काठमाडौं, १९ जेठ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा निरन्तर नाराबाजी गरेपछि बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक २५ गते बस्ने जानकारी दिएका हुन् ।
Advertisement
दिउँसो १ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी ३ बजे सुरु भएको थियो। विपक्षी सांसदहरूले सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग तथ्य प्रस्तुत गर्न वा माफी माग्नुपर्ने माग दोहोर्याएका थिए ।
सभामुखले कार्यसूची अघि बढाउने प्रयास गरे पनि विपक्षीहरूले विरोध जारी राखेपछि बैठक स्थगित गरिएको हो । आजको कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रमसमेत रहेको थियो ।

