• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. सर्वदलीय बैठक जारी

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सरकारले सही मनसायबाट अध्यादेश ल्याएको छैन : सांसद विश्वकर्मा


  •   सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सरकारले सही मनसायबाट अध्यादेश नल्याएको आरोप लगाउनुभएको छ ।

    Advertisement

    २०८३ वैशाख २८ गते राष्ट्रियसभामा एक्काइसौँ अधिवेशनको पहिलो बैठकमा दलको तर्फबाट मन्तव्य राख्दै उहाँले सो धारणा राख्नुभएको हो ।

    ‘हामीले देखेका छौँ, सरकारले आफैले बोलाएको संसद् अधिवेशन स्थगन गरेर आठओटा अध्यादेश ल्याएको छ’ उहाँले भन्नुभयो– ‘सरकारले सही मानसायबाट ती अध्यादेश ल्याएको छैन ।’

    छ जनाको संवैधानिक परिषद्मा तीन जनाको बहुमत हुन सक्दैन भन्दै उहाँले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्नुभयो ।

    ‘छ जनाको संवैधानिक परिषद्मा ३ जनाको कसरी बहुमत हुन सक्छ ?’ उहाँले जिज्ञासा राख्नुभयो– ‘संसारकै लोकतान्त्रिक मान्यताअनुसार बहुमतका लागि ५१ प्रतिशत चाहिन्छ तर तीन जनाले त ५० प्रतिशत मात्रै हुन्छ ।’

    सांसद विश्वकर्माले भन्नुभयो– ‘यस्तो अध्यादेशले संविधान र लोकतन्त्रको मर्मलाई कायम राख्न सक्दैन । त्यसैले यो अध्यादेश सरकारले फिर्ता लिनुपर्दछ ।’

    त्यसैगरी मन्तव्यको क्रममा उहाँले वर्षाको समयमा सुकुम्बासीलाई बिचल्ली पारेको आरोप पनि लगाउनुभयो ।

    उहाँले भन्नुभयो– ‘सुकुम्बासीलाई उचित व्यवस्थापन नगरी बर्खा याममा बेदखल गरियो । यो सरकारको अत्यन्त गलत र निर्दयी क्रियाकलाप हो ।’

    उहाँले सरकार यस्तो क्रियाकलापबाट पछि हट्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    त्यस्तै विद्यार्थी सङ्गठन तथा ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयको पनि सांसद विश्वकर्माले आलोचना गर्नुभयो ।

    ‘संसारभरिकै लोकतान्त्रिक परम्पराअनुसार पेसागत हकका लागि आवाज उठाउन पाइन्छ । उनीहरूले त्यस्तो हैसियत राख्छन्’ उहाँले भन्नुभयो– ‘त्यसका विपरीत विद्यार्थी सङ्गठन तथा ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय लोकतान्त्रिक व्यवस्था र गणतन्त्रात्मक नेपालको विरुद्ध छ ’

    उहाँले सरकारले यो निर्णय तुरुन्त फिर्ता लिन आग्रह गर्नुभयो ।

    मन्तव्यको क्रममा उहाँले देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेका ज्यादतीको प्रसङ्ग उठाउनुभयो ।

    ‘अहिले पनि देशैभरि दलित महिला तथा बालबालिकामाथि ज्यादती भइरहेको छ, जबकि हामीले यसको विरुद्धमा लगातार आवाज उठाइरहेका छौँ’ उहाँले भन्नुभयो ।

    सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या, सिन्धुलीमा दलित युवकको अन्तरजातीय विवाह गरेकाले प्रहरी हिरासतमै निर्मम हत्या र रोल्पामा कथित उच्च जातिको घरमा प्रवेश गरेकोमा दलित बालकमाथि मरणासन्न कुटपिटको प्रसङ्ग उहाँले मन्तव्य उठाउनुभयो ।

    सांसद विश्वकर्माले भन्नुभयो– ‘सरकारले माफी मागे पनि व्यवहारमा दलित उत्पीडन रोकिएको देखिएन ।’

    उहाँले दलित समुदायको हक, हित र सुरक्षाका लागि जिम्मेवारपूर्ण कदम चाल्न सरकारसित माग गर्नुभयो ।

    मन्तव्यको क्रममा उहाँले सरकार अधिनायकवादी बाटो हिँडेको आरोप लगाउँदै यस्तो चरित्रमा परिवर्तन नआए जनता सडकमा आउने स्थिति उत्पन्न हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘यदि सरकार अधिनायकवादी बाटोमा हिँडिरह्यो भने त्यसको विरुद्ध जनता सडकमा आउनुपर्ने हुन्छ । हामी चाहान्छौँ, सकभर यस्तो स्थिति नआओस् ।’

    सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.