• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मार्चपास, रक्तदान र सांस्कृतिक कार्यक्रमसहित मनाइयो बैसट्ठिऔँ विद्यार्थी दिवस


  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले मार्चपास, रक्तदान र सांस्कृतिक कार्यक्रमसहित बैसट्ठिऔँ विद्यार्थी दिवस मनाएका छन् ।

    Advertisement

    २०८३ जेठ १ गते शुक्रबार त्रिचन्द्रबाट मार्चपाससँगै सुरु भएको सो कार्यक्रम आरआर क्याम्पसमा पुगेर रक्तदान, सांस्कृतिक कार्यक्रम र सभासँगै सम्पन्न भएको हो ।

    कार्यक्रमको प्रारम्भ त्रिचन्द्र क्याम्पसबाट सुरु भएको थियो । गगनभेदी नारा घन्काउँदै निस्केको जुलुस प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा पुगेर सभामा परिणत भएको थियो ।

    कार्यक्रमको सञ्चालन गर्नुभएका अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले २०२० सालदेखि सुरु भएको विद्यार्थी आन्दोलनले २०२१ जेठ १ गते स्वतन्त्र विद्यार्थी युनियन गठनमा सफलता मिलेसँगै विद्यार्थी दिवस मनाउन थालिएको जानकारी गराउनुभयो ।

    उहाँले त्रिचन्द्र क्याम्पसबाट मौन जुलुस निकालिएको स्मरणस्वरूप अहिले सोही स्थानबाट कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पार्नुभयो ।

    सरकारले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने कदमका विरुद्ध यसपटकको विद्यार्थी दिवस ‘प्रतिबन्ध विरुद्ध प्रतिरोध’ को रूपमा मनाइएको पनि उहाँले किटान गर्नुभयो ।

    अनेरास्ववियुका अध्यक्ष दीपक धामीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा मन्तव्य राख्दै वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष हिमांशुले सरकारद्वारा विश्वविद्यालयमा प्रहरी पठाउने घोषणा इतिहासमै पहिलोपटक भएको बताउनुभयो ।

    उहाँले वर्तमान सरकारमाथि देशको परिवर्तनमा विद्यार्थी आन्दोलनले खलेको भूमिका र मर्म बुझ्न नसक्ने आरोप लगाउनुभयो ।

    त्यस्तै अखिल (क्रान्तिकारी) का अध्यक्ष महेश श्रेष्ठले आफूलाई टिकाउने लाखौँ प्रयत्नका बाबजुद पनि गतकालमा प्रतिक्रियावादी राणाशासन, पञ्चायत र राजतन्त्र फालिएको स्पष्ट पार्नुभयो ।

    उहाँले बहालवाला बालेन्द्र सरकारले पनि विद्यार्थी सङ्गठन खारेज गर्ने निरङ्कुशतातर्फ लागे आफूहरू निर्णायक आन्दोलनका लागि तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष वीरेन्द्र साहले विद्यार्थी सङ्गठनका विरुद्ध सरकारको फरमान वा आदेशलाई विद्यार्थी सङ्गठनले अस्वीकार गरेको बताउनुभयो ।

    मालपानीको दानापानी खाएर सुकुम्बासीको हत्या गर्ने सरकारको सुशासन आफूहरूले देखिसकेको धारणा उहाँको थियो ।

    त्यस्तै अखिल (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र सीले गरिबी, भ्रष्टाचार, अशिक्षा, कुरीतिजस्ता बेथिती रहेसम्म विद्यार्थी आन्दोलन यथावत् रहने स्पष्ट पार्दै सरकारले चाहेर पनि खारेज नहुने बताउनुभयो ।

    उहाँले कक्षा १ मा १२ लाख विद्यार्थी भर्ना हुँदा एसइईमा पुग्दा तीन लाख मात्रै कायम रहने शैक्षिक बेथिती समाप्त नहुँदासम्म विद्यार्थी आन्दोलन लगातार क्रियाशील रहने बताउनुभयो ।

    एवम् प्रकारले अखिल (क्रान्तिकारी) का अध्यक्ष महेश श्रेष्ठले विद्यार्थी आन्दोलन अहिले एकाएक आएको नभएर जेनजी आन्दोलनकै दिन पनि यो आन्दोलन घोषणा गरिएको स्मरण गर्नुभयो ।

    विद्यार्थी आन्दोलन उद्दण्ड नरहेको स्पष्ट पार्दै उहाँले कहिल्यै पनि आफूहरूले सिंहदरबार जलाउने वा ड्युटीका विद्यार्थीको हत्या गर्नेजस्ता क्रियाकलाप नगरेको बताउनुभयो ।

    अखिल (क्रान्तिकारी) का अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले शिक्षा क्षेत्रको विकृति, विसङ्गतिका विरुद्ध विद्यार्थी सङ्गठन क्रियाशील रहेको बताउँदै उनीहरूलाई प्रतिबन्ध लगाउनु गलत रहेको बताउनुभयो ।

    उहाँले निगुरो बेचेर प्रेसरको औषधी खाने वृद्ध महिलाका विरुद्ध नेपाली सेनाले कारबाही गरेकोमा भत्सर्ना गर्दै सेनालाई कालापानी–लिपुलेकको रक्षार्थ पठाइनुपर्ने माग गर्नुभयो ।

    जनप्रिय विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बुढाथोकीको स्वागत मन्तव्यसँगै अघि बढेको उक्त कार्यक्रमको पूर्वाद्र्धमा सहिदको सम्मानमा एक मिनट मौनधारण तथा राष्ट्रियगान वाचन गरिएको थियो ।

    सभाकै क्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रमले गीत तथा स्वर्णिम थापाले नृत्य, लक्ष्मी न्यौपानेले नृत्य, रक्तिमकै प्रतिभा शर्माले नृत्य, सामना सांस्कृतिक परिवारका आरोह नेपालीले गीत, गायक रामप्रसाद अवस्थीले गीत, गायिका केशरी घर्तीमगरले गीत, छायाकिरणले कविता, सुप्रिया नेपालीले नृत्य र राजा राजेन्द्रले स्ट्यान्डअफ कमेडी प्रस्तुत गर्नुभएको थियो ।

    आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्काले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रममा सञ्चालक जिसीले सभा चलिरहेकै बेला रक्तदान गर्ने दर्जनभन्दा बढी विद्यार्थीहरूको नामावली पढेर सुनाउनुभएको थियो ।

        

    शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.