• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

गणतन्त्र र राष्ट्रियतालाई केन्द्रमा राखेर संविधान संशोधन गरिनुपर्दछ : भट्ट


  •   शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गणतन्त्र र राष्ट्रियतालाई केन्द्रमा राखेर संविधान संशोधन गरिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा २०८३ जेठ १५ गते अबेर साँझ सम्पन्न भर्चुअल अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    महसचिव भट्टले भन्नुभयो– ‘संविधान संशोधन गर्दा गणतन्त्र र राष्ट्रियतालाई केन्द्रमा राखिनुपर्दछ ।’

    राजमोले वर्तमान परिस्थितिमा लोकतान्त्रिक गणतन्त्र चाहेको स्पष्ट पार्नुभयो ।

    ‘हामीले चाहेको लोकतान्त्रिक गणतन्त्र हो’ उहाँले अगाडि भन्नुभयो– ‘हामीले धार्मिक गणतन्त्र, सैन्य गणतन्त्र वा सङ्घीय गणतन्त्र चाहेका छैनौँ ।’
    तत्कालै नयाँ जनवादी गणतन्त्र स्थापना हुने अवस्था नरहेको स्पष्ट पार्दै उहाँले लोकतान्त्रिक गणतन्त्र नै तात्कालिक राजनीतिको सही दिशा हुने स्पष्ट पार्नुभयो ।

    संविधान संशोधनको प्रक्रियाबारे राजमो स्पष्ट रहेको दाबी गर्दैै उहाँले आफ्ना राजनीतिक मुद्दामा बहस होस् भनेर नै संविधान संशोधन कार्यदलमा आफूहरू सक्रिय रहेको बताउनुभयो ।

    भट्टले भन्नुभयो– ‘हामीलाई संविधानसभाको प्रकृति र प्रक्रियाबारे जानकारी छ र वर्तमान राजनीतिक दलका चरित्र तथा भूमिकाबारे पनि हामी जानकार छौँ । त्यसका बाबजुद राजमोको मुद्दा छलफलमा जाओस् भनेर नै हामी संविधान संशोधन कार्यदलमा सहभागी भएका छौँ ।’

    संविधान संशोधन कार्यदलका सदस्यसमेत रहनुभएका भट्टले सुरुमा कङ्ग्रेस र एमालेका प्रतिनिधि बैठकमा सामेल भएको जानकारी दिँदै पछि आफ्ना प्रतिनिधि फिर्ता लिनुमा उनीहरूको त्यसबारे स्पष्ट दृष्टिकोण नभएकाले त्यसो गरिएको दाबी गर्नुभयो ।

    ‘कङ्ग्रेस र एमाले संविधान संशोधनका विषयबारे स्पष्ट छैनन् । त्यसैले उनीहरूले कार्यदलमा आफ्ना प्रतिनिधि पठाएका छैनन्’ उहाँले स्पष्ट पार्नुभयो ।

    कार्यदल बैठकमा उपस्थिति हुँदाको अनुभूति सुनाउँदै उहाँले अहिले कसैले पनि कार्यकारी राष्ट्रपतिको पक्षमा आफूलाई प्रस्तुत नगरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘म जति पनि बैठकमा उपस्थित भएँ, त्यसमा कङ्ग्रेस, एमाले र नेकपाका प्रतिनिधिहरू कार्यकारी राष्ट्रपतिको पक्षमा बोलेका छैनन् ।’

    कङ्ग्रेस कार्यकारी राष्ट्रपतिको पक्षमा नभएको, एमालेमा त्यसबारे प्रष्ट नभएको र नेकपा अहिले आफै सानो शक्तिमा भएको तथा एकतामा सामेल माधव नेपाल पक्षको त्यसबारे फरक मत भएकाले उनीहरू यस प्रस्तावको पक्षमा नभएको महासचिव भट्टको भनाइ थियो ।

    उहाँले भन्नुभयो– ‘मैले त यस्तो प्रारम्भिक प्रतिक्रिया पाएको छु, रास्वपा पनि कार्यकारी राष्ट्रपतिको मुद्दाबाट आफूलाई हटाउँदैछ किनभने अहिले प्रधानमन्त्री बालेन्द्र शाहको भूमिकाबाट उनीहरू स्पष्ट भएका छन् ।’

    कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकासँगै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराई, कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष कमल आचार्य, हङकङ नेपाली एकता समाजका महसचिव अमृता रानाथापा, जापान नेपाली एकता समाजका सचिव प्रदीप विक, साउदी अरब नेपाली एकता समाजका अध्यक्ष खुमिराम भण्डारी र मलेसिया नेपाली एकता समाजका अध्यक्ष केशव खनालले पनि मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, मूल प्रवाहका सल्लाहकार ठाकुर खनाल, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका अध्यक्ष समीर सिंहलगायतको आतिथ्य रहेको थियो ।

    अन्तर्राष्ट्रियका अध्यक्ष शक्तमान बुढाथोकीले ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएसँगै सुरु भएको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष प्रेम पौडेलले, सञ्चालन महासचिव खुम रायमाझीले र स्वागत केन्द्रीय सदस्य रामप्रसाद पराजुलीले गर्नुभएको थियो ।

    कार्यक्रमको अन्तमा जनक विसी, कुमार खनाललगायतले पूरक जिज्ञासा राख्नुभएको थियो ।

    शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.