• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साम्प्रदायिक द्वन्द्वबाट सार्वभौमिकतामाथि आँच पुग्ने तीन किसान सङ्गठनको ठहर

सिरहामा झडप उग्रः गोली लागेर किशोरको मृत्यु, मधेशका विभिन्न क्षेत्रमा कर्फ्यू

सिराहा र जनकपुरसम्म फैलियो अशान्ति, एक जनाको मृत्यु

सुनसरी घटनामा सरकार नैतिक रूपमा जिम्मेवार : राष्ट्रिय जनमोर्चा

प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

लुम्बिनीमा केही मन्त्रालय खारेज, केही समायोजन

उद्योग विभागका अधिकांश सेवा अनलाइनबाट

विद्युत् महसुललाई समयानुकूल बनाउने तयारी

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ५. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ६. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

विशेष रक्तिम साँझ कार्यक्रम २०८३ र नाटक ‘युग बोल्छ’


  •   शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
    • गिरीप्रसाद बुढा

    रक्तिम सांस्कृतिक अभियानको ऐतिहासिक कार्यक्रम “विशेष रक्तिम साँझ कार्यक्रम २०८३” का विविध प्रस्तुतिमध्ये “युग बोल्छ” नाटक पनि मञ्चन हुँदै आएको छ। नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा पञ्चायती कालमा लिखित यो नाटकको महत्त्व आज पनि उत्तिकै सान्दर्भिक रहेको छ।

    Advertisement

    स्रोत–साधनको अभाव, नाटक विधामा हाम्रो अनुभवको कमी, नाटक मञ्चनका लागि सिकाइको चरणमा रहेका कलाकारहरू तथा अन्य विभिन्न समस्याका कारण यो नाटकले बोकेको वैचारिक पक्षलाई जनताले सहज रूपमा बुझ्न सक्ने गरी कलात्मक प्रस्तुति दिन हामीभित्र अपेक्षित परिपक्वता नहुनु स्वाभाविक नै हो। तथापि, विशेष रक्तिम साँझ २०८३ कार्यक्रममा यस नाटकको विशेष स्थान रहेको छ। हरेक विधाका आफ्ना–आफ्नै दर्शक–श्रोता हुन्छन्। तसर्थ, नाटक विधा मन पराउने दर्शक–श्रोताका लागि रक्तिम सांस्कृतिक अभियानले आफ्नो कार्यक्रममा नाटकलाई स्थान दिएर एउटा महत्त्वपूर्ण कार्यको थालनी गरेको छ।

    विशेष गरी “युग बोल्छ” नाटकमार्फत हामीले शोषित वर्गको संस्कार, राजनीति, विचार, सिद्धान्त र दर्शनलाई उजागर गर्ने प्रयत्न गरेका छौँ। साथै, शोषक वर्गको घृणित संस्कार, उसको राजनीति र सिद्धान्तप्रति जनतालाई नाटकको माध्यमबाट सुसूचित गराउने तथा वर्गीय सङ्घर्षप्रति उत्प्रेरित गर्ने हाम्रो ध्येय रहेको छ। संक्षेपमा “युग बोल्छ” नाटकको कथाभाव यस प्रकार रहेको छ।

    हर्के र उज्यालीको जीवन चरम गरिबीमा गुज्रिरहेको हुन्छ। यति मात्र होइन, उनीहरूमाथि साहु–सामन्तहरूको असह्य शोषण, दमन, उत्पीडन तथा अन्याय–अत्याचार पनि सहन नसकिने स्तरमा पुगेको हुन्छ। लुटाहा शोषकहरूले उज्यालीका गाईभैँसी सबै लुटिदिन्छन्। हर्केमाथि लुटपाट र हिंसात्मक दमन मच्चाई उसलाई घरबारविहीन बनाइदिन्छन्। यसरी शोषक वर्गको कानुन, उसको व्यवस्था, उसको धर्म र संस्कृति, उसका जेल–नेल लगायतका सबै संयन्त्रहरूले हर्के र उज्यालीलाई कहिल्यै माथि उठ्न दिँदैनन्।

    शोषक साहुहरूको यही दमन र अत्याचारले हर्केलाई क्रान्तिकारी बन्न बाध्य बनाउँछ। उज्यालीले पनि हर्केको हरेक कदममा काँधमा काँध मिलाएर साथ दिन्छे। जब हर्के क्रान्तिकारी बन्छ, त्यसपछि साहु–सामन्तहरूको उल्टो दिनगन्ती सुरु हुन्छ। क्रान्तिको यात्रामा हर्के र उज्यालीले अनेकौँ उतार–चढावको सामना गर्नुपर्छ। तैपनि जनतालाई चेतना दिँदै, किसान, मजदुर, महिला र विद्यार्थीहरूलाई जुट्न आह्वान गर्दै तथा जनतालाई साथमा लिएर क्रान्तिको अविछिन्न यात्रामा हर्के र उज्याली निरन्तर अगाडि बढिरहेकै दृश्यसँगै नाटक समाप्त हुन्छ।

