कास्की–पोखरा । राष्ट्रिय जनमोर्चा जिल्ला समिति कास्कीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वैशाख ३० गते सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
विभिन्न राजनीतिक दल तथा बुद्धिजीवीहरूको सहभागिता रहेको सो अन्तरक्रिया कार्यक्रमको सञ्चालन रबि मोहन ढकालले गरेका गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाई गणेश अधिकारीले स्वागत गर्नुभएको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारी, नेपाली काँग्रेस गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्रकी सदस्य साबित्रा दुरा “आस्था”, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केशबहादुर परियार तथा जिल्ला नेता विक्रम थापा सहभागीको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता श्रीनाथ बराल र झलक तिवारी, नेकपा एमालेका नेता तथा पूर्व जिल्ला सभापति पुण्यप्रसाद पौडेल, प्रलोपा जिल्ला अध्यक्ष काजी गुरुङको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा बुद्धिजीवीका तर्फबाट पूर्व प्राध्यापक रघुनाथ अधिकारीले पनि अतिथिका रूपमा मन्तव्य राख्नुभएको थियो ।