• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

काठमाडौँ महानगर सडक सहयोगापेक्षी मानवमुक्त घोषणा


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, २६ जेठ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त क्षेत्र घोषणा गरेको छ।

    Advertisement

    सोमबार आयोजित एक विशेष कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले “जो बेसहारा, काठमाडौँ महानगरपालिकाको अभिभारा” भन्ने नारासहित काठमाडौँलाई सडक सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्नुभयो।

    अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महानगरपालिकाले नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौँ तथा मानव सेवा आश्रमसँग त्रिपक्षीय सहकार्य र समन्वयका लागि सम्झौतासमेत गरेको छ।

    भविष्यमा सडक वा सार्वजनिक स्थलमा भेटिने सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, संरक्षण, व्यवस्थापन तथा पुनःस्थापनाका लागि एकीकृत प्रणालीमार्फत सम्पर्क, सहयोग, समन्वय र व्यवस्थापन गर्ने उद्देश्यले सम्झौता गरिएको हो। सम्झौतामा महानगरपालिकाका तर्फबाट कार्यवाहक प्रमुख डङ्गोल, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको थियो।

    सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँलाई सांस्कृतिक राजधानी मात्र नभई मानवता र सामाजिक उत्तरदायित्वमा आधारित सहरका रूपमा स्थापित गर्ने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको बताउनुभयो।

    कार्यक्रममा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवता प्रवर्द्धनको क्षेत्रमा अब कुनै कमजोरी हुन नहुने बताउँदै यस अभियानलाई सफल बनाउन सबै पक्ष जिम्मेवार र प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

    काठमाडौँ महानगरपालिकाले विसं २०७४ देखि मानव सेवा आश्रमसँग सहकार्य गर्दै सडक सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि वार्षिक औसत करिब दुई करोड रुपैयाँ खर्च गर्दै आएको जनाएको छ।

    यस अवसरमा मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा सञ्चालन गरिएको ‘मेची–महाकाली मानवता अभियान’ को औपचारिक समापनसमेत घोषणा गरिएको थियो। मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार अभियानअन्तर्गत हालसम्म एक सय ९७ जना सहयोगापेक्षी व्यक्तिको उद्धार तथा व्यवस्थापन गरिएको छ।

    आनी छोइङ डोल्मा फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्माले मानवताको प्रवर्द्धनका लागि भएको यो सम्झौता ऐतिहासिक र महत्वपूर्ण रहेको बताउँदै उक्त दिनलाई आफूले विशेष र पवित्र दिनका रूपमा स्मरण गर्ने उल्लेख गर्नुभयो।

    कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संस्कृतिविद् तथा मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डनलगायतले मानवता, सामाजिक उत्तरदायित्व र सहयोगापेक्षी नागरिकहरूको संरक्षणका विषयमा धारणा राख्नुभएको थियो।

    सम्झौताका पक्षहरू तथा अन्य सम्बन्धित निकायबीच नियमित समन्वय र अनुगमनका लागि एक समन्वय समिति गठन गरिने जनाइएको छ। समितिले सम्झौताको प्रभावकारी कार्यान्वयन, कार्यक्रम सञ्चालन तथा आवश्यक स्रोत–साधन व्यवस्थापनको काम गर्नेछ।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.