खरबाङ (बागलुङ) । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को बागलुङको भेला २०८३ जेठ २ गते खरबाङमा सम्पन्न भएको छ ।
Advertisement
महासचिव धनपति सापकोटाको उपस्थिति तथा राष्ट्रिय जनमोर्चा बागलुङका नेता थानेश्वर सुवेदीको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले पदम रायमाझी अध्यक्ष रहनुभएको नौ सदस्यीय बागलुङ जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष नरबहादुर पुन, सचिवमा सुवास नेपाली, सहसचिवमा टेकबहादुर थापा र कोषाध्यक्ष हरिबहादुर जिसी तथा सदस्यमा डिलबहादुर हरिजन, मनबहादुर दर्जी, बालचन्द्र छन्त्याल र बमबहदुर क्षेत्री रहनुभएको छ ।