• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सुकुम्बासी समस्या र सरकारी नीतिप्रति अखिल नेपाल युवक संघको आपत्ति


  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल युवक संघले देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत राष्ट्रिय स्वाधीनता, जनअधिकार, लोकतान्त्रिक मूल्य तथा जनजीविकासँग सम्बन्धित विषयमा सरकारका गतिविधिप्रति असन्तोष व्यक्त गरेको हो ।

    Advertisement

    संघका अध्यक्ष गणेश अधिकारीद्वारा जारी विज्ञप्तिमा लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायत नेपाली भूमि सम्बन्धी विषयमा सरकारले चीन र भारतलाई कूटनीतिक नोट पठाएको कदमलाई सकारात्मक रूपमा लिइएको उल्लेख गरिएको छ । तर केवल औपचारिक कूटनीतिक पहलले मात्र भूमि फिर्ता नआउने भन्दै राष्ट्रियताको विषयमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

    विज्ञप्तिमा चीन र भारतबीच नेपालको भूमिलाई असर पर्ने गतिविधि तथा नयाँ नक्सासम्बन्धी विषयमा सरकार स्पष्ट, दृढ र दूरदर्शी हुनुपर्ने उल्लेख गरिएको छ । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्न दुवै छिमेकी राष्ट्र जिम्मेवार हुनुपर्ने संघको धारणा छ ।

    त्यसैगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत सीमित व्यक्तिको नियन्त्रणमा राज्य संयन्त्र केन्द्रीत गर्ने प्रवृत्तिले लोकतान्त्रिक पद्धति कमजोर बनाउने खतरा बढाएको संघले जनाएको छ । राज्यलाई अधिनायकवादी दिशातर्फ धकेल्ने जोखिम देखिएको भन्दै जनअधिकार कमजोर पार्ने, विरोधी आवाज दबाउने तथा राज्यशक्तिको दुरुपयोग गर्ने प्रवृत्तिप्रति संगठनले आपत्ति जनाएको छ ।

    सुकुम्बासी समस्या समाधानको नाममा सरकारी, सार्वजनिक तथा गुठी जग्गामा डोजर चलाउने कार्यप्रति पनि संगठनले गम्भीर असन्तोष व्यक्त गरेको छ । वास्तविक भूमिहीन तथा गरिब नागरिकलाई वैकल्पिक व्यवस्था नगरी उठीबास लगाउने कार्य अमानवीय र अन्यायपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

    राज्यका विगतका शासक दलहरूले राजनीतिक स्वार्थका लागि नागरिकलाई वर्षौंदेखि बसोबास गराउँदै आएको अवस्थामा अचानक विस्थापन गर्नु समाधान नभएको संघको भनाइ छ । बेरोजगारी, महँगी र आर्थिक संकटले प्रभावित जनतालाई थप असुरक्षित बनाउने गरी घरटहरा भत्काउने कार्य रोक्न संगठनले माग गरेको छ ।

    संघले वास्तविक सुकुम्बासी र भूमाफियाबीच स्पष्ट भिन्नता छुट्याउन सरकारसँग आग्रह गर्दै वैज्ञानिक भूमिसुधार नीति, व्यवस्थित बसोबास योजना, सस्तो आवास कार्यक्रम तथा सम्मानजनक पुनःस्थापनाको नीति लागू गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

    विज्ञप्तिमार्फत संगठनले सरकारसमक्ष विभिन्न मागसमेत अघि सारेको छ । जसमा वास्तविक सुकुम्बासीको पहिचान गरी पुनःस्थापनाको सुनिश्चितता, वैकल्पिक व्यवस्था बिना डोजर चलाउने कार्य रोक्नुपर्ने, भूमाफियामाथि कानुनी कारबाही, वैज्ञानिक भूमि सुधार आयोग गठन तथा संवादमार्फत समाधान खोज्नुपर्ने लगायतका माग रहेका छन् ।

    त्यस्तै विद्यार्थी, श्रमिक, पत्रकार, ट्रेड युनियन तथा विभिन्न जनसमुदायमाथि भइरहेको दमनकारी गतिविधि र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति पनि संगठनले आपत्ति जनाएको छ । लोकतान्त्रिक समाजमा जनताको आवाजलाई सम्मान गर्न राज्य जिम्मेवार हुनुपर्ने संघको भनाइ छ ।

    अखिल नेपाल युवक संघले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, लोकतन्त्र तथा जनजीविकाको पक्षमा निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गर्दै युवा, विद्यार्थी, मजदुर, किसान तथा न्याय र समानताको पक्षमा उभिने सम्पूर्ण जनसमुदायलाई एकताबद्ध हुन आह्वान गरेको छ ।

    शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.