• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

मोन्टेनेग्रोमा इयु विस्तार छलफल


  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
  • टिभाट (मोन्टेनेग्रो), २२ जेठ । रूस र चीनबाट उत्पन्न सुरक्षा तथा आर्थिक चुनौतीबीच युरोपेली सङ्घ (इयु) को विस्तार प्रक्रियालाई तीव्र बनाउने विषयमा केन्द्रित उच्चस्तरीय शिखर सम्मेलन शुक्रबार मोन्टेनेग्रोको तटीय सहर टिभाटमा सुरु भएको छ । पश्चिमी बाल्कनलाई युरोपेली संरचनामा छिटो समावेश गर्ने रणनीतिक आवश्यकताका रूपमा यस बैठकलाई हेरिएको छ ।

    Advertisement

    शिखर सम्मेलनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी लगायत युरोपेली नेताहरू तथा पश्चिमी बाल्कनका इयु उम्मेदवार देशका प्रमुखहरू सहभागी हुनुहुन्छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनको पनि सहभागिता रहेको छ । बैठकको अध्यक्षता युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले गर्नुभएको छ ।

    कार्यक्रमको मुख्य एजेन्डामा मोन्टेनेग्रोको इयु सदस्यता प्रक्रिया रहेको छ । एक समय पूर्व युगोस्लाभियाको हिस्सा रहेको मोन्टेनेग्रोले पछिल्ला वर्षहरूमा संस्थागत सुधार र सुरक्षा गठबन्धनतर्फ महत्त्वपूर्ण कदम चालेको छ । सन् २०१७ मा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) मा प्रवेश गरेपछि यो देश २०२८ सम्म इयुको २८औँ सदस्य बन्ने लक्ष्यमा अघि बढिरहेको छ ।

    लगभग छ लाख,२३ हजार जनसङ्ख्या भएको मोन्टेनेग्रोले ‘२८ बाइ २८’ भन्ने नारासहित इयु सदस्यता अभियानलाई अघि बढाइरहेको छ । इयुले यसका लागि प्रारम्भिक प्रवेश सन्धिको मस्यौदा तयार गर्न कार्य समूह गठन गरिसकेको छ, जसलाई सदस्यता नजिक पुगेको सङ्केतका रूपमा लिइएको छ ।

    पश्चिमी बाल्कनका अन्य देशहरू—अल्बानिया, बोस्निया–हर्जगोभिना, सर्बिया, कोसोभो र उत्तरी म्यासेडोनिया—पनि इयु उम्मेदवारको विभिन्न चरणमा छन् । सबै देशले ३५ वटा नीतिगत अध्यायमा कानूनी तथा संस्थागत सुधार गर्नुपर्ने व्यवस्था छ, जसमा प्रत्येक चरण खोल्न र बन्द गर्न सबै २७ इयु सदस्यको सहमति आवश्यक पर्छ ।

    यसैबीच युक्रेन र मोल्दोभा पनि इयुमा प्रवेश गर्न चाहने देशहरूको सूचीमा छन् भने आइसल्यान्डले सम्भावित सदस्यता आवेदनबारे अगस्टमा जनमतसङ्ग्रह गर्ने तयारी गरेको छ ।

    युरोपमा युक्रेन युद्ध, मध्यपूर्वको तनाव र रुससँगको भू–राजनीतिक प्रतिस्पर्धाबीच सुरक्षा चासो बढिरहेका बेला इयु नेताहरूले विस्तारलाई केवल राजनीतिक नभई रणनीतिक आवश्यकता भएको रूपमा व्याख्या गरेका छन् । कोस्टाले हालैको भ्रमणका क्रममा विस्तारलाई ‘युरोपको भविष्यका लागि अनिवार्य भू–रणनीतिक आवश्यकता’ बताउनुभएको थियो ।

    विश्लेषकहरूका अनुसार मोन्टेनेग्रोको प्रगति अन्य उम्मेदवार देशभन्दा अगाडि रहेकाले सन् २०२८ सम्म सदस्यता सम्भावना अझ मजबुत देखिएको छ । तर इयुले सदस्यता पछि नियम उल्लङ्घन हुन नदिन नयाँ सुरक्षा तथा निगरानी संयन्त्र पनि ल्याउने तयारी गरेको छ ।

    यसैबीच, हङ्गेरीका पूर्वप्रधानमन्त्री भिक्टर ओर्बनको अप्रत्याशित पराजयपछि इयु नेतृत्वभित्र लोकतान्त्रिक मापदण्ड र कानूनी शासनप्रति कडाइ गर्ने नीति अझ मजबुत हुने अपेक्षा गरिएको छ । विगतमा केही सदस्य देशमा देखिएको लोकतान्त्रिक विचलन र भिटो प्रयोगको अनुभवले नयाँ सदस्यहरूलाई प्रवेशअघि नै कडाइका साथ सुधार गर्न दबाब बढाएको छ ।

    इयुले अब आउने देशहरूलाई सदस्यता दिनु अघि सुधार पूरा गराउने मात्र नभई सदस्य बनेपछि पनि उत्तरदायित्व कायम राख्ने नयाँ संरचना निर्माणतर्फ ध्यान केन्द्रित गरिरहेको छ ।

    शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.