• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

मानवअधिकार आयोग : टिओबीले प्रदर्शन भड्कायो, नक्कली प्रहरी आइडीले ड्रेसमै विद्यार्थी बोलायो


  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । गत भदौ २३–२४ को जेनजी आन्दोलनमा तिब्बतियन ओरिजिनल ब्लडले शान्पिूर्ण प्रदर्शन भड्काएको तथा नक्कली प्रहरीको फेसबुक आइडी बनाएर स्कुली ड्रेसमै विद्यार्थीलाई प्रदर्शनमा सहभागि हुन आग्रह गरिएको खुलेको छ ।

    Advertisement

    राष्ट्रिय मानवअधिकार आयोगले २०८३ जेठ १३ गते बुधबार जेनजी घटनाबारे प्रेसवक्तव्य जारी गर्दै सो तथ्य सार्वजनिक गरेको हो ।

    आयोगले जेनजी आन्दोलन र त्यस क्रममा भएका घटनामा पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित अहिले बहाल रहेका १५ जना सांसदमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । त्यति मात्रै होइन, आयोगले जेनजी छानबिन आयोगका प्रमुख गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ ।

    यता पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, निवर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल र सुधन गुरुङलाई पनि कानुन बनाएरै भए पनि जेनजी घटनाको सम्बन्धमा छानबिन गरी कारबाही गर्न भनेको छ ।

    प्रतिवेदनमा घाइतेको नि:शुल्क उपचार, बलप्रयोगको निष्पक्ष अनुसन्धान तथा पीडितलाई क्षतिपूर्तिको सिफारिस पनि गरिएको छ ।

    प्रदर्शनका क्रममा अत्यधिक बलप्रयोग भएको, केही स्थानमा मानवअधिकार उल्लङ्घनका घटना देखिएको तथा सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा घाइतेको सम्पूर्ण उपचार तथा औषधी नि:शुल्क गर्न सरकारलाई आग्रह गरिएको छ ।

    आयोगले घटनामा संलग्न जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न, शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट कार्ययोजना बनाउन पनि सरकारलाई सिफारिस गरेको छ ।

    सिफारिसमा भनिएको छ– ‘जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने निजको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले निजहरू प्रदर्शनमा सहभागिता हुन सक्ने भनी सङ्कलन गरेको प्रतिवेदनसमेतका आधारमा उल्लेख हुन आएको देखिदा भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षतिसमेतका कार्यमा निजहरूको संलग्नता रहे/नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारी आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे/नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजबाट भए/नभएको वा सोको दुरुत्साहन भए/नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसुचित गराई उल्लिखित व्यक्तिको स्वच्छ सुनुवाइको हकअधिकारको सुनिश्चततासहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न ।’

    आयोगकी सदस्य लिली थापा नेतृत्वको छानबिन समितिको आधारमा आयोगले रास्वपाका धेरै सांसदलाई विध्वंसमा जिम्मेवार बनाउनुपर्ने उल्लेख गरेको छ ।

    हाल रास्वपाका सांसद रहेका हरि ढकाल, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, आशिका तामाङ र ज्वाला सङ्ग्रौलालाई छानबिन गर्न सुझाव दिएको छ । विध्वंसमा मुछिएका शोम शर्मा, पुरुषोत्तम यादव र शिव यादव पनि रास्वपा सांसद बनेका छन् ।

    त्यस्तै आयोगले रक्षा बम, हेमराज थापा, विमल पन्त, खेमराज साउद, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, असीममान बस्नेत, भाग्य न्यौपाने, टङ्क दाहाल, भिक्टर पौडेल, अङ्कित मल्ल, उमेश बोहरा, विनोद देउवा, सरु सुनुवारमाथि पनि अनुसन्धान गर्न भनेको छ ।

    एवम् प्रकारले भीम उपाध्याय, रविकिरण हमाल, निश्चल बस्नेत, पशुपति खड्का दुर्गा प्रसाईं, ऊर्जा बराल, जेरी ताम्राकार, हेमसागर विद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दीपक देवकोटा, गौरव बराल, हिमानी राज्यलक्ष्मी सिंह, निशान मैनालीलाई पनि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन आयोगले सिफारिस गरेको छ ।

    आयोगले प्रहरीका उच्च अधिकारीलाई समेत मृत्यु र विध्वंसका लागि जिम्मेवार ठहर्‍याएको छ ।

    आयोगको प्रतिवेदनको पूर्ण पाठ ।

    बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.