• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘पुख्र्यौली सम्पत्ति बिरालो, दाइजोमा कुकुर’ अध्यक्ष केसीको कटाक्ष– ‘तिनलाई बाध्न सुनको साङ्ला ?’


  •   सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बालेन्द्र शाह सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणबारे कटाक्ष गर्नुभएको छ ।

    Advertisement

    युगदर्शन मिडियाका कार्यकारी सम्पादक प्रकाश थापामगरलाई २०८३ वैशाख २६ गते भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो कटाक्ष गर्नुभएको हो ।

    ‘पुख्र्यौली सम्पत्ति बिरालो, दाइजोमा कुकुर’ अध्यक्ष केसीले कटाक्ष गर्नुभयो– ‘र ती कुकुर र बिरालालाई बाँध्ने सुनका साङ्लाले ?’

    बहालवाला सरकारका मन्त्रीसँग रहेको सुन, घरजग्गा तथा अन्य सम्पत्तिको प्रसङ्ग जोड्दै उहाँले त्यसको स्रोत खोज्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले २०४६ सालपछिमा मात्रै नभएर २०१७ सालपछिका उच्चपदस्थ सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभयो ।

    आफूलाई समेत सो शृङ्खलामा राख्नुपर्ने तर्कसहित उहाँले भन्नुभयो– ‘म पनि एकपटक उपप्रधानमन्त्री र पटकपटक सांसद भएको मान्छु हुँ । मेरो पनि सम्पत्ति छानबिन हुनुपर्दछ । मसँग कति घरजग्गा, गरगहना, गाडीघोडा छन् ? त्यो पत्ता लगाउनुपर्दछ ।’

    पुराना दलले मुख खोल्न सकेनन्

    संविधान संशोधन बहसपत्रका लागि कार्यदल बनाएर काम भइरहँदा पुराना दलले यसप्रति बेवास्ता गरेको तर राजमोले मात्रै किन प्रतिनिधि पठाएको भन्ने जिज्ञासामा आफूहरू जिम्मेवार ढङ्गले प्रस्तुत भएको उहाँको भनाइ थियो ।

    अध्यक्ष केसीले भन्नुभयो– ‘लोकतान्त्रिक व्यवस्थालाई खत्तम पारेर फेरि प्रतिगमनको बाटोमा घण्टी हिँडेको हुनाले अरू आएनन्, हामीलाई मात्रै के कर हो भन्ने कुरा त हुन्न नि ?’

    यतिखेर संविधानमा लिपिबद्ध जनआन्दोलनका उपलब्धि सिध्याउने खेल भइरहेका बेला पुराना दलले मुख नखोलेकोमा उहाँले आपत्ति प्रकट गर्नुभयो ।

    ‘गणतन्त्र सिध्याउने, धर्मनिरपेक्षता सिध्याउने षड्यन्त्र भइरहेको छ । त्यसबा बारेमा ठुला पार्टीहरूले मुख खोल्नुपथ्र्यो । सरकारले बनाएको कथित संविधान संशोधन समितिमा गएर भण्डाफोर गर्नुपर्दथ्यो’ उहाँले भन्नुभयो– ‘जनताका बिचमा गएर ६० वर्षसम्म जनताले लडेर ल्याएको संविधानलाई ध्वस्त पार्न लागिरहेका छन् है प्रतिगामीले । जनता सजग/सतर्क हुनुपर्दछ भन्नुपथ्र्यो । खोलामा पस्ने, खुट्टा कमाउने ?’

