काठमाडौँ, जेठ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अलगिएकाहरूले नयाँ पार्टी खोल्ने तयारमिा रहेका छन् । आज विहिबार असन्तुष्ट कार्याकर्ताहरूलाई सम्बोधन गर्दै राणाले नयाँ पार्टी खोल्ने घोषणा गरेका हुन् ।
Advertisement
यससँगै राप्रापामा ठुलो राजनीतिक हलचल पैदा भएको छ । पार्टीको मूल नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा र उपाध्यक्ष मुकुन्दश्याम गिरीसहितका शीर्ष नेताहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन्।
उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा कार्यकर्ताहरूको पहिलो चरणको पार्टी परित्यागको घोषणा मार्फत उनीहरूले राप्रपासँगको सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् ।