अभियानले जनाएको छ ।

    विश्वका ८० भन्दाबढी मुलुकको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको हिस्सा कम्तीमा तीन प्रतिशत रहेको तथा ३० वटा मुलुकमा यो हिस्सा १० प्रतिशतभन्दा बढी रहेको तथ्याङ्कले विप्रेषण सामाजिक–आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बनेको देखाएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा विप्रेषणले आर्थिक गतिविधि विस्तार, जीविकोपार्जन सुधार तथा समुदायको उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरिएको छ ।

    बुधबार, असार ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ३.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ४.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ५.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ६.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ७.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ८.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.