• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

चीनको निर्यातमा उल्लेख्य वृद्धि, आयात पनि अपेक्षाभन्दा बलियो


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • बेइजिङ, २६ जेठ (रासस/एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व व्यापार तथा आपूर्ति शृङ्खलामाथि दबाब बढिरहेका बेला चीनको निर्यात मे महिनामा अपेक्षाभन्दा उल्लेख्य रूपमा वृद्धि भएको छ। मङ्गलबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १९.४ प्रतिशतले बढेको छ।

    Advertisement

    चीनको भन्सार प्रशासन (जीएसी) का अनुसार मे महिनामा निर्यात वृद्धिदर अप्रिलको १४.१ प्रतिशतबाट बढेर १९.४ प्रतिशत पुगेको हो। ब्लुमबर्गद्वारा गरिएको अर्थशास्त्रीहरूको सर्वेक्षणमा निर्यात १५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको थियो। तर वास्तविक वृद्धिदर अनुमानभन्दा उल्लेख्य रूपमा उच्च देखिएको छ।

    त्यसैगरी, चीनको आयात पनि अपेक्षाभन्दा बलियो देखिएको छ। मे महिनामा आयात वार्षिक आधारमा २७.४ प्रतिशतले बढेको छ, जुन ब्लुमबर्गले गरेको २६ प्रतिशतको पूर्वानुमानभन्दा बढी हो।

    आयात र निर्यात दुवै क्षेत्रमा देखिएको मजबुत वृद्धिले चीनको अर्थतन्त्रमा बाह्य व्यापार अझै पनि महत्वपूर्ण आधारका रूपमा रहेको संकेत गरेको छ।

    विशेषगरी संयुक्त राज्य अमेरिकातर्फको निर्यात उल्लेखनीय रूपमा बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणका क्रममा व्यापार सम्बन्ध प्रमुख एजेन्डाका रूपमा रहेको अवस्थामा चीनको अमेरिकातर्फको निर्यात एक वर्षको अवधिमा ३५.४ प्रतिशतले वृद्धि भएको जीएसीले जनाएको छ।

    तथ्याङ्कअनुसार मे महिनामा अमेरिकातर्फ चीनको निर्यात ३९ अर्ब अमेरिकी डलर पुगेको छ। गत वर्षको सोही अवधिमा यो रकम २८ अर्ब ८० करोड अमेरिकी डलर रहेको थियो। त्यसबेला ट्रम्प प्रशासनको व्यापार नीतिका कारण दुई देशबीचको व्यापारिक गतिविधिमा दबाब परेको थियो।

    निर्यातमा आएको वृद्धि चीनको अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। चीनले लामो समयदेखि उत्पादन तथा निर्यातमा आधारित आर्थिक मोडललाई विस्तारै घरेलु उपभोगमा आधारित बनाउने प्रयास गरिरहेको छ। तर अपेक्षाअनुसार आन्तरिक माग बलियो बन्न नसकेकाले बाह्य व्यापार अझै पनि अर्थतन्त्रको प्रमुख आधार बनेको छ।

    यद्यपि चीनको अर्थतन्त्रले केही चुनौतीहरूको सामना गरिरहेको छ। कमजोर घरेलु माग, मध्यपूर्व द्वन्द्वका कारण बढ्दो ऊर्जा लागत तथा अन्तर्राष्ट्रिय ढुवानी व्यवस्थामा देखिएका अवरोधले आर्थिक गतिविधिमा दबाब सिर्जना गरिरहेका छन्।

    आधिकारिक तथ्याङ्कले दुई महिनाको विस्तारपछि मे महिनामा चीनको उत्पादन क्षेत्रको गतिविधि लगभग स्थिर अवस्थामा पुगेको देखाएको छ। ऊर्जा तथा रासायनिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थको मूल्य बढ्दै जाँदा उद्योगहरूको उत्पादन लागत पनि बढिरहेको छ।

    ढुवानीमा देखिएका समस्या तथा आपूर्ति शृङ्खलामा परेको असरका कारण उत्पादन क्षेत्रले थप चुनौती सामना गरिरहेको विश्लेषकहरूको भनाइ छ।

    यद्यपि यी चुनौतीहरूका बीच निर्यात र आयात दुवै क्षेत्रमा देखिएको अपेक्षाभन्दा राम्रो प्रदर्शनले चीनको बाह्य व्यापार विश्व आर्थिक अनिश्चितताका बीच पनि तुलनात्मक रूपमा मजबुत रहेको संकेत दिएको छ।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.