• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

बागलुङमा कुरुवाघर सञ्चालनपछि प्रसूति र कुरुवा लाभान्वित


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • बलेवा (बागलुङ) । गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको नगर अस्पतालमा निर्माण गरिएको कुरुवाघर सञ्चालनमा आएपछि प्रसूति र कुरुवा लाभान्वित भएका छन् ।

    Advertisement

    प्रसूति सेवा लिन आउनेका कुरुवालाई निःशुल्क बस्न सहज होस् भन्ने हेतुले उक्त प्रतिक्षाघर बनाइको थियो । प्रतिक्षाघर निर्माणपछि बिरामीका कुरुवा तथा आफन्तलाई सहज भएको छ ।

    प्रतीक्षा घरमा बसेपछि चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी भएपछि सुत्केरीहरु सुरक्षित भएका छन् । हेलिकप्टरबाट उद्धार गरेर पठाउने समस्या हटेको छ ।

    प्रतीक्षा घर बनेपछि सेवाग्राही र उनीहरुका कुरुवालाई सहज वातावरण सिर्जना भएको जैमिनी नगर अस्पतालका प्रमुख डा सुजन शर्माले बताउनुभयो । ती दुवै प्रतिक्षा घर निर्माणका लागि फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले रु चार÷चार लाख तथा नगरपालिकाले रु छ लाखका दरले रकम उपलब्ध गराएको थियो ।

    गलकोटको प्रतिक्षा घरमा एकैपटक तीन परिवार वा तीन जनाका कुरुवा बस्न सक्छन् भने जैमिनीमा दुई परिवार बस्न मिल्नेछ ।

    त्यहाँको ग्रामीण क्षेत्रबाट प्रसूति व्यथा हुनु एक दिनअघि नै गर्भवती स्वास्थ्य संस्थामा पुग्नुपर्ने भएकाले त्यस समयमा आर्थिक समस्या भोग्न नपरोस् भनी नगर अस्पताल र स्वास्थ्य चौकीमा यस्ता कुरुवा निर्माण गरिएको संस्थाका अनुगमन अधिकृत सुजन पौडेलले बताउनुभयो ।

    गत असोजदेखि शल्यक्रिया सेवा सुरु गरिएको गलकोट नगर अस्पतालमा अहिलेसम्म १५० महिलाले प्रसूति सेवा लिएका छन् । त्यस अवधिमा ३७ जनाको शल्यक्रिया भएको छ । ती सबैले सुत्केरी हुनुपूर्व र सुत्केरीपछि कुरुवाघरको सेवा लिएका छन् ।

    अस्पताल प्रशासनका अनुसार यहाँ ७७ जना सुत्केरीका आफन्तले कम्तीमा एक रात बसेर घर फर्केका छन् । कतिपयले यहाँ सात दिनसम्म पनि सेवा लिइएको पाइएको छ ।

    अघिल्लो आर्थिक वर्ष ८० जना सुत्केरी गराएको गलकोट नगर अस्पतालमा यस आवमा १५० बढीले सेवा लिइसकेको अस्पतालका प्रमुख डा राजेश पौडेलले बताउनुभयो । धौलागिरि अस्पताल पछिको धेरै सेवा दिने र धेरै सेवाग्राही आउने अस्पतालमा यो सूचीकृत छ ।

    परियोजनाले जैमिनी नगरपालिकाको कुश्मीसेरा अस्पतालमा पनि प्रतीक्षाघर बनाएको छ । यहाँ अघिल्लो वर्ष २८ जनाले प्रसूति सेवा लिएका थिए ।

    यसअघि निसीखोला, बडिगाड, काठेखोला, बरेङ र ताराखोलामा साझेदारीमा प्रसूति प्रतीक्षा घर बनिसकेका छन् ।

    निसीखोलाको बोहोरागाउँ स्वास्थ्यचौकीमा वर्षमा १२० जनासम्म गर्भवती र कुरुवाले उक्त घर उपयोग गरेका छन् ।

    जैमिनीमा बनेको प्रतीक्षा घरको केही दिनअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । जैमिनीलाई बालमैत्री बनाउने अभियानमा आएका मुख्यमन्त्रीले नगर अस्पतालको अनुगमन पनि गर्नुभयो ।

    उहाँले प्रतिक्षाघरले महिलाको स्वास्थ्यमा राम्रो प्रभाव पर्ने भन्दै बालबालिकाको सुरक्षित जन्मन पाउने अधिकार पनि सुरक्षा भएको बताउनुभयो ।

    नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका अध्यक्ष यमप्रसाद कँडेलले आमा र शिशुको स्वास्थ्यमा सम्बोधन परियोजनाको लगानीलाई सबै स्थानीय तह र सरकारी निकायले ग्रहण गर्नसकेमा स्वास्थ्य क्षेत्रमा सुधार र परिवर्तन सम्भव हुने बताउनुभयो ।

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.