• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. सर्वदलीय बैठक जारी

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

शक्तिराष्ट्रले सधैँ सत्तारूढ दललाई खेलाइरहे : केसी


  •   मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्तिराष्ट्रहरूले सधैँजसो नेपालका सत्तारूढ राजनीतिक दललाई खेलाउँदै आइरहेको धारणा व्यक्त गर्नुभएको छ ।

    Advertisement

    राजमो दाङको आयोजनामा २०८३ वैशाख २९ गते मङ्गलबार घोराहीस्थित पत्रकार महासङ्घको सभाहलमा आयोजित ‘वर्तमान राजनीतिक अवस्था र संविधान संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले सो धारणा राख्नुभएको हो ।

    केसीले भन्नुभयो– ‘नेपाललाई सधैँ शक्तिराष्ट्रले खेलाइरहने गरेका छन् । पार्टीलाई किनेर, सत्तामा लगेर र दबाब दिएर उनीहरूबाट आफ्नो स्वार्थ पूरा गरिरहने गरेका छन् ।’

    उहाँले सोही कारणले नेपाल अहिलेसम्म पनि अर्धऔपनिवेशिक र अर्धसामन्ती देशको रूपमा रहेको स्पष्ट पार्नुभयो ।

    ‘अहिले प्रत्यक्ष रूपमा अमेरिकाले आफ्नोअनुकूलको सरकार बनाएर उपयोग गरिरहेको छ’ उहाँले भन्नुभयो– ‘त्यसैले अब साम्राज्यवादी खतरा नेपालमा झन् झन् बढ्दै गइरहेको छ ।’

    अमेरिकाले नेपालमा प्रत्यक्ष रूपमै घन्टीपार्टी स्थापना गरेर आफ्ना स्वार्थ पूरा गर्ने काम गरेको हुनाले देश अत्यन्तै सङ्कटग्रस्त अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

    केसीले भन्नुभयो– ‘देशलाई जोगाउन जनताले नै पहल गर्नुपर्छ । त्यसको लागि हामी सबै सचेत हुनुपर्छ ।’

    संविधान संशोधन प्रश्नमा उहाँले गणतन्त्र र राष्ट्रियताको विषयमा कुनै संशोधन हुन नसक्ने तर सङ्घीयताको खारेजी लागि भने आफ्नो पार्टीले लगातार आवाज उठाउँदै आइरहेको जानकारी दिनुभयो ।

    अहिलेको संविधान संशोधन बहसपत्रमा पनि राजमोले सङ्घीयता खारेजीलगायतका विषय उठान गरेको बताउनुभयो ।

    सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजर आतङ्कको अध्यक्ष केसीले कडा शब्दमा विरोध गर्नुभयो ।

    उहाँले छानबिन, प्रमाणीकरण र व्यवस्थापनपछि मात्रै सुकुम्बासी बस्ती हटाउन सकिने विकल्प प्रस्तुत गर्नुभयो ।

    कार्यक्रमको अध्यक्षता गरिरहनुभएका राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले पार्टीको तर्फबाट अवधारणापत्र वाचन गर्नुभएको थियो ।

    अवधारणापत्रमाथि मन्तव्य राख्दै नेपाली कङ्ग्रेसका गिरिराज सुवेदी, नेकपा (एमाले) का शम्भु गौतम, नेपाली कम्युनिस्ट पार्टीका विश्वराज आचार्य, नेकपा (माओवादी) का सबिन पोखरेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासन, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठलगायतले टिप्पणी गर्नुभएको थियो ।

    राजमो दाङका उपाध्यक्ष महेश रिजालको स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण जिल्ला सचिव बसन्त पौडेलले गर्नुभएको थियो ।

    मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.