• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मौरी पकेट कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन्न


  •   बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
  • टेकराज भुसाल, सन्धिखर्क ।

    Advertisement

    अर्घाखाँची जिल्लाको ढाकाबाङमा कार्यक्षेत्र रहेको प्रगति कृषि सहकारी संस्थाले मौरी पकेट निरन्तर कार्यक्रमअन्तर्गत वितरण गरिएको मौरी घार तथा सम्बन्धित सामग्रीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

    २०८३ वैशाख ३० गते कार्यक्रममा सहकारीमार्फत कृषकलाई वितरण गरिएको सामग्री तथा खर्च विवरण सार्वजनिक गरिएको थियो ।

    भूमिकास्थान नगरपालिकाको दुई लाख ९९ हजार तीन सय ६० रुपैयाँ अनुदान तथा सहकारीको दुई लाख ८९ हजार तीन सय ६० रुपैयाँ लगानी गरी कुल पाँच लाख ८८ हजार सात सय २० रुपैयाँ बराबरका सामग्री वितरण गरिएको जानकारी दिइयो ।

    कार्यक्रमअन्तर्गत चार फ्रेमसहितका ४७ गोला रानुसहितका मौरी घार, सुपरसहितका १५ थान मौरी घार, ५० थान रानु ढोका, १०० थान मह प्याकिङ बट्टालगायतका आवश्यक सामग्री कृषकलाई वितरण गरिएको सहकारीले जनाएको छ ।

    कार्यक्रममा बोल्दै भूमिकास्थानका मेयर झबिलाल थापाले कृषिलाई उत्पादनसँग मात्र नभई व्यवसाय र रोजगारीसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

    उहाँले ढाकाबाङ क्षेत्र मौरीपालनका लागि उपयुक्त स्थान भएकाले यहाँका कृषकले व्यावसायिक रूपमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

    नगरपालिकाले कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न अनुदानमुखी कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले अनुदानको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।

    त्यसैगरी, कृषि शाखा प्रमुख प्राविधिक युवराज आचार्यले केही कृषकले अनुदानका सामग्री लिए पनि निरन्तरता नदिने प्रवृत्ति देखिएको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।

    उहाँले मौरीपालनलाई केवल अनुदान प्राप्त गर्ने माध्यमका रूपमा होइन, व्यावसायिक सोचका साथ अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘मौरी घार वितरण गरेर मात्रै उपलब्धि हुँदैन, त्यसको संरक्षण, व्यवस्थापन र उत्पादन वृद्धि भए मात्र कार्यक्रम सफल मानिन्छ’ उहाँले उल्लेख गर्नुभयो ।

    उहाँले सहकारी र कृषक दुवैले जिम्मेवार भएर कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

    सहकारीका अध्यक्ष भुवानन्द भुसालले सहकारीले कृषकको आर्थिक स्तर उकास्न विभिन्न कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

    उहाँले मौरी पकेट कार्यक्रमले कृषकलाई व्यावसायिक मौरीपालनतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, स्थानीय कृषक, सहकारीका सेयर सदस्य, तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

    बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.