• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

बजेटको मूल प्रवृत्ति वा स्वरूप देश र जनता विरोधी रहेको मसालको ठहर


  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले आव २०८३/८४ को बजेटको मूल प्रवृत्ति वा स्वरूप देश र जनता विरोधी रहेको ठहर गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ जेठ १७ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो धारणा व्यक्त गरेको हो ।

    बजेटले संविधानमा उल्लिखित समाजवादोन्मुख नीतिलाई अस्वीकार गरेकाले सार्वजनिक स्वामित्व वा अथतन्त्रको सुदृढीकरणतर्फ ध्यान केन्द्रित नगरेको मसालको ठहर छ ।

    पार्टीले भनेको छ– “बजेटको सम्पूर्ण चरित्रमाथि विचार गर्दा त्यसले आमजनता होइन, दलाल पुँजीपति र विदेशी साम्राज्यवादको नै सेवा गर्ने नै देखिन्छ ।”

    वक्तव्यमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, युवा र खेलकुदजस्ता क्षेत्रमा बजेट कटौति गरिएको उल्लेख गर्दै पार्टीले भूमि बैङ्कजस्तो अवधारणा स्वीकार गरिएको, व्यापार घाटा घटाउन ध्यान नदिएको, सहकारीपीडितलाई राज्यकोषबाट नै न्यून रकम दिइएको, सुकुम्वासी समस्याबारे ध्यान नदिएको र शिक्षा र स्वास्थ्यबारे ध्यान नदिएको उल्लेख छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “सरकारले २०८३–८४ को बजेट प्रस्तुत गरेको छ । त्यो बजेट नवउदारवादी, पुँजीवादी प्रकारको नै रहेको छ । त्यसकारण त्यो बजेट समाजवादोन्मुख संविधानको घोषित सिद्धान्तअनुरूप नभएको र त्यसअनुसार कुनै कार्यक्रम नआएको कुरा स्पष्ट छ ।

    त्यो बजेटले देशको उद्योग, कृषि, शिक्षा, स्वास्थ्य समेतमा बजेट कटौती गरेको छ । त्यसकारण त्यसबाट देशको विकास वा रोजगारीमा मदत नपुग्ने कुरा निश्चित छ । त्यो बजेटको सम्पूर्ण चरित्रमाथि विचार गर्दा त्यसले आमजनता होइन, दलाल पुँजीपति र विदेशी साम्राज्यवादको नै सेवा गर्ने नै देखिन्छ । त्यसरी अब त्यो बजेटले उद्योग र कृषिको आधारभूत विकासमा मदत गर्नुभन्दा बढी लोकप्रियतावादी प्रकारको छ । त्यसले कैयौँ आकर्षक नारा दिएर जनतालाई प्रभावित गर्ने प्रयत्न गरेको देखिन्छ तर वास्तवमा समग्र रूपमा त्यो बजेट देश र जनताको हितमा नभएको कुरा नै देखिन्छ । सरकारको जुन प्रकारको चरित्र छ, त्यसअनुरूप नै त्यो बजेट आएको छ । त्यसैले हाम्रो पार्टीले त्यो बजेटलाई अस्वीकार गर्दछ र विरोध गर्दछ ।

    संविधानमा समाजवादोन्मुख सिद्धान्त प्रतिपादन गरिएको छ । त्यसअनुरूप त्यसले सार्वजनिक क्षेत्रमा अर्थतन्त्रको विकासमा विशेष जोड दिनुपर्दथ्यो तर त्यसबारे बजेटमा केही पनि उल्लेख गरिएको छैन । बजेटको त्यस प्रकारको नीति सार्वजनिक अर्थतन्त्रलाई विश्वव्यापी रूपमा नै समाप्त गर्ने साम्राज्यवादी नीतिअनुरूप छ र त्यसरी प्रस्तुत बजेटले घोषित रूपले नै साम्राज्यवादको सेवा गरेको छ । त्यसले पहिलेदेखि सार्वजनिक क्षेत्रमा रहेका केही उद्योग वा विद्युत् प्रोजेक्टलाई सार्वजनिक क्षेत्रमा नै राख्ने निर्णय गरेको छ तर त्यसले सार्वजनिक क्षेत्रमा रहेका कतिपय कम्पनी र खानीबाट सरकारको सेयर रकम घटाउने र निजी क्षेत्रलाई उपलब्ध गराउनेसमेत काम गरेको छ । त्यसबाट सरकार वा बजेटको मूल दिशा के हो ? त्यो कुरामा कुनै शङ्का रहन्न । त्यही प्रकारले विदेशी पुँजीलाई पनि बढीभन्दा बढी सुविधा उपलब्ध गराउने प्रयत्न गरिएको छ । त्यो वास्तवमा राष्ट्रिय उद्योगसित अन्तरघात हुने नीति नै हुनेछ ।

