• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ


  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
  • म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो ।

    Advertisement

    समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको हो । करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुदायका छन् ।

    अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले सयौँ वर्षअघि स्थानीय सीपको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरु भएको लेकगाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै ‘मगर म्युजियम’ भनिएको बताउनुभयो ।

    “पुर्खाहरुले स्थानीय सीप र सामग्रीको प्रयोग गरेर बनाएका मौलिक ढुङ्गेघरहरु मात्र नभएर अर्मपर्म गरेर खेतीबाली लगाउने, घुम्ती गोठमा पशुपालन गर्ने, पुख्र्यौली नाच्ने, भूमे पूजा गर्ने पुरानो चलनले निरन्तरता पाएको छ,” उहाँले भन्नुभयो, “मगर समुदायको संस्कार, संस्कृति, कला र सीपको अध्ययन स्थलका रुपमा लेकगाउँलाई विकास गर्ने प्रयासमा छौँ ।”

    संस्कृतिसँगै लेकगाउँ प्राकृतिक रुपमा सुन्दर र रमणीय छ । लेकगाउँको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी र बराह शिखर हिमाल छन् । अन्नपूर्ण हिमालबाट हिउँपहिरो खसेको दृश्य नजिकबाट नियाल्न सकिन्छ । लेकगाउँको नजिकै समथर स्वाँराफाँट छ ।

    स्वाँराफाँटमा स्थानीयवासीले खाद्यबाली खेती गर्छन् । हिउँदमा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्छन् ।

    वनस्पतिविद् कमल मादेनको नेतृत्वमा केही वर्षअघि आएको टोलीले स्वाँराफाँट धेरै प्रजातिका चराहरुको बासस्थान र नजिकैको जङ्गलमा प्रशस्त जडीबुटी पाइने प्रतिवेदन सार्वजनिक गरेको थियो । खोप्रा लेकको फेदीमा रहेको लेकगाउँ हुदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ ।

    घोडेपानी, बयली, खोप्रा हुँदै नारच्याङ जोड्ने पदमार्ग रहेको छ । प्रचारप्रसारको अभावमा पर्यटकहरुको आगमन हुन नसकेको वडा सदस्य पुर्जाले बताउनुभयो । पर्यटकको सुविधाका लागि लेकगाउँमा रेष्टुरेष्ट र घरबास छन् । पर्यटकले चाहनाअनुसार होटल र घरबासमा बस्न सक्छन् । घुम्तीगोठमा पालिएका गाईभैँसी र भेडाबाख्रा अवलोकन गर्न पाइन्छ । लेकगाउँमा मगर संस्कार र जीवनशैलीको नजिकबाट अवलोकन गर्न पाइने गुल्मीबाट आउनुभएका होमनाथ पाण्डेले बताउनुभयो ।

    बेनी–जोमसोम सडकमा पर्ने भुरुङ्ग तातोपानी हुँदै लेकगाउँ जाने क्रममा नारच्याङ बेँसीमा रहेको नारच्याङ झरना अवलोकन गर्न सकिन्छ । भुरुङ्ग तातोपानीदेखि दुई घण्टा पैदलयात्रा र एक घण्टा गाडीको यात्रा गरेपछि लेकगाउँ पु्गिन्छ । लेकगाउँबाट नारच्याङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाहरुको अवलोकन गर्न सकिन्छ ।

    अन्नपूर्ण गाउँपालिका–४ का वडाअध्यक्ष लोकबहादुर फगामीले लेकगाउँ हुँदै खोप्रा र अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्ने बासबोटलाई पदमार्गले जोडिएको बताउनुभयो । पूर्वाधार निर्माणसँगै लेकगाउँको संस्कृति र प्राकृतिक सौन्दर्यको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने, विदेशिएका र बजार गएकाहरुलाई गाउँ फर्काउने प्रयासमा रहेको उहाँले बताउनुभयो ।

    आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा
    अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • २.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ३.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ४.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ५.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ६.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • ७.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    • ८.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.