• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ, नियन्त्रणका लागि स्वयंसेवक परिचालन गरिने


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • खोटाङ, ३० जेठ । बाँदरबाट पीडित किसानहरूले जन्तेढुङ्गा गाउँपालिकाको कार्यालय घेराउ गरेका छन्। वर्षभरि खानका लागि लगाएको अन्नबाली बाँदरले नष्ट गरी उठिबास लगाएको भन्दै किसानहरूले शुक्रबार चिसापानीस्थित गाउँपालिका कार्यालय घेराउ गरेका हुन्।

    Advertisement

    प्लेकार्ड बोकेर नाराबाजी गर्दै गाउँपालिकाको कार्यालय पुगेका किसानहरूले आफ्ना माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। उनीहरूले गाउँपालिका अध्यक्ष अरुणादेवी राई तथा उपाध्यक्ष खेमबहादुर खड्कालाई भेटेर बाँदर आतंकको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।

    कार्यालय घेराउपछि आयोजित छलफल कार्यक्रममा सहभागी स्थानीयवासी सूर्य राईले आक्रोश व्यक्त गर्दै भन्नुभयो, “कि जनता पाल, कि बाँदर पाल। बाँदर पाल्ने हो भने जनता विस्थापित हुनुपर्छ। बाँदरले बाँच्नै नदिने अवस्था सिर्जना भएको छ। वर्षभरि खानका लागि लगाएको अन्नबाली बाँदरले सखाप पार्छ। जनता ठूलो कि बाँदर ठूलो भन्ने छुट्याउनुपर्ने अवस्था आएको छ। बाँदर पाल्ने हो भने जनतालाई विस्थापित गरियोस्, अन्यथा हाम्रो माग सम्बोधन गरियोस्। बाँदर र जनता सँगसँगै बाँच्न सक्ने अवस्था छैन।”

    किसानसँगको छलफलमा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बाँदर नियन्त्रणका लागि गाउँपालिकाले गत वर्षदेखि नै बजेट विनियोजन गर्दै आएको जानकारी दिनुभयो।

    “बाँदरका कारण धेरै किसान समस्यामा परेका छन्,” उहाँले भन्नुभयो, “त्यसलाई नियन्त्रण गर्न गत वर्षदेखि नै बजेटको व्यवस्था गरेका छौँ। तर बाँदरले दुःख दियो भन्दैमा मार्न पाउने अधिकार कसैलाई छैन। नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्न बजेट विनियोजन गरिएको छ। हालसम्म किसानबाट औपचारिक रूपमा समन्वय भएको छैन।”

    विरोध प्रदर्शनमा सहभागी हुन गाउँपालिकाका सबै छ वडाका किसान घण्टौँ पैदल हिँडेर चिसापानी पुगेका थिए। प्रदर्शनपछि आयोजित छलफलमा किसानहरूले अन्नबाली तथा फलफूल नष्ट गर्ने बाँदरलाई नियन्त्रणका लागि आवश्यक कानुनी व्यवस्था गर्न माग गरेका छन्।

    गाउँपालिका अध्यक्ष अरुणादेवी राईले किसानका समस्या जायज भए पनि प्रचलित कानुनले बाँदर मार्ने अधिकार नदिएकाले चुनौती उत्पन्न भएको बताउनुभयो।

    “गाउँपालिका बाँदर बचाएर किसानलाई मर्ने अवस्थामा पुर्‍याउने पक्षमा छैन,” उहाँले भन्नुभयो, “तर बाँदर मार्न पाउने अधिकार नेपालको कानुनमा व्यवस्था छैन। त्यसैले नियन्त्रणका वैकल्पिक उपायहरू खोजिरहेका छौँ। यसका लागि गत वर्षदेखि बजेट उपलब्ध गराउँदै आएका छौँ र आगामी नीति तथा कार्यक्रममा पनि यो विषयलाई प्राथमिकताका साथ समेटिनेछ।”

    पछिल्लो समय खोटाङ जिल्लाका सबै दश स्थानीय तहमा बाँदर आतंक बढ्दै गएको छ। जङ्गलबाट गाउँ पसेका बाँदरले किसानले लगाएका अन्नबाली तथा फलफूल नष्ट गर्न थालेपछि किसानहरू थप समस्यामा परेका छन्।

    यसअघि जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पनि बाँदर आतंकविरुद्ध किसानहरूले गत चैत १६ गते हलो–कोदालोसहित विरोध प्रदर्शन गरेका थिए। घरेलु कृषि औजारसहित प्रदर्शन गरेका किसानहरू जिल्ला प्रशासन कार्यालय खोटाङमा धर्नासमेत बसेका थिए। त्यसबेला प्रशासनले किसानका माग सम्बन्धित निकायसम्म पुर्‍याएर आवश्यक पहल गर्ने आश्वासन दिएको थियो।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.