काठमाडौं । काठमाडौँ नरेफाँटमा १८ वर्षीय करणकुमार साहमाथि धारिलो हतियारले आक्रमण भएको छ।
Advertisement
साहले प्रहरी वृत्त नयाँ बानेश्वरमा अभिषेक यादव, धनराज यादवसहित ५/६ जनाविरुद्ध उजुरी दिएको बताइएको हो ।
प्रहरीका अनुसार आक्रमण गर्नेहरू मामा र भान्जाबीचको विवादका कारण भएको बताइएको छ ।
फरार व्यक्तिहरूको खोजी भइरहेको छ । घटना शुक्रबार दिउँसो २ बजेतिरको हो ।
छुरा आक्रमणबाट हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको पीडितले दाबी गरेका छन् ।