पथलैया । बारामा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को जिल्ला भेला सम्पन्न भएको छ ।
Advertisement
महासचिव धनपति सापकोटाको उपस्थितिमा २०८३ जेठ १७ गते जितपुर–सिमराको सोलन्फामा सो कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय जनमोर्चा बाराका नेता जीवनकुमार भट्टराईको पहलमा सम्पन्न उक्त भेलाले पाँच सदस्यीय अन्टुकको जिल्ला समिति चयन गरेको छ ।
समितिको अध्यक्षमा कन्हैयाकुमार यादव रहनुभएको छ भने उपाध्यक्षमा विजय साह, सचिवमा सोहित ठाकुर, कोषाध्यक्षमा राजु साह, सदस्यमा राजेश साह र सल्लाहकारमा जीवनकुमार भट्टराई रहनुभएको छ ।