    बजेटको अध्ययन गर्ने हो भने यो कुरा स्पष्ट थाहा हुन्छ कि पहिलेको तुलनामा शिक्षा, स्वास्थ्य, कृषि र उद्योगमा बजेट घटाइएको छ । त्यसबाट सरकारको उद्देश्य देशको विकासप्रति नकारात्मक भएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यो नीतिबाट विदेशमा पलायन हुने नेपालीलाई स्वदेशमा नै रोजगारी दिने होइन, उनीहरूलाई अरू ठुलो सङ्ख्यामा विदेश पठाउने र त्यसरी रेमिटेन्सबाट बढी आय गर्ने नै सरकारको नीति रहेको कुरा स्पष्ट छ ।

    सरकारले विद्युत्को अन्त:शुल्कबारे अपनाएको नीतिबाट पनि उपभोक्तालाई बढी मार नै पर्नेछ । सरकारले विद्युत् गाडीमाथि पनि बढी कर लगाएको छ । त्यसबाट हाम्रो देशमा अत्यधिक सम्भावना भएको विद्युत्को प्रयोगबाट नै गाडीको सञ्चालन गर्ने नीति अपनाउनुको सट्टा पेट्रोलको आयातलाई नै बढाएर लैजानेछ । त्यस प्रकारको नीतिले विदेशी पुँजीको नै बढी सेवा गर्नेछ ।

    भूमि बैङ्कको प्रणालीद्वारा किसानलाई नै नोक्सान पुग्दछ । अन्य कयौँ देशमा पनि त्यो प्रणाली असफल भइसकेको छ र नेपालमा पनि त्यसको विरोध हुँदै आएको छ । त्यसैले भूमि बैङ्कको व्यवस्था गलत छ र हामी त्यसको विरोध गर्दछौँ ।

    हामीले सुरुदेखि नै सङ्घीयता वा त्यसको प्रदेश तहको व्यवस्थाको विरोध गर्दै आएका छौँ । हामीले प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई अरू अधिकारसम्पन्न बनाउनुपर्ने र त्यसको बजेटमा पनि वृद्धि गर्नुपर्ने कुरामा जोड दिँदै आएका छौँ । त्यस प्रकारको नीतिले राष्ट्रिय हितलाई मदत गर्दछ । अहिलेको बजेटले स्थानीय तहको बजेटलाई घटाएर प्रदेश तहको बजेटलाई बढाउने निर्णय गरेको छ । बजेटको त्यस प्रकारको नीतिको हामीले कडा शब्दमा विरोध गर्दछौँ ।

    अहिले पनि बजेटको ५० प्रतिशत भन्दा बढी खर्च प्रशासनिक कार्यमा नै हुन्छ । त्यो बाहेक ऋण र ब्याज तिर्न पनि बजेटको अत्यधिक ठुलो अंश खर्च हुन्छ । त्यसो भएपछि पुँजीगत खर्चको लागि अत्यन्त कम रकम रहनेछ । त्यसरी विकासका लागि छुट्याइएको रकमको पनि एउटा महत्त्वपूर्ण अंश भ्रष्टाचारमा अपव्यय हुन्छ र एउटा ठुलो अंश खर्च नै हुन्न । त्यसरी अहिलेको बजेटबाट देशको विकासमा आशाप्रद: प्रकारले मदत नपुग्ने कुरा निश्चित छ ।

