• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

न्यायपालिकालाई आफ्नो नियन्त्रणमा राख्न प्रधान न्यायाधीश नियुक्त गरिएको मसालको ठहर

  •   शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले आफ्नो नियन्त्रणमा न्यायपालिकालाई राख्न सरकारले चौथो रोलक्रमका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त ठहर गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ वैशाख २६ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    एनसेल करछुट प्रकरणको उदाहरण दिँदै पार्टीले यस्ता अनुपयुक्त व्यक्तिलाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुको पछाडि सरकारले न्यायपालिकालाई नै नियन्त्रण गर्ने आसयले काम गरेको स्पष्ट पारेको छ ।

    संवैधानिक परिषद्को सो निर्णयबाट सर्वोच्च अदालतसमेत स्वतन्त्र र निष्पक्ष नहुने अवस्था उन्पन्न भएको मसालको बुझाइ छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “आज बसेको नेकपा (मसाल) को केन्द्रीय कार्यालय बैठकले प्रधान न्यायाधीश नियुक्तिको सन्दर्भमा छलफल गरेर त्यसलाई आपत्तिजनक ठहर्‍याएको छ । प्रधान न्यायाधीशको त्यो नियुक्ति प्रधान न्यायाधीशलाई पनि सरकारको नियन्त्रणमा लिने उद्देश्यले निर्देशित भएको हाम्रो पार्टीको केन्द्रीय कार्यालयको ठहर छ ।

    अहिले जुन व्यक्तिलाई प्रधान न्यायाधीशमा नियुक्त गरिएको छ, उनी त्यो पदका लागि उपयुक्त व्यक्ति होइनन् । एनसेलको मुद्दामा उनले करछुटसम्बन्धी जुन फैसला दिएका थिए, त्यसबाट सरकारको आयमा ठुलो नोक्सानी पुगेको थियो । त्यो फैसलाले उनको दृष्टिकोण न्यायपरक नभएको कुरामा कुनै शङ्का रहन्न ।

    लामो समयदेखि सर्वोच्च अदालतमा स्थापित रोलक्रमलााई मिचेर उनलाई प्रधान न्यायाधीशमा नियुक्ति गरिएको छ । उम्मेदवारको सूचीमा उनीभन्दा योग्य अरू कैयौँ न्यायाधीश थिए तर ती सबैलाई पन्छाएर उनलाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुका पछाडि सरकारको आसय उनलाई आफ्नो पक्षमा प्रयोग गर्नु नै हो । त्यसबाट सर्वोच्च अदालत स्वतन्त्र र निष्पक्ष नहुने कुरा प्रष्ट भएको छ र त्यसरी न्यायपालिका कार्यपालिकाको अन्तर्गत हुने कुरामा गम्भीर आशङ्का उत्पन्न भएको छ ।”

    शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.