• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमोद्वारा संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियताबारे अन्तरक्रिया


  •   शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको अवधारणापत्र तथा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको लिखित मन्तव्यसँगै २०८३ वैशाख २६ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

     

     

     

     

     

     

     

     

     

     

     

     

    केन्द्रीय कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीको अध्यक्षता तथा महासचिव मनोज भट्टको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले स्वागत गर्नुभएको थियो ।

    अध्यक्ष केसीको अवधारणापत्र महासचिव भट्टले वाचन गरेर पूरा गरेसँगै विषयवस्तुमाथि छलफ

    ल सुरु भएको थियो । सो क्रममा महामन्त्री सिंहको लिखित मन्तव्य राजमो नेता वासुदेव पोख्रेलले वाचन गर्नुभएको थियो ।

    (हेर्नुहोस् अध्यक्ष केसीको अवधारणापत्र र महामन्त्री सिंहको मन्तव्यको पूर्ण पाठ)

    संविधानबारे सरकारले आफ्नो स्थिति स्पष्ट गरोस् : ज्ञवाली

    अवधारणापत्रमाथि मन्तव्य राख्दै नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले संविधान संशोधन बहसपत्रको नेतृत्वप्रति प्रश्न उठाउँदै स्वयम् सरकारले यसबारे आफ्नो स्थिति स्पष्ट गर्नुपर्ने माग गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘सर्वप्रथम त सत्तारूढ दलले नै संविधान संशोधनबारे आफ्नो आधारभूत अवधारणा के हो ? त्यसबारे आफ्नो पोजिसन क्लियर गर्नुपर्छ ।’

    आफ्नो पार्टीले संविधानको बारेमा सरकारले आफ्नो स्थिति स्पष्ट नगर्दासम्म यससम्बन्धी बहसमा आफूहरू समावेश नहुने धारणा उहाँले व्यक्त गर्नुभयो ।

    केही समयपहिले अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो आदर्श नेता हिटलरलाई बताएको सन्दर्भ जोड्दै उहाँले यो सरकार लोकतन्त्रको विषयमा कति प्रष्ट छ भन्ने तथ्य खुलिनसकेको बताउनुभयो ।

    ‘संविधान राखौँ कि फालौँ भन्ने मानसिकता बोकेको यो सरकार हो’ उहाँले भन्नुभयो– ‘यस्तो मानसिकता बोकेको सरकारले अगाडि बढाउने संविधान संशोधन बहसमा हामी सहभागी हुन जान्नौँ ।’

    उहाँले अहिले संविधान निर्माणकर्ता दलहरूको शक्तिसन्तुलन कमजोर अवस्थामा रहेकोसमेत स्मरण गर्न सबैसित आग्रह गर्नुभयो ।

    सरकारले पहिला संविधान मान्ने घोषणा गर्नुपर्‍यो : भुसाल

    अन्तरक्रियामा मन्तव्य राख्दै नेपाली कङ्ग्रेसकी उपसभापति पुष्पा भुसालले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्नुभन्दा अघि सरकारले संविधान मान्ने घोषणा गर्नुपर्ने माग राख्नुभयो ।

    उहाँले भन्नुभयो– ‘पहिला त यो सरकारले संविधान मान्छु भनेर घोषणा गर्नुपर्‍यो । त्यसपछि मात्र संविधान संशोधन प्रक्रिया अगाडि बढ्न सक्छ ।’

    उहाँले सरकारले बनाएको कार्यदल नै अवैध भएको दाबी गर्नुभयो ।

    ‘यो कार्यदलले संविधान संशोधन गर्न सक्दैन’ उहाँले भन्नुभयो– ‘त्यसैले कङ्ग्रेसले यो कार्यदलमा प्रतिनिधि पठाएको छैन । वास्तवमा यो सरकारसित विश्वसनीयताकै समस्या छ ।’

    उहाँले पहिला सरकारले संविधान मान्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने, त्यसपछि मात्र संविधान संशोधनको प्रक्रिया निश्चित हुनुपर्ने बताउनुभयो ।

    उपाध्यक्ष भुसालले अगाडि भन्नुभयो– ‘यो तथ्यमा प्रष्ट हुनुपर्दछ, अहिले संविधान संशोधन गर्न लागेको हो, पुनर्लेखन होइन ।’

    अहिले संविधान संशोधनको पेन्डोरा बक्स नखोलौँ : पोखरेल

    अवधारणापत्रमाथि मन्तव्य राख्ने क्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता लीलामणि पोखरेलले अहिले संविधान संशोधन गर्ने उपयुक्त समय नभएको दाबी गर्दै संशोधनको पेन्डोरा बक्स खोल्न नहुने बताउनुभयो ।

    ‘अहिले राष्ट्रियता र राष्ट्रिय सार्वभौमिकता धरापमा परेको छ’ उहाँले भन्नुभयो– ‘मेरो धारणा यो छ, अहिले संविधान संशोधन गर्ने पेन्डोरा बक्स नखोलौँ ।’