    नाटकभित्र सर्वहारा क्रान्तिका लागि अनेकौँ प्रेरणादायी प्रसङ्गहरूलाई स्थान दिइएको छ। हामी किन पराधीन बन्छौँ? हामी किन हार्छौँ? हामी किन कमजोर बन्छौँ? हामी किन अगाडि बढ्न सक्दैनौँ? खासमा क्रान्तिको आवश्यकता हामीलाई छ, तर पनि हामी क्रान्तिको बाटोमा किन निरन्तर हिँड्न सक्दैनौँ? यी महत्त्वपूर्ण र अत्यन्त संवेदनशील प्रश्नहरूको स्पष्ट जवाफ नाटकमा प्रस्तुत गरिएको छ।

    वास्तवमा यहाँ उल्लेखित हरेक समस्याको मुख्य जड हामीभित्रै अन्तरनिहित छ। हामी पराधीन हुनु, हामी हार्नु, हामी कमजोर हुनु, हामी अगाडि बढ्न नसक्नु तथा क्रान्तिको यात्रामा निरन्तर लागिरहन नसक्नुका पछाडि हामीभित्रै अनेकौँ शत्रुहरूको वास छ। हामीभित्र व्यक्तिगत स्वार्थ छ, व्यक्तिगत महत्त्वाकाङ्क्षा छ। हामीभित्र लोभ र लालच छ। हामीमा रूढिवाद र अन्धविश्वास छ। हामीमा डर, त्रास र लाज छ। हामीमा अनेकौँ विकृति र विसङ्गतिले भरिएको तुच्छ आचरण पनि छ। यी सबै कुरा हाम्रो मनभित्र कालोमैलो भएर जमेका छन्, शत्रु बनेर गढेका छन्।

    तसर्थ, जीवन सार्थक बनाउने पहिलो सर्त भनेको हामीभित्र रहेको यही कालोमैलो फाल्नु हो। हामीभित्रकै शत्रुलाई पराजित गर्नु हो। हाम्रो जीवनको पहिलो लडाइँ आफैँभित्र क्रान्ति गर्नु हो। आफैँभित्रको यो क्रान्तिको पहिलो लडाइँ नजितेसम्म हामी अगाडि बढ्न सक्दैनौँ। त्यसैले नाटकमा यस विषयवस्तुलाई कलात्मक ढङ्गले उजागर गर्ने प्रयास गरिएको छ।

    नाटकमा ठूला–ठूला त्याग र बलिदानका प्रसङ्गहरूलाई पनि जोडिएको छ। स्वतन्त्रताका लागि रगतको दान दिनुपर्ने, दुःखबाट भाग्न नहुने, अन्यायदेखि डराउन नहुने जस्ता अनेकौँ प्रेरणादायी प्रसङ्गहरू नाटकमा उठान गरिएका छन्। साथै, ठूलो क्रान्तिकारी प्रलय आएपछि मात्र चिरशान्ति कायम हुन्छ भन्ने दार्शनिक विचारधाराले नाटकलाई अझ ओजस्वी बनाएको छ।

    नाटकको विस्तृत व्याख्या तथा समग्र समीक्षा लेखक र समीक्षकहरूबाट हुँदै जाने नै छ। हाल रक्तिम सांस्कृतिक अभियानले यो नाटक राष्ट्रिय नाचघर, कलाकेन्द्र हल, सभागृह तथा दरबार हल गरी चार स्थानमा मञ्चन गरिसकेको छ। अझै पनि गुल्मी, अर्घाखाँची, रोल्पा, प्यूठान, बुटवल र दाङ लगायतका स्थानहरूमा मञ्चन गर्न बाँकी नै रहेको छ।

    तसर्थ, यो नाटक हेरेर यसलाई अझ परिष्कृत, सुन्दर र आकर्षक कसरी बनाउन सकिन्छ भन्ने विषयमा यहाँहरूको आलोचनात्मक सुझावको रक्तिम सांस्कृतिक अभियान अपेक्षा गर्दछ।

    शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’
    टोकियोमा जनगायक जीवन शर्माको एकल साँझ सम्पन्न
    आदिवासी जनजाति महिला र मुक्तिको सवाल
    १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने
    मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ
    सुनसरी घटनाको सन्दर्भमा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    भर्खरै

    • १.
      साम्प्रदायिक द्वन्द्वबाट सार्वभौमिकतामाथि आँच पुग्ने तीन किसान सङ्गठनको ठहर

    • २.
      सिरहामा झडप उग्रः गोली लागेर किशोरको मृत्यु, मधेशका विभिन्न क्षेत्रमा कर्फ्यू

    • ३.
      सिराहा र जनकपुरसम्म फैलियो अशान्ति, एक जनाको मृत्यु

    • ४.
      सुनसरी घटनामा सरकार नैतिक रूपमा जिम्मेवार : राष्ट्रिय जनमोर्चा

    • ५.
      प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

    • ६.
      प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा केही मन्त्रालय खारेज, केही समायोजन

    • ८.
      उद्योग विभागका अधिकांश सेवा अनलाइनबाट

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.