• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

रक्त अभाव न्यूनीकरणका लागि चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव’ हुँदै


  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
  • नारायणगढ (चितवन), जेठ २८ । विश्व रक्तदाता दिवसको अवसर पारेर चितवनमा आगामी जेठ ३० गते ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना गरिने भएको छ। भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको महोत्सवले रगतको अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    Advertisement

    अस्पतालहरूको सहरका रूपमा परिचित भरतपुरमा रगतको माग वर्षभर उच्च रहने गरेको छ। विशेषगरी गर्मीयाममा रगतको अभाव बढ्ने भएकाले आयोजकले सबै रक्तदातालाई महोत्सवमा सहभागी भई जीवन बचाउने अभियानमा साथ दिन आग्रह गरेका छन्।

    हरेक वर्ष जुन १४ मा मनाइने विश्व रक्तदाता दिवसले सुरक्षित रगतको उपलब्धता सुनिश्चित गर्न जनचेतना अभिवृद्धि गर्ने, रक्तदान संस्कृतिलाई प्रवर्द्धन गर्ने तथा रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्य बोकेको छ।

    ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा हुन लागेको महोत्सवबारे जानकारी दिँदै संस्थाका अध्यक्ष अञ्जन दवाडीले विगत पाँच वर्षदेखि रक्तदान र रक्त व्यवस्थापनका क्षेत्रमा निरन्तर सक्रिय रूपमा काम गर्दै आएको बताउनुभयो। उहाँका अनुसार गत वर्ष आयोजित पहिलो रक्तदान महोत्सवमा एक हजार ७१७ पिन्ट रगत सङ्कलन भएको थियो, जुन नेपालमै एकै दिनमा भएको सबैभन्दा ठूलो रक्त सङ्कलनमध्ये एक मानिन्छ।

    दवाडीले यस वर्षको महोत्सवले रगतको अभाव कम गर्न सहयोग पुर्‍याउनुका साथै रक्तदानप्रति जनचेतना र उत्प्रेरणा फैलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले मानवताको महान् सेवामा सहभागी भई रक्तदान गर्न र कार्यक्रम सफल बनाउन सबैलाई आह्वान गर्नुभएको छ।

    महोत्सवलाई सफल बनाउन प्रशासन, सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यो अभियानलाई अत्यन्त सकारात्मक र मानवीय कार्यको रूपमा व्याख्या गर्दै आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो। उहाँले लक्ष्यभन्दा पनि कार्यक्रमको प्रभावकारी व्यवस्थापन र व्यापक प्रचारप्रसारमा जोड दिनुपर्ने धारणा राख्नुभयो। स्वास्थ्य अवस्थाका कारण रक्तदान गर्न नसक्ने भए पनि उहाँले आधा महिनाको तलब सहयोगस्वरूप प्रदान गर्ने घोषणा गर्नुभएको छ।

    यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले सुरक्षाकर्मीहरूलाई रक्तदानका लागि प्रेरित गरिने जानकारी दिनुभयो। उहाँले “आफ्नो शरीरमा बगेको रगतले कसैको जीवन बचाउन सक्छ भने रक्तदान किन नगर्ने ?” भन्दै सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्नुभयो।

    महोत्सवको तयारी तीव्र पारिएको छ भने विभिन्न अभियन्ता, स्थानीय तहका प्रमुख, सङ्घसंस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरूले पनि रक्तदानमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरिरहेका छन्।

    बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.