• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

व्यापार संघको संयुक्त भेला बर्दियामा सम्पन्न, सामूहिक उद्यममार्फत समाजवादी अर्थतन्त्र निर्माणमा जोड


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • बर्दिया, जेठ २० । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बाँके–बर्दियाको संयुक्त भेला मंगलबार बर्दियाको सोरहवामा सम्पन्न भएको छ । भेलाले श्रमिक, साना उद्यमी तथा व्यवसायीहरूको संगठनात्मक एकता सुदृढ गर्दै उत्पादनमुखी र समाजवादी अर्थतन्त्र निर्माणको आवश्यकता औंल्याएको छ ।

    Advertisement

    भेलाले परशुराम लामिछानेको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा कल्पना पौडेल, कोषाध्यक्षमा टेकेन्द्र जिसी तथा सदस्यहरूमा श्यामबहादुर केसी, खकेन्द्र खत्री र भक्तबहादुर बिक चयन भएका छन् । एक सदस्य पद हाल रिक्त राखिएको छ । समितिको सल्लाहकारमा ज्ञानचन्द्र अर्याल रहनुभएको छ ।

    व्यापार संघको पहलमा सञ्चालित एनएमआईसि परियोजना स्थलमा आयोजित कार्यक्रममा वक्ताहरूले श्रमिक, किसान, साना व्यवसायी तथा उत्पादनशील क्षेत्रका नागरिकहरूलाई संगठित गर्दै सामूहिक उद्यमको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोख्रेलले यस्ता परियोजनाहरूले समाजलाई समाजवादी अर्थतन्त्रतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले उत्पादनमुखी र जनहितकारी आर्थिक गतिविधिलाई आफ्‌नो पार्टीले प्रोत्साहन गर्ने पनि स्पष्ट पार्नुभयो ।

    अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलले व्यवसायीहरू संगठित भएर सामूहिक उद्यममा लागेमा मात्र देशको आर्थिक समृद्धि सम्भव हुने धारणा राख्नुभयो । उहाँले व्यक्तिगत नाफाभन्दा सामूहिक उत्पादन र सहकार्यको संस्कृतिलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।

    त्यसैगरी एनएमआईसि कम्पनीका केन्द्रीय अध्यक्ष ढुन्डिराज शर्माले देशमा उत्पादनशील अर्थतन्त्रको विकास अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रिय पूँजीको विकासका लागि श्रम, उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले कम्पनीलाई देशव्यापी रूपमा विस्तार गर्दै उत्पादनमूलक अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    परशुराम लामिछानेको अध्यक्षतामा सम्पन्न भेलामा अखिल नेपाल सुकुम्बासी तथा अव्यवस्थित संघका केन्द्रीय अध्यक्ष तुलसीराम साप्कोटा, उद्योग व्यापार संघका केन्द्रीय सदस्य नरेन्द्र बिष्ट, राष्ट्रिय जनमोर्चा बर्दियाका अध्यक्ष नुमलाल रेग्मी, बाँकेका उपाध्यक्ष जगदीश ढकाल, अनेमसंघ बाँकेकी सल्लाहकार माला केसी तथा साहित्यकार कल्पना पौडेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बाँके र बर्दियाका उद्योगी, व्यवसायी तथा श्रमिक वर्गको उल्लेख्य सहभागिता रहेको थियो ।

    कार्यक्रमको सञ्चालन उद्योग व्यापार संघका महासचिव कृष्णभक्त गिरिले गर्नुभएको थियो।

    भेलाले श्रमिक, किसान र साना उद्यमीहरूको हितलाई केन्द्रमा राख्दै उत्पादन, स्वावलम्बन र सामूहिक उद्यमको माध्यमबाट समाजवादी आर्थिक विकासको आधार निर्माण गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ।

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.