    उहाँले पुराना दलप्रति विदेशी शक्तिकेन्द्रका अगाडि डराएर मुख खोल्न नसकेको आरोपसमेत लगाउनुभयो ।

    अहिले कुन दलले कति सिट जित्यो भन्ने भन्ने विषयभन्दा लोकतन्त्रको रक्षा महत्त्वपूर्ण भएको उहाँको दाबी थियो ।

    ‘देशै सकिन थालेका बेला कुन पार्टीले कति सिट जित्यो भन्ने प्रश्न हुन्छ यहाँ ?’ केसीले पुराना दलहरूलाई सजग गराउँदै भन्नुभयो– ‘फिनी हराएको थाहा छैन, गहुँको गेडा गन्ने भनेजस्तो ।’

    अध्यादेशद्वारा शासन

    संसद् अधिवेशनको मिति तोक्ने तर त्यसलाई स्थगित गरेर अध्यादेश ल्याउने सरकारको नीतिबारे अध्यक्ष केसीले अध्यादेशद्वारा शासन चलाउन थालेको टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘झन्डै दुईतिहाइ संसद्मा भएकाले आजभोलिका लागि संसद्को बैठक बोलाउने तर त्यसलाई स्थगन गरेर अध्यादेशबाट शासन चलाउने, भनेपछि लोकतन्त्रमाथिको यो जस्तो आक्रमण के हो ?’

    अर्बौं रुपियाँ खर्च गरेर चुनाव गराउने तर त्यसरी गठन भएको संसद्लाई महत्त्व नदिने सरकारको नीतिको उहाँले कडा आलोचना गर्नुभयो ।

    ‘संसद् बन्द गरेर अध्यादेशबाट देश चलाउने भएपछि २९ अर्ब खर्च गरेर किन फागुन २१ गते चुनाव गराएको ?’ उहाँले सरकारतिर प्रश्न सोझ्याउनुभयो ।

    सरकार लोकतन्त्र भत्काउनतिर

    जेनजी आन्दोलनको सन्दर्भ जोड्दै उहाँले पछिल्लो समयमा विदेशी शक्तिकेन्द्रले देशको राजनीति घनीभूत रूपले प्रभावित पारिरहेको बताउनुभयो ।

    ‘विदेशीलाई चाहिएर संसद् भत्काउनुपर्ने, नेपाली जनतालाई चाहिएर भन्दा पनि । एनजिओलाई चाहिएर चुनाव गराउनुपर्ने, संसद्को चुनाव’ उहाँले भन्नुभयो– ‘भनेपछि यो देश त हजारौँ विदेशी एनजिओलले चलाएका रहेछन् भन्ने अहिले जूनघामझैँ छर्लङ्ग भयो । यही स्थिति रह्यो भने नेपाल ढिलोचाँडो सिक्किम हुन बेर लाग्दैन । युक्रेन हुन बेर लाग्दैन ।’

    उहाँले ट्रेड युनियन विघटन गर्ने सरकारको निर्णयलाई लोकतन्त्र विरोधी कदम बताउनुभयो ।

    यसबारे उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय रूपमा मजदुरले पाएको हकहितमाथि प्रतिबन्ध लगाउने भनिसकेपछि त उसले छाँट देखाइहाल्यो नि । प्रतिगमनको बाटो त यसले समातिहाल्यो नि ।’

    त्यस्तै विदेशीलाई युथ काउन्सिल खोल्न दिने तर विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी निर्णयको उहाँले विरोध गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘विदेशीलाई यहाँ सङ्गठन खोल्न अनुमति दिने, त्यसमा आपत्ति केही नहुने अनि नेपाली जनताले ल्याएको सङ्गठन खोल्न पाउने अधिकारमाथि प्रतिबन्ध लगाउने ?’

    राष्ट्रियता गम्भीर अवस्थामा

    २०१४ सालदेखि आफूले राजनीतिमा लागेको, त्यस क्रममा २०३६ साल, २०४६ साल र २०६२–६३ सालको आन्दोलनमा भाग लिएको, दुईओटै संविधानसभामा रहेर संविधान निर्माणमा सहभागी भएको जानकारी दिँदै उहाँले अहिले जति राष्ट्रियतामाथि गम्भीर खतरा कहिल्यै देखा नदेखिएको ठोकुवा गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘अहिले जति नेपाल साम्राज्यवादको कोपभाजन र अहिले जति राष्ट्रका माथि खतरा भएको मलाई यो उमेरसम्म महसुस भएको थिएन ।’

