• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?


  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
  • गण्डकी, १० जेठ । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ । पोखरा उपत्यका नगर विकास समितिले बसपार्कका लागि सुरुमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । समयमा बसपार्क नबन्दा उक्त जग्गा अतिक्रमणमा परेर अहिले झण्डै ६० रोपनीमा मात्र सीमित भएको छ ।

    Advertisement

    बचेखुचेको जग्गामा पनि व्यवस्थित ढङ्गले बसपार्क सञ्चालन हुन सकेको छैन । जग्गा अतिक्रमण गरी बनाइएका घरटहराले बसपार्क क्षेत्र ढाकिएको छ । फोहोरको दुर्गन्ध र बिजुलीका जीर्ण पोल त्यसमा लत्रिएका तार अनि धुलाम्मे सडक । पानी जमेका खाल्डाखुल्डी । न व्यवस्थित टिकट काउण्टर न बस राख्ने ट्रयाक । अस्तव्यस्त पार्किङ । पोखरा बसपार्कको अवस्था झल्काउने दृश्य हुन् यी । जीर्ण र अव्यवस्थित बसपार्कले पर्यटकीय राजधानी पोखरालाई गिज्याइरहेको भान मिल्छ ।

    पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको बसपार्कको जग्गा अतिक्रमण हटाएर सुविधासम्पन्न बसपार्क बनाउन पटकपटक गरिएको प्रयास सफल हुन सकेको छैन । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा स्थानीयवासी, पुरानो विमानस्थल बनाउँदा सारिएका र सुकुम्बासी परिवारको बसोबास छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गा पटकपटक अतिक्रमणमा पर्दै आएको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो ।

    उहाँका अनुसार बसपार्क क्षेत्रमा बसोबास गरिरहेका ५७५ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारले वडामा विवरण बुझाएका छन् । महानगरपालिकाले यसअघि वितरण गरिएको निस्साको प्रतिलिपि, घरमुली र परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, घरमुली र परिवारका अन्य सदस्यको नाता प्रमाणित वा घरमुली आफैले नाता खुलाएको स्वःघोषणापत्र बुझाउन केही दिनअघि सार्वजनिक सूचना गरेको थियो ।

    पोखरा बसपार्कभित्र बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको टोल सहजीकरण समितिका संयोजक असिम तामाङले बसपार्कको जग्गा खाली गराउनुपूर्व सुकुम्बासीहरुको उचित व्यवस्थापन हुनुपर्ने बताउनुभयो । “महानगरप्रमुखज्यूसँग हाम्रो दुईपटक छलफल भयो, उहाँले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको छानबिन गरी वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गरेर मात्र बसपार्क निर्माणको प्रकृया अगाडि बढाइने आश्वासन दिनुभएको छ”, संयोजक तामाङलले भन्नुभयो ।

    बसपार्क निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न आफू तयार रहेको उहाँको भनाइ छ । पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले सुरुमा अधिग्रहण गरिएको २०५ रोपनीमध्ये पृथ्वी राजमार्गको निर्माणपछि कायम भएको १८७ रोपनी जग्गामै बसपार्क बनाउनुपर्ने बताउनुभयो । “बसपार्क क्षेत्रको सबै जग्गामा बसपार्क बनाउनुपर्छ, कसैलाई त्यही राख्ने, कसैलाई हटाउने गर्नुहुँदैन”, उहाँले भन्नुभयो, “बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन राज्यले गर्नुपर्छ ।”

    आफू समितिको नेतृत्वमा छँदा विसं २०६४ मै आधुनिक बसपार्क निर्माणको योजना अगाडि बढाए पनि विविध कारणले बसपार्क बन्न नसकेको उहाँको भनाइ छ । पर्यटनका माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय जगतमा चिनाएको पोखरामा स्तरीय बसपार्क बन्न नसकेमा स्थानीय यातायात र पर्यटन व्यवसायीको दुःखेसो छ । यातायात व्यवसायी योगेन्द्र केसीका अनुसार पोखरा बसपार्क भएर दैनिक झण्डै ३०० सवारी देशका विभिन्न गन्तव्यमा गुड्छन् । गण्डकी प्रदेशको राजधानी पोखरासँग ६३ जिल्ला यातायात सञ्जाल जोडिएको छ ।

