• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सरकार संविधान संशोधन होइन, पुनर्लेखन गर्न चाहान्छ : रोका


  •   शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले बालेन्द्र सरकारले संविधान संशोधन होइन, संविधान पुनर्लेखन गर्न चाहेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजले २०८३ जेठ १५ गते अबेर साँझ आयोजना गरेको भर्चुअल अन्तरक्रियामा विशिष्ट अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    अध्यक्ष शक्तमान बुढाथोकीद्वारा ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अवधारणा प्रस्तुत भएपछि अधिवक्ता रोकाले त्यसबारेमा आफ्नो धारणा राख्दै हुनुहुन्थ्यो ।

    ‘संविधान असल र खराब दुवै प्रकारले संविधान संशोधन गर्न सकिन्छ’ उहाँले भन्नुभयो– ‘तर यो सरकारले बदनियतपूर्ण तरिकाले संविधान संशोधन होइन, संविधान पुनर्लेखन नै गर्न चाहान्छ ।’

    उहाँले सरकारले अहिले गठन गरेको संविधान संशोधन कार्यदललाई संविधानले नचिन्ने बताउनुभयो ।

    ‘सर्वप्रथम त सरकारले अहिले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदललाई संविधानले चिन्दैन किनकि त्यसका अध्यक्ष र सदस्यहरू जननिर्वाचित व्यक्तित्व होइनन्’ रोकाले भन्नुभयो ।

    वर्तमान सरकारमने गठन नै शङ्कास्पद रहेको स्पष्ट गर्दै उहाँले योजनाबद्ध ढङ्गले सरकार वर्तमान लोकतान्त्रिक संविधानलाई खारेज गर्न चाहेको बताउनुभयो ।

    ‘जुन शक्तिले जेनजी आन्दोलन भड्कायो, जुन शक्तिले सरकार गठन गरेर निश्चित शक्तिलाई फागुन २१ गतेको निर्वाचनमा विजयी गराउने जिम्मा लियो, त्यही शक्तिले अहिले संविधान संशोधनको कुरा गरिरहेको छ’ उहाँले भन्नुभयो– ‘तर उनीहरूले संविधान संशोधन होइन, पुनर्लेखन नै गर्न चाहेका छन् ।’

    वर्तमान प्रधानमन्त्री र मन्त्रीहरूको संसद्प्रति उत्तरदायी नहुने कार्यशैलीले गणतन्त्रमाथि आँच पुग्ने गरेको उहाँको धारणा थियो ।

    यस्तो जननिर्वाचित संसद्प्रति नै उत्तरदायी नहुने सरकारले गर्ने संविधान संशोधनबाट गणतन्त्र खतरामा पर्ने सङ्केत उहाँले गर्नुभयो ।

    मन्तव्यको क्रममा उहाँले सरकार निरङ्कुश प्रकारले अघि बढ्न चाहेको प्रधान न्यायाधीश प्रकरणमा देखिएको ठोकुवासमेत गर्नुभयो ।

    संविधान संशोधन गर्नुपर्ने पक्षमा आफूहरू रहेको स्पष्ट पार्दै उहाँले त्यसमा सङ्घीयता र एमसिसी खारेजी, कठोर नागरिकता नीति, प्राकृतिक स्रोत तथा सम्पदाको न्यायोचित वितरण, दलित र महिलाका लागि निश्चित निर्वाचन क्षेत्रजस्ता विषयलाई समेट्नुपर्ने बताउनुभयो ।
    उहाँले संविधान संशोधनसँगै गणतन्त्र रक्षाको अभियान पनि सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीसँगै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराई, कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष कमल आचार्य, हङकङ नेपाली एकता समाजका महसचिव अमृता रानाथापा, जापान नेपाली एकता समाजका सचिव प्रदीप विक, साउदी अरब नेपाली एकता समाजका अध्यक्ष खुमिराम भण्डारी र मलेसिया नेपाली एकता समाजका अध्यक्ष केशव खनालले पनि मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, मूल प्रवाहका सल्लाहकार ठाकुर खनाल, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका अध्यक्ष समीर सिंहलगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता उपाध्यक्ष प्रेम पौडेलले, सञ्चालन महासचिव खुम रायमाझीले र स्वागत केन्द्रीय सदस्य रामप्रसाद पराजुलीले गर्नुभएको थियो ।

    कार्यक्रमको अन्तमा जनक विसी, कुमार खनाललगायतले पूरक जिज्ञासा राख्नुभएको थियो ।

    शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.