काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको ग्रीन कार्ड प्रक्रियामा नयाँ कडाइ लागू गरेपछि हजारौं आप्रवासी प्रभावित हुने भएका छन् ।
Advertisement
नयाँ नीतिअनुसार अमेरिकाभित्रैबाट कानुनी स्थिति परिवर्तन गर्ने सुविधा सीमित गरिएकाले धेरै आवेदकले अमेरिका छाडेर आफ्नै देश वा तेस्रो देशस्थित अमेरिकी दूतावासमार्फत पुनः आवेदन दिनुपर्ने अवस्था आउन सक्छ ।
सीएनएनका अनुसार यसले विद्यार्थी, कामदार, पेशेवर तथा उनीहरूका परिवारलाई अन्योलमा पारेको छ । रोजगारदाता र उद्योग क्षेत्रले पनि उच्च दक्ष जनशक्तिमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
ट्रम्प प्रशासनले भने आप्रवासन प्रणालीलाई कडा र व्यवस्थित बनाउन तथा राष्ट्रिय सुरक्षा मजबुत गर्न नयाँ नीति ल्याइएको जनाएको छ । अधिकार समूहहरूले भने नीतिविरुद्ध अदालत जाने संकेत दिएका छन् ।