• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

के भारतीय राजनीतिमा सत्ता परिवर्तनको आवाज गुञ्जिन थालेकै हो ?


  •   आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
  • धनविर पुनमगर/समाचार टिप्पणी

    Advertisement

    भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो। त्यहाँको राजनीति लामो समयदेखि चुनावी अंकगणित, जातीय समीकरण, धार्मिक ध्रुवीकरण र शक्तिशाली नेतृत्वको वरिपरि घुम्दै आएको छ। तर पछिल्ला केही वर्षयता विशेष गरी युवापुस्तामा बढ्दै गएको असन्तुष्टि र त्यसको सार्वजनिक अभिव्यक्तिले एउटा नयाँ प्रश्न जन्माएको छ—के भारतीय राजनीतिमा सत्ता परिवर्तनको आवाज गुञ्जिन थालेको हो?

    हालै भारतमा सामाजिक सञ्जालबाट सुरु भएको ‘कक्रोच जनता पार्टी (सीजेपी)’ अभियान र त्यसले सडक आन्दोलनको रूप लिनु केवल एउटा व्यंग्यात्मक प्रतिरोध मात्र होइन, भारतीय समाजमा गहिरिँदै गएको असन्तुष्टिको अभिव्यक्ति पनि हो। शिक्षामा देखिएको अव्यवस्था, बारम्बार हुने प्रश्नपत्र चुहावट, बढ्दो बेरोजगारी, महँगी र अवसरको असमान पहुँचविरुद्ध युवाहरू खुला रूपमा सडकमा उत्रन थालेका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार लगातार तेस्रो कार्यकालमा प्रवेश गरिसकेको छ। यद्यपि चुनावी सफलताले मात्र जनसन्तुष्टि सुनिश्चित गर्दैन । जसको ज्वलन्त उदाहरणको रुपमा बङ्गलादेशको शेख हसिना सरकारलाई लिन सकिन्छ । उनको पार्टीले लगातार चारपटक चुनाव जितेर सत्ता चलाएको थियो । तर जब देशका युवशक्ति आन्दोलनमा आयो, त्यो आन्दोलनले हसिना सरकारको सदाको लागि विदा गरिदियो । भारतमा पनि विगत एक दशकमा भारतले पूर्वाधार विकास, डिजिटल प्रविधि विस्तार र अन्तर्राष्ट्रिय प्रभावमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरिए पनि रोजगार सिर्जना, शिक्षा सुधार र सामाजिक समानताको क्षेत्रमा उठेका प्रश्नहरू अझै समाधान हुन सकेका छैनन् ।

    विशेष गरी शिक्षा क्षेत्रमा देखिएको संकटले युवापुस्तामा गम्भीर निराशा पैदा गरेको छ । नीट, सीयूईटी, एसएससी लगायतका विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा प्रश्नपत्र चुहावट र व्यवस्थापकीय कमजोरीका घटनाले लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पारेको छ। जब युवाहरूले आफ्‌नो मेहनतको मूल्यांकन निष्पक्ष रूपमा नहुने अनुभव गर्छन्, तब उनीहरूको असन्तुष्टि राजनीतिक स्वरूप लिन थाल्छ ।

    ॅकक्रोच जनता पार्टी’ को अभियानले यही मनोविज्ञानलाई प्रतिनिधित्व गरेको देखिन्छ। आन्दोलनमा सहभागीहरू केवल एक मन्त्रीको राजीनामा मागिरहेका छैनन्, उनीहरू प्रणालीगत सुधारको माग गरिरहेका छन्। आन्दोलनमा विद्यार्थी, अभिभावक, शिक्षक, सामाजिक अभियन्ता र वृद्ध नागरिकसम्मको सहभागिताले असन्तुष्टि समाजका विभिन्न तहमा फैलिएको संकेत दिन्छ।

    अर्कोतर्फ, भारतीय राजनीतिमा लामो समयदेखि प्रभावकारी बनेको हिन्दू–मुस्लिम ध्रुवीकरणको मुद्दाप्रति पनि नयाँ पुस्ता क्रमशः उदासीन बन्दै गएको देखिन्छ। आन्दोलनका क्रममा उठेका नाराहरूले रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनजस्ता वास्तविक मुद्दाहरूलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्। यसले भारतीय युवाहरूको राजनीतिक चेतनामा परिवर्तन आइरहेको संकेत दिन्छ।

    यद्यपि यसलाई तत्काल सत्ता परिवर्तनको सुनिश्चित संकेत भने मान्न सकिँदैन। भारतजस्तो विशाल र विविधतायुक्त देशमा सामाजिक सञ्जालको लोकप्रियता र सडक आन्दोलनको प्रभाव सधैँ चुनावी परिणाममा रूपान्तरण हुन्छ भन्ने छैन। इतिहासले देखाएको छ कि भारतमा सशक्त जनआन्दोलनहरू भए पनि तिनले तुरुन्तै राजनीतिक सत्ता परिवर्तन गराएका उदाहरण सीमित छन्।

    तर एउटा कुरा स्पष्ट छ—युवाहरूमा बढ्दो असन्तुष्टि, सरकारी नीतिप्रतिको आलोचना, परीक्षा प्रणालीमाथिको अविश्वास र सामाजिक सञ्जालमार्फत हुने तीव्र राजनीतिक सक्रियताले भारतीय राजनीतिमा नयाँ बहस जन्माएको छ। यदि सरकारले यी मुद्दाहरूलाई समयमै सम्बोधन गर्न सकेन भने आजको असन्तुष्टि भोलिको संगठित राजनीतिक चुनौतीमा परिणत हुन सक्छ।

    त्यसैले अहिले नै भारतमा सत्ता परिवर्तन निश्चित भइसकेको निष्कर्ष निकाल्न हतार हुनेछ। तर सत्ता परिवर्तनको सम्भावनाबारे बहस सुरु भएको, युवाहरूले नयाँ राजनीतिक विकल्प खोज्न थालेको र स्थापित राजनीतिक शक्तिहरूमाथि दबाब बढिरहेको तथ्यलाई भने अस्वीकार गर्न सकिँदैन।

    भारतीय लोकतन्त्रको आगामी दिशा अब धार्मिक र भावनात्मक मुद्दाभन्दा बढी रोजगारी, शिक्षा, सुशासन र अवसरको राजनीतिले निर्धारण गर्ने संकेत देखिन थालेको छ। यदि यो प्रवृत्ति अझ सशक्त बन्दै गयो भने भारतीय राजनीतिमा नयाँ अध्यायको सुरुआत हुनसक्छ।

    आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    निर्वाचन पराजयपछि मर्जमाथि दबाब
    इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी
    आशावादी हुन गुटेरेसको आग्रह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • २.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ३.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ४.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ५.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • ६.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ७.
      आशावादी हुन गुटेरेसको आग्रह

    • ८.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.