    अर्कोतर्फ अहिलेको सत्तारूढ दलमा नै राष्ट्रियताप्रतिको समझदारी अत्यन्त कमजोर रहेको उहाँको ठम्याइ थियो ।

    अध्यक्ष केसीले अगाडि भन्नुभयो– ‘भारतले जे भन्छ, त्यही मान्नुपर्छ । नेपाल भुटानको स्तरमा बस्नुपर्छ भनेर अहिलेका घण्टीका सरकारमा बसेका मान्छेले नै भनिरहेका छन् ।’

    यस्तो अवस्थामा देशलाई सिक्किम, भुटान र युक्रेनको अवस्थामा जान नदिन सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

    ‘अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवादलगायत विभिन्न साम्राज्यवादीको भरिया भएर पैसाकै लागि मात्र काम गर्ने हो भने वास्तवमा हामी हेर्दाहेर्दै नेपाल सिक्किमको स्थितिमा, भुटानको स्थितिमा र युक्रेनको स्थितिमा जान्छौँ’ उहाँले भन्नुभयो ।

    समस्या दलको पनि

    अध्यक्ष केसीले यतिखेर प्रतिगामी शक्तिको चलखेल पनि अत्यन्त बढेर गएको बताउनुभयो ।

    ‘तिस वर्षसम्म सत्तामा बसेर ब्रह्मलुट मच्याउनेहरूले नै भनिरहेका छन् के गर्‍यो गणतन्त्रले’ उहाँले प्रश्न गर्नुभयो– ‘गणतन्त्रको दोष हो यो ?’

    प्रतिगामीलाई मदत पुग्ने गरी सत्तारूढ दलले कुशासन चलाएकै कारण नेपालको स्थिति यहाँसम्म आइपुगेको उहाँले बताउनुभयो ।

    सत्तामा पुगेर अकुत सम्पत्ति कमाएका वा अहिलेसम्मै सत्तामा बसेका कैयौँलाई देश नचाहिएको धारणा उहाँको थियो ।

    ‘गणतन्त्र विरोधीहरू, जसले राजतन्त्रको छत्रछायामा बसेर देश लुटेका थिए, उनीहरूलाई यहाँ बसुन्जेल जति दिन फाइदा हुन्छ, बस्छन्’ उहाँले भन्नुभयो– ‘नभए पैसा कमाएकै छन् । छोरानाती अमेरिकामा छन् । कोही अस्ट्रेलियामा छन् । बेलायतमा छन् । उतै बस्छन् । देश चाहिने त तपाईंहामी सुकुम्बासीलाई न हो ।’

    उहाँले पुराना दलले एसपिपी पास गरेको तर एसपिपी पारित नगरेकाले देशमा अमेरिकी चलखेल बढेर गएको र त्यस क्रममा रास्वपाजस्तो पार्टी जन्मिएको बताउनुभयो ।

    ‘यी ठुला पार्टीहरूले एमसिसी पास गरेजस्तै एसपिपी पनि पास गर्न मानेको भए यहाँ अमेरिकाले घण्टीपार्टी खोल्नुपर्ने कुनै आवश्यकता थिएन’ केसीले भन्नुभयो ।

    यता पुराना दलले एसपिपी पारित गर्न नमानेर ठिक गरेको धारणा उहाँले राख्नुभयो ।

    जनताले बुझ्नुपर्दछ

    अहिलेको सरकारको लोकतन्त्र विरोधी चरित्र जनताले समयमै बुझ्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    सुकुम्बासी बस्तीमा डोजर चलेको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो– ‘सुकुम्बासीका घरमा डोजर चलाउने, फेरि आफ्नो घण्टीवालको दरबार आएपछि डोजर रोकिने, भनेपछि यहाँभन्दा नेपाली जनताले बुझ्ने के हो ?’

    उहाँले कानुन सबैका लागि समान हुनुपर्ने बताउनुभयो ।

    (अध्यक्ष केसीसँग अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्नुहोला)

    सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.