• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

गणतन्त्र स्थापनापछिको सबैभन्दा कमजोर र दिशाविहीन दस्तावेज : सांसद विश्वकर्मा


  •   बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दै भन्नुभएको छ– ‘यो गणतन्त्र स्थापना भएपछिकै सबैभन्दा कमजोर र दिशाविहीन दस्तावेज हो ।

    Advertisement

    २०८३ वैशाख ३० गते राष्ट्रियसभा अधिवेशनमा पार्टीको तर्फबाट धारणा राख्दै सांसद विश्वकर्माले सो टिप्पणी गर्नुभएको हो ।

    सात बुँदामा लिखित मन्तव्य प्रस्तुत गर्दै उहाँले करिब दुईतिहाइ बहुमतको सरकारसित कुनै दृष्टिकोण नभएको बताउनुभयो ।

    मन्तव्यमा उहाँले गत भदौ २३ र २४ गतेका घटनालाई समकक्षमा राखेकोमा विरोध गर्नुभयो छ भने आधुनिक कानुन निर्माणविना भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता सम्भव नहुने पनि बताउनुभयो ।

    सांसद विश्वकर्माले आफ्नो मन्तव्यमा सरकारले सुशासन, रोजगारी, टे«ड युनियन अधिकार र विदेशस्थित नेपालीको मताधिकारको बारेमा पनि विषय उठान गर्नुभएको छ ।

    यस्तो छ, मन्तव्यको पूर्ण पाठ :

    सम्माननीय अध्यक्षज्यू,

    १. करिब करिब दुईतिहाइ बहुमतको सरकार तर वार्षिक नीति र कार्यक्रम दिशाविहीन । सम्भवत: गणतन्त्र स्थापना भएपश्चात् गठन भएका सरकारमध्ये सबैभन्दा कमजोर र दिशाविहीन वार्षिक नीति र कार्यक्रम यही शक्तिशाली सरकारकै देखियो । यसलाई भन्दछन्, हात्ती आयो हात्ती आयो फुस्सा ।

    २. सरकारको नीति र कार्यक्रमले भदौ २३ गतेको जेनजी आन्दोलन र भदौ २४ गतेको ध्वंस, आगलागी, तोडफोड, लुटपाट र हत्याजन्य कार्यलाई नागरिक सर्वोच्चता, स्वतन्त्रता, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि भएको हो भनेर भनेको छ । भदौ २४ गतेको ध्वंस आगलागी, तोडफोड, लुटपाट र हत्याजस्तो आपराधिक कार्यलाई आदर्शीकरण गरेर सरकारले भदौ २३ गतेको जेनजी आन्दोलनको अपमान गरेको छ । भदौ २३ गते र २४ गते एउटै होइनन् । त्यसलाई एउटै बनाउने सरकारी नीतिले भदौ २४ गतेको आपराधिक कार्यमा संलग्न अपराधीलाई उन्मुक्ति दिन खोजिएको छ ।

    ३. सरकारले कुरा गरिरहेको छ सुशासनको, सुशासनको नारा भजाएर चुनावमा बहुमत पनि ल्यायो । हाम्रो दलले पनि भ्रष्टाचारमुक्त शासन र भ्रष्टाचारमा शून्य सहनशीलतामा जोड दिन्छ । सरकारले प्रस्तुत गरेको वार्षिक नीति र कार्यक्रमले सुशासनको कुरा उठाएको छ तर सुशासनका लागि मुख्य बाधकको रूपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि सरकारको नीति र कार्यक्रम के हो ? प्रधानमन्त्रीको मातहतमा रहेको राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण केन्द्र बनाएर मात्र मुलुकमा सुशासन कायम हुन्छ र ? भ्रष्टाचार बहुआयामिक प्रकारको भएको स्थितिमा सबैभन्दा पहिला पुरानो खालको टेबलमुनिबाट रिस्वत लिने जमानाको भ्रष्टाचार विरुद्धको ऐनलाई परिमार्जन गरेर अन्तर्राष्ट्रिय मापदण्डको बनाउनुपर्ने आवश्यकता छ तर त्यसबारे सरकारको नीति र कार्यक्रम मौन छ । किन ? भ्रष्टाचारसम्बन्धी विद्यमान कानुनको संशोधन नगरी वा यसै कानुनलाई कायम राखेर सुशासनको आकाङ्क्षा पूरा होला र ?

    ४. सरकारको नीति र कार्यक्रममा न त सुशासनको कुनै स्पष्ट मार्गचित्र छ, न त रोजगारी सृजना गर्नेबारे कुनै ठोस नीति र कार्यक्रम छ । त्यसरी सरकारको नीति र कार्यक्रम न त काग न त बकुल्लाको स्थितिमा छ । रोजगारी मुलुकमा सृजना गर्ने कुनै नीति र कार्यक्रम सरकारको छैन । त्यो स्थितिमा श्रमशक्ति निर्यातलाई नै सरकारले आफ्नो मुख्य लक्ष्य बनाएको छ । श्रमशक्ति निर्यात गर्ने मुख्य लक्ष्य बनाएको सरकारले बिदेशिएका युवालाई स्वदेश फर्काउनेछौ“ भन्ने चुनावी बाचा पनि स्टन्टबाजीमा परिणत हुने भयो ।

    ५. सुशासन र रोजगारीका बारेमा सरकारको वार्षिक कार्यक्रममा कुनै ठोस योजना छैन । त्यसका साथै जनताको जनजीविकाको प्रश्न, राष्ट्रियताको रक्षाको सवालमा पनि सरकारको नीति र कार्यक्रम दिशाहीन छ । कालापानीमा भारतीय सैन्य शक्तिको उपस्थिति छ । लिपुलेक क्षेत्रमा भारतले अनधिकृत रूपले सडक निर्माण गरिरहेको छ । चीनस“ग मिलेर व्यापार गरिरहेको छ । भारतीय तीर्थयात्रुलाई कैलाश मानसरोवर पठाउने मार्गको रूपमा हाम्रो भूमि प्रयोग गरिरहेको छ तर सरकारको नीति र कार्यक्रममा सीमा समस्या समाधान गर्न कूटनीतिक पहल गर्ने भनेर सरकार तर्किन खोजिरहेको छ । भारतले नेपालको भूमि सैन्यशक्तिको बलमा कब्जा गरेको छ । त्यसलाई सीमा समस्या भन्नु नै गलत भाष्य निर्माण गर्नु हो । अझ नीति र कार्यक्रमजस्तो सरकारी दस्तावेजमा समेत गलत भाष्य निर्माण गर्नु अतिक्रमणकारीलाई बल पुर्‍याउनु हो ।

    ६. गणतन्त्रले दिएको अधिकारप्रति सरकारको नीति र कार्यक्रम अनुदारवादी प्रकारको छ । ट्रेड युनियनको अधिकारमाथि प्रतिबन्ध लगाउने काम गरेको छ, जुन गलत छ ।

    ७. विदेशस्थित नेपालीलाई मताधिकार दिने र त्यससम्बन्धी आवश्यक अन्य प्राविधिक तथा कानुनी व्यवस्था गर्नेबारे पनि सरकारको नीति तथा कार्यक्रम मौन छ । विदेशस्थित नेपालीलाई मताधिकार दिनेसम्बन्धी कानुनी व्यवस्था यसै आर्थिक वर्षभित्र गरिनुपर्दछ ।

    बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.