    संविधान निर्माण गरेका राजनीतिक पार्टीहरू कमजोर अवस्थामा रहेका बेला, स्वयम् वामपन्थी आन्दोलन कमजोर रहेका बेला, चौतर्फी सङ्कटका बेला संविधान संशोधनमार्फत् देश अग्रगमनतर्फ जान नसक्ने उहाँको दाबी थियो ।

    ‘संविधान संशोधनमार्फत के गर्ने ? के नगर्ने ? त्यो मुख्य होइन’ पोखरेलले भन्नुभयो– ‘संविधान संशोधन गर्नेभन्दा पनि यसका उपलब्धिको संरक्षण गर्न देशभक्त र लोकतान्त्रिक शक्ति एक हुनुपर्दछ ।’

    उहाँले राजा चाहने व्यक्तिको नेतृत्वका संविधान संशोधन कार्यदल बनेकाले पनि त्यसको वैधतामाथि शङ्का रहेको दाबी गर्नुभयो ।

    आमूल परिवर्तनतर्फ ध्यानकेन्द्रित गरौँ : ओली

    कार्यक्रममा मन्तव्य राख्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले संविधान संशोधनभन्दा पनि आमूल परिवर्तनतर्फ ध्यानकेन्द्रित गर्नुपर्ने बताउनुभयो ।

    संविधान संशोधनबाट जनताको समस्या समाधान नहुने दाबी गर्दै उहाँले देश नवऔपनिवेशक दिशातर्फ अगाडि बढिरहेको धारणा राख्नुभयो ।

    सत्तारूढ राजनीतिक पार्टीको गलत नीतिकै कारण भदौ २३–२४ गतेको तथाकथित आन्दोलन चलेको उहाँको भनाइ थियो ।

    संविधान रणनीतिक दस्तावेज भएको बताउँदै उहाँले समाजवादी संविधानको दिशातर्फ अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

    संविधान संशोधनको धारणा हचुवा प्रकारले आयो : दीक्षित

    वरिष्ठ पत्रकार कनकमणि दीक्षितले वर्तमान सरकारको संविधान संशोधन बहसपत्र हचुवा प्रकारले आएको बताउनुभयो ।

    डा. नीलाम्बर आचार्यको अवधारणा उद्धृत गर्दै उहाँले भन्नुभयो– ‘वास्तवमा काचोपना र उग्र महत्त्वाकाङ्क्षा नै वर्तमान सरकारको गम्भीर समस्या हो ।’

    उहाँले सरकारको यस्ता दुई समस्याबाट राजनीतिक दलहरूले नै देश र नेपाली जनतालाई बचाउनुपर्ने धारणा राख्नुभयो ।

    दीक्षितले भन्नुभयो– ‘जनता राजनीतिक दलको वाक्य फुटेको हेर्न चाहान्छन् । सरकारको हनिमुन पिरियडको कुरा बिर्सिदिनुस् ।’

    उहाँले राजनीतिक दलहरूले मौनता तोडेर आफ्ना कार्यकर्तालाई सडकमा पठाउनुपर्ने बताउनुभयो ।

    दलहरू मूर्छित अवस्थामा : भण्डारी

    वरिष्ठ अधिवक्ता एक नारायण भण्डारीले राजनीतिक दलहरू अझै पनि मूर्छित अवस्थामा रहेको बताउनुभयो ।

    ‘सुकुम्बासीमाथि यस्तो दमन भइरहेको छ; सरकार अध्यादेशबाट शासन चलाइरहेको छ; न्यायालय आफूअनुकूल बनाइदैछ’ उहाँले भन्नुभयो– ‘दलहरू मूर्छित अवस्थामा छन् । उनीहरू नबोल्नु खेदजनक छ ।’

    राजमोले भनेजस्तै गणतन्त्र र राष्ट्रियता खतरामा रहेको बताउँदै उहाँले अब शून्यबाट उठ्नुपर्ने समय उत्पन्न भएको धारणा राख्नुभयो ।

    राजनीतिमा पात्र होइन, प्रवृत्ति मुख्य हुने बताउँदै उहाँले वर्तमान सरकारले भने पात्रलाई अगाडि सारेर लोकतन्त्र र राष्ट्रियताको विरुद्ध काम गरिरहेको बताउनुभयो ।

    लोकतान्त्रिक र राष्ट्रवादी शक्ति एक होऔँ : रोका

    कार्यक्रममा मन्तव्य राख्दै अधिवक्ता पदम रोकाले लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    बाहिर सोचिएजस्तो विषय सरल नभएको स्पष्ट पार्दै उहाँले संविधान संशोधन समुचित प्रकारले गरिनुपर्ने बताउनुभयो ।

    लोकतन्त्र र राष्ट्रियता खतरामा परेको बताउँदै उहाँले त्यसका लागि सम्पूर्ण लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो ।

    संविधान संशोधन लोकतन्त्र र राष्ट्रियताको रक्षा हुने गरिनुपर्ने उहाँले बताउनुभयो ।

     

    शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.