• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

जनता सचेत नभए देश युद्धमा फस्न सक्छ : मनोज भट्ट


  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
  • तौलिहवा । राष्ट्रिय जनमोर्चा जिल्ला समिति कपिलवस्तुको आयोजनामा तत्कालीक राजनीतिक परिस्थितिबारे एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    जिल्लाको गोरुसिङ्गेमा आयोजित कार्यक्रममा पार्टीका महासचिव मनोज भट्टको प्रमुख आतिथ्यता रहेको थियो । भट्टले सो अवसरमा मन्तव्य राख्दै, नेपाली जनता सचेत नभए देश युद्धमा फस्न सक्ने बताउनु भयो । उहाँले अगाडि भन्नुभयो, ‘साम्राज्यवादी शक्तिहरूले आफ्‌नो निहित स्वार्थका लागि नेपाललाई युद्धमा धकेल्ने कोशिसमा रहेका छन् ।’

    भट्टले नेपालमा अमेरिकी चलखेल बढ्दै गएको, अमेरिकी सेना र नेपाली सेना बीच ‘पार्टनरसिप प्रोग्राम’का नाममा अमेरिकी सेनाको प्रवेश भइरहेको तथा दलाई लामा र टीओबी समूह नेपालमा सक्रिय भएको उल्लेख गर्दै तिब्बतलाई टुर्क्याउने अमेरिकाको लक्ष्यअनुसार वर्तमान सरकारले काम गरिरहेको आरोप लगाउनुभयो । यसले देशमा संकट बढ्दै गएको उहाँको भनाइ थियो ।

    गणतन्त्रवादी तथा संविधान पक्षधर शक्तिहरू एक नभए प्रतिगमन हुन सक्छ : ढुंगाना

    प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै पार्टीका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले आफूहरूको राष्ट्रियता र गणतन्त्रको रक्षा तथा संघीयता खारेजको मुद्धा कायम रहेको बताउनुभयो ।

    ढुंगानाले गणतन्त्र र २०७२ सालको संविधानको रक्षा गर्न गणतन्त्रवादी तथा संविधान पक्षधर शक्तिहरू एक नभए प्रतिगमन हुन सक्ने दाबी गर्नुभयो । साथै उहाँले वर्तमान राजनीतिक परिस्थिति, जेएनजी आन्दोलन, कार्की आयोग, सरकारका अध्यादेश तथा निरंकुश कदमबारे पनि प्रकाश पार्नुभएको थियो।

    कार्यक्रममा उठेका प्रश्नहरूमा महासचिव मनोज भट्ट र केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले प्रष्ट्याउनु भएको थियो ।

    जिल्लाको समग्र राजनीतिक अवस्था, निर्वाचन तथा मत परिणामबारे नेपाल कम्युनिष्ट पार्टी (मसाल) का जिल्ला प्रवक्ता माधव भाट क्षेत्रीले जानकारी दिनुभएको थियो।

    कार्यक्रममा राजमो तथा विभिन्न जनवर्गीय संगठनका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम रामप्रसाद बेल्बासेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य ऋषिराम शर्माले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन केर सिंह अदैले गर्नुभएको थियो ।

    शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.