काठमाडौँ । राष्ट्रियसभामा नीति तथा कार्यक्रमको विपक्षमा राष्ट्रिय जनमोर्चा उभिएको छ ।
२०८३ वैशाख ३१ गते शुक्रबार राजमो सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) नीति तथा कार्यक्रमको विपक्षमा उभिनुभएको हो ।
यस सन्दर्भमा सांसद विश्वकर्माले युगदर्शनसित भन्नुभयो– ‘सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मैले मात्रै विपक्षमा हात उठाएँ ।’
मतदान हुँदा नेपाली कङ्ग्रेस र नेपाली कम्युनिस्ट पार्टीका सांसदले पक्षमा मतदान गरेका थिए भने नेकपा (एमाले) ले संशोधन फिर्ता नलिईकनै अन्तमा मतदानमा भाग नलिने बताएको थियो ।
सांसद विश्वकर्माले आफूले पार्टीको निर्देशनअनुसार एक्लै नीति तथा कार्यक्रमको विपक्षमा उभिएको स्पष्ट पार्नुभयो ।
‘सङ्ख्या ठुलो कुरा होइन, विचारको कुरा हो’ उहाँले भन्नुभयो– हाम्रो पार्टी गलत विचारका विरुद्ध सधैँ एक्लै भए पनि उभिने गरेको छ । आज राष्ट्रियसभामा विपक्षमा उभिनेमा म एक्लै भएँ ।’
उहाँले आफ्नो र राजमोको लागि यस खालका घटना नयाँ नभएको पनि बताउनुभयो ।