    बसपार्कमा ढलान, पार्किङ ट्रयाक, यात्रु विश्राम कक्ष निर्माण, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो छ । यातायात व्यवसायीले पोखरा महानगरपालिका र प्रदेश सरकारसमक्ष पटकपटक बसपार्क स्तरोन्नतिको माग गर्दै आएका छन् । बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउण्टर पनि बाहिरी सडकमा छन् । अहिलेसम्म बसपार्कलाई चाहिने कुनै पनि पूर्वाधार बन्न सकेको छैन । तीव्र सहरीकरण र सवारीसाधनको चापलाई दृष्गिगत गरेर पोखरामा आधुनिक सुविधायुक्त बसपार्क बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।

    बसपार्क नबन्दा ट्राफिक व्यवस्थापन पनि चुनौती थपिएको छ । जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने÷ओराल्ने गर्दा पृथ्वीचोक क्षेत्र अस्तव्यस्त देखिन्छ । कति जग्गा घडेरीका रुपमा बिक्री भयो, कति अतिक्रमणमा प¥यो भन्ने एकिन तथ्याङ्क कुनै निकायसँग छैन । पोखरा महानगरपालिका र नगर विकास समितिले बसपार्क निर्माणको प्रकृयालाई अगाडि बढाउन अतिक्रमित जग्गा खाली गराउन पहल अगाडि बढाएका छन् ।

    महानगरले गत वैशाखमा ४ गते सार्वजनिक सूचनामार्फत बसपाकभित्रका अतिक्रमित संरचना हटाउन निर्देशन दिएको थियो । ३५ दिने उक्त सूचनाको अवधि शनिबार सकिएपछि पोखरा उपत्यका नगर विकास समितिले शनिबार अर्को सूचना जारी गरेको छ । समितिले पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

    पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रकृयामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरिएको हो । तोकिएको मितिभित्र संरचना नहटाएमा समिति आफैले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने सूचनामा उल्लेख छ ।

    समितिले बसपार्क क्षेत्रभित्र लालपूर्जा भएका जग्गाधनीलाई सात दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चाल आवको सम्पत्ति÷भूमिकर तिरेको रसिद र जग्गासम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशनसमेत दिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसपार्कको अतिक्रमित जग्गा खाली गराई बसपार्क निर्माणको प्रकृयालाई अगाडि बढाइने बताउनुभयो ।

    “भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बस्नुभएको छ, उहाँहरुको वास्तविक अवस्था छानबिन गर्दैछौँ, सुकुम्बासीलाई उचित व्यवस्थापन गछौँ”, उहाँले भन्नुभयो, “बसपार्क बन्नुपर्छ भन्नेमा सर्वपक्षीय र सर्वदलीय सहमति छ, बसपार्कको गुरुयोजना पनि बनिसकेको छ, अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाउँछौँ ।”

    प्रमुख आचार्यले राजनीतिक दल, नागरिक समाज, यसबीचमा भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी, व्यवसायीलगायतसँग जग्गा अतिक्रमण हटाएर बसपार्क बनाउने विषयमा छलफल गर्नुभएको छ । महानगरपालिकाले पोखराको मध्यभाग भएर बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा पनि आइतबारदेखि खाली गराउन सुरु गरेको छ । पोखरा–१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं. ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाइने भएको हो ।

    यसअघि गत वैशाख ४ गते सार्वजनिक सूचनामार्फत ३५ दिनभित्र फिर्केखोला खोलाघरभित्रका संरचना हटाउन महानगरले सार्वजनिक रूपमा सूचित गरेको थियो । उक्त सूचनाका आधारमा केही व्यक्ति तथा संस्थाले अतिक्रमित संरचना आफैँ हटाएका छन् । पिर्केखोलाको खोलाघर क्षेत्रलाई आकर्षक गन्तव्यस्थल बनाउने महानगरको योजना छ ।

    आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.