• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

श्रमजीवी पत्रकारमाथि सरकारी विभेदविरुद्ध महासंघको दबाब अभियान


  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
  • काठमाडौं, जेठ ६ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको पक्षमा सरकारले सकारात्मक पहल गर्नुपर्ने माग गर्दै सरकारी सूचना तथा विज्ञापन वितरणमा गरिएको खर्च कटौती र राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र प्राथमिकता दिने नीतिविरुद्ध थप दबाबमूलक आन्दोलन घोषणा गरेको छ ।

    Advertisement

    महासंघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष असर पर्ने गरी सूचना प्रवाहमा नियन्त्रण गर्न खोजिएको, श्रमजीवी पत्रकारको रोजगारी र सञ्चारमाध्यमको अस्तित्वमाथि संकट सिर्जना भएको उल्लेख गरेको छ । महासंघले विभेदकारी निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

    महासंघका अनुसार जेठ ७ गतेदेखि एक सातासम्म देशभरका तीनै तहका संरचनामार्फत हस्ताक्षर संकलन अभियान सञ्चालन गरिनेछ। यस अभियानमार्फत पत्रकार, सञ्चारकर्मी तथा नागरिक समाजलाई समेत सहभागी गराइने बताइएको छ।

    त्यसैगरी, जेठ ११ गते सोमबार महासंघको केन्द्रीय समितिले संघीय संसदका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा संसदका विषयगत समितिका सभापतिहरूलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ। प्रदेश र शाखा समितिहरूले पनि इमेल तथा हुलाकमार्फत सम्बन्धित निकायमा ज्ञापनपत्र पठाउने जनाइएको छ।

    महासंघले जेठ १४ गते बिहीबार देशभरका पत्रपत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइन सञ्चारमाध्यममा सरकारी कदमको विरोधस्वरूप सम्पादकीय, समाचार वा उपयुक्त स्थानमा कालो पट्टी राख्ने कार्यक्रम घोषणा गरेको छ। सोही दिन सञ्चारमाध्यमहरूले पनि कालो संकेतमार्फत विरोध जनाउने तयारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

    महासंघले एक साते दबाब अभियानबाट पनि माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम ल्याइने चेतावनी दिएको छ। यसअघि महासंघले पूर्वअध्यक्ष, राष्ट्रिय दैनिक, साप्ताहिक तथा अनलाइन सञ्चारमाध्यमका सम्पादक र विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरेर आन्दोलनलाई थप प्रभावकारी बनाउने प्रयास गरिसकेको जनाएको छ।

    महासंघले यसअघि नै सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको, पत्रकार सम्मेलनमार्फत आफ्‌ना धारणा सार्वजनिक गरिसकेको तथा सामाजिक सञ्जालमार्फत विरोध अभियान सञ्चालन गरिरहेको जानकारी दिएको छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग समेत महासंघले संवाद र लबिङ गरिरहेको उल्लेख गरिएको छ।

    महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चार क्षेत्रमाथि हुने विभेदकारी नीति लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको उल्लेख गरिएको छ।

    बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.