• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हिमालयदेखि एन्डिजसम्म : नेपाल–पेरु मित्रताका ५० वर्ष


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • काठमाडौँ, ३० जेठ : पेरुको राष्ट्रिय दिवस तथा नेपाल–पेरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार साँझ काठमाडौँमा विशेष स्वागत समारोह आयोजना गरिएको छ।

    Advertisement

    भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर पाउलिनिच र काठमाडौँस्थित पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवालद्वारा संयुक्त रूपमा आयोजित उक्त समारोहमा नेपाल सरकारका उच्च अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, अवैतनिक वाणिज्यदूत, व्यवसायी, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

    समारोहलाई सम्बोधन गर्दै राजदूत पाउलिनिचले पेरुको राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्नुका साथै नेपाल सरकार र नेपाली जनताप्रति मित्रता तथा सद्भावका लागि आभार व्यक्त गर्नुभयो। उहाँले नेपाल र पेरुबीचको सम्बन्ध विगत पाँच दशकदेखि मित्रता, आपसी सम्मान र सौहार्दपूर्ण सहकार्यमा आधारित रहेको उल्लेख गर्नुभयो।

    “यस वर्ष नेपाल र पेरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसर हो। विगत पाँच दशकमा हाम्रो सम्बन्ध मित्रता, आपसी सम्मान र सहकार्यमा आधारित रहँदै आएको छ,” उहाँले भन्नुभयो।

    राजदूत पाउलिनिचले हिमालय र एन्डिज पर्वतशृङ्खलाले दुवै देशका जनजीवन, संस्कृति तथा राष्ट्रिय पहिचानलाई गहिरो रूपमा प्रभावित गरेको उल्लेख गर्दै नेपाल र पेरुबीच विशेष प्रकारको आत्मीयता रहेको बताउनुभयो।

    पर्वतीय भौगोलिक अवस्थाले सिर्जना गर्ने अवसर र चुनौतीको सामना गर्न दुवै देशले आफ्ना अनुभवहरू विकास गरेको उल्लेख गर्दै उहाँले त्यसले आपसी सहकार्यका नयाँ सम्भावना सिर्जना गरेको बताउनुभयो।

    उहाँले राजनीतिक संवाद, आर्थिक तथा व्यापारिक आदानप्रदान, शैक्षिक तथा सांस्कृतिक सम्बन्ध र जनस्तरको सम्पर्कलाई अझ सुदृढ बनाउन पेरु प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

    साथै, उच्च पहाडी कृषि, जलस्रोत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, पर्वतीय तथा ग्रामीण पर्यटन, नवीकरणीय ऊर्जा र दिगो विकासका क्षेत्रमा नेपाल र पेरुबीच सहकार्य विस्तार गर्न सकिने प्रशस्त सम्भावना रहेको उहाँले बताउनुभयो।

    कार्यक्रममा अवैतनिक वाणिज्यदूत अग्रवालले नेपालमा पेरुको अवैतनिक वाणिज्यदूतको जिम्मेवारी निर्वाह गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो। उहाँले नेपाल र पेरुबीचको आधा शताब्दी लामो मित्रतालाई अझ उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

    “हामीले मित्रताको आधा शताब्दी पूरा गरेका छौँ। अब द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँदै दुवै देशका लागि समृद्ध भविष्य निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो।

    अग्रवालले आगामी दिनमा लगानी, कृषि, पर्यटन, व्यापार तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्न विशेष पहल गर्ने बताउनुभयो। साथै, दुवै देशका उद्योग–वाणिज्य सङ्घबीच सहकार्य बढाएर आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

    राजदूत पाउलिनिचले नेपालमा पेरुको प्रवर्द्धन तथा दुई देशबीचको मित्रता र सहकार्यलाई सुदृढ बनाउन अग्रवालले पुर्‍याएको योगदानको विशेष प्रशंसा गर्नुभयो।

    नेपाल र पेरुबीच सन् १९७६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। विगत पाँच दशकमा दुवै देशले आपसी सम्मान, मित्रता र सहयोगका आधारमा सम्बन्धलाई निरन्तर विस्तार गर्दै आएका छन्। स्वर्णजयन्तीका अवसरमा दुवै पक्षले आगामी दिनमा सम्बन्धलाई अझ व्यापक, परिणाममुखी र जनस्तरसम्म लाभ पुग्ने गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    समारोहमा नेपाल–पेरु मित्रता आगामी वर्षहरूमा अझ सुदृढ बन्दै जाने तथा हिमालय र एन्डिजलाई जोड्ने सहकार्यका नयाँ आयाम खुल्ने विश्वास व्यक्त गरिएको थियो।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.