• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सरकारले निजी क्षेत्र र दलाल पुँजीलाई प्राथमिकता दिएको छ : विश्वकर्मा

"राष्ट्रिय सभामा सांसद तुलप्रसाद विश्वकर्माद्वारा सरकारको कडा आलोचना "

  •   सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सिंहदरबारस्थित संघीय संसद् भवनमा सोमबार बसेको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले सरकारको बजेट नीति र प्राथमिकतामाथि कडा आलोचना गर्नुभएको छ ।
    विश्वकर्माले सरकारले बजेटमा सुशासनलाई प्राथमिकता दिएको भए पनि आर्थिक विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय आय वृद्धि जस्ता मूलभूत विषयलाई पर्याप्त महत्व नदिएको बताउनुभयो । सुशासन आवश्यक भए पनि त्यसको मुख्य उद्देश्य आर्थिक विकासबाट प्राप्त उपलब्धि सीमित व्यक्तिको कब्जामा पर्न नदिनु हुनुपर्ने उहाँको धारणा थियो ।

    Advertisement

    विश्वकर्माले अर्थतन्त्रको पुनर्संरचनाको नाममा सरकारले निजी क्षेत्र र दलाल पुँजीलाई प्राथमिकता दिएको आरोप लगाउनुभयो । नेपालको अर्थतन्त्र निजी, सार्वजनिक र सहकारी गरी तीन खम्बामा आधारित भए पनि बजेटका सिद्धान्त र प्राथमिकतामा सहकारी क्षेत्रलाई बेवास्ता गरिएको उहाँले बताउनुभयो । साथै सार्वजनिक लगानीमा समेत पर्याप्त ध्यान नदिइएको विश्वकर्माको भनाइ थियो ।

    सांसद विश्कर्माले भौतिक पूर्वाधार विकासलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिँदै गाउँ–शहर सम्बन्धलाई सुदृढ बनाउन उत्पादनमुखी यातायात र ढुवानी प्रणाली आवश्यक रहेको उल्लेख गर्नुभयो । यात्रु ओसारपसारमा मात्र सीमित पूर्वाधारले राज्यको समग्र विकासमा योगदान नपुग्ने उहाँको तर्क थियो ।

    सफ्‌ट पावरको विकाससम्बन्धी सरकारी नीतिमाथि टिप्पणी गर्दै विश्वकर्माले नेपाल विदेशी सांस्कृतिक प्रभावबाट प्रभावित भइरहेको बताउनुभयो । लुम्बिनी, सगरमाथा र हिमालय नेपालको मौलिक पहिचान भए पनि विदेशी संस्कृति, एनजीओ–आईएनजीओको प्रभाव तथा “छाडा संस्कृतिले” नेपाली मौलिकता कमजोर बनाइरहेको उहाँको भनाइ थियो ।

    प्रदेश संरचनामाथि प्रश्न उठाउँदै उहाँले सेवा सहजीकरणको काम प्रदेशमार्फत गर्दा झन्झटिलो र बोझिलो भएको दाबी गर्नुभयो । सेवा प्रवाहको जिम्मेवारी स्थानीय तहलाई नै दिनुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

    त्यस्तै उहाँले शिक्षा र स्वास्थ्य पूर्णरूपमा निःशुल्क हुनुपर्ने तथा यी क्षेत्रको व्यापारीकरण अन्त्य गर्नुपर्ने माग गर्नुभयो । आयात प्रतिस्थापनको सरकारी नीतिलाई प्रभावकारी बनाउन राष्ट्रिय उत्पादनमा विशेष जोड दिनुपर्ने भन्दै बजेट सेवा क्षेत्रभन्दा उत्पादनमुखी हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

    सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.