    देशमा राजस्वबाट जुन आम्दानी हुन्छ, त्यसबाट सामान्य प्रशासनिक खर्च चलाउनु पनि गाह्रो हुन्छ । त्यसकारण बजेटको एउटा ठुलो अंश आन्तरिक वा वैदेशिक ऋणबाट नै पूरा गर्नुपर्ने देखिन्छ । त्यसरी देशमा ऋणको भार बढ्दै जानेछ र दीर्घकालीन रूपमा यसबाट देशको अर्थतन्त्रमा ठुलो क्षति नै पुग्न जान्छ । त्यो अवस्थामा सुधारका लागि बजेटले कुनै खास नीति वा योजना अगाडि ल्याएको छैन ।

    देशको व्यापार लगातार घाटामा छ । उत्पादन र निर्यातमा वृद्धि नगरीकन त्यो अवस्थामा सुधार ल्याउन सकिन्न र अहिले बजेटले जुन प्रकारको नीति अगाडि सारेको छ । त्यसबाट उत्पादनमा वृद्धिको सम्भावना एकदम कम देखिन्छ र त्यसले गर्दा निर्यातम पनि कुनै खास वृद्धि हुने देखिन्न । त्यो अवस्थामा व्यापारमा घाटा अरू बढ्दै जाने नै सम्भावना बढी देखिन्छ ।

    सहकारीपीडितका लागि पनि बजेटले कुनै खास व्यवस्था गर्न सकेको छैन । त्यसले सरकारी कोषबाट नै सहकारीपीडितको केही रकम फिर्ता गर्ने नीति अपनाएको देखिन्छ तर जसले ठुलो पैमानामा सहकारी रकमको ठगी वा हिनामिना गरेका छन्, उनीहरूको नै सत्तामा बोलबाला र ठुलो स्वर भएको हुनाले उनीहरूमाथि कडा र न्यायोचित कारबाहीको कुनै सम्भावना देखिँदैन ।

    युवा र खेलकुदमा पहिलेका सरकारले पनि कम बजेट विनियोजन गर्ने गरेका थिए । अहिलेको सरकारले पहिलेको बजेटमा पनि कटौती गर्ने काम गरेको छ । त्यसकारण युवा र खेलकुदप्रति पनि वर्तमान सरकारले नकारात्मक नै दृष्टिकोण अपनाएको देखिन्छ ।

    सुकुम्वासीको समस्या नेपालको एउटा अत्यन्त गम्भीर समस्या हो । सरकारले डोजर आतङ्कद्वारा उनीहरूलाई बसेको स्थानबाट हटाउने काम गर्‍यो तर उनीहरूको पुनर्वासका लागि सरकारले बजेटमा कुनै खास व्यवस्था गर्न सकेको छैन । त्यसका साथै अव्यवस्थित बसोबास गरेका किसानलाई पनि उनीहरू लामो समयदेखि बस्दै आएका जग्गामा उनीहरूलाई तुरुन्तै लालपुर्जा दिएर उनीहरूको बसोबासलाई स्थायी रूप दिनुपर्ने आवश्यकता छ । दीर्घकालीन रूपमा उनीहरूको त्यस प्रकारको व्यवस्था गर्नेबारे बजेटले केही उल्लेख अवश्य गरेको छ तर त्यो तुरुन्तै लागु गर्ने विषय हो र बजेटमा त्यसको व्यवस्था गरिएको छैन ।

    देशमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा बढ्दै गएको निजीकरण गम्भीर चिन्ताको विषय भएको छ । स्वास्थ्य बिमाको नीति पनि एक प्रकारले अवरुद्धजस्तै भएको छ । त्यो अवस्थामा शिक्षा र स्वास्थ्यलाई पूरै नि:शुल्क गराउनुपर्ने आवश्यकता छ । यसबारे बजेटले ध्यान दिन नसकेकोमा हामीले गम्भीर चिन्ता र क्षोभ प्रकट गर्दछौँ ।

    अन्तमा बजेटको मूल प्रवृत्ति वा स्वरूप समग्र रूपमा देश र जनता विरोधी रहेको छ । त्यसले सरकारको राजनीतिक प्रकृतिमाथि पनि प्रकाश हाल्दछ । त्यसकारण सरकारका सबै गलत नीति र कार्यक्रमहो विरोध गर्न हाम्रो पार्टीले जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।”

    आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.