• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नेपालको सहमतिविना लिपुलेक क्षेत्रको प्रयोग अनधिकृत भएको राजमोको दाबी


  •   बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपालको सहमतिविना लिपुलेक क्षेत्र प्रयोग गर्नु अनधिकृत हुने धारणा व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८३ वैशाख २४ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै राजमोको सो अवधारणा व्यक्त भएको हो ।

    लिम्पियाधुरादेखि कालापानीसम्मको क्षेत्र भारतले कब्जा गर्नु र चीनले पनि सो भूभागलाई भारत देखाउनु दुवै गलत भएको बताउँदै राजमोले अहिले नेपालको सहमतिविना मानसरोवर यात्राका लागि लिपुलेकको प्रयोग गर्नु अनधिकृत हुने तर्क अगाडि सारेको छ ।

    सरकारद्वारा भारत र चीनलाई लिपुलेक सम्बन्धमा कूटनीतिक नोट पठाउनुलाई सकारात्मक बताउँदै राजमोले यस मामिलालाई संयुक्त राष्ट्र सङ्घ वा अन्य अन्तर्राष्ट्रिय फोरममा उठाउनुपर्ने बताएको छ ।

    फरक प्रसङ्गमा वक्तव्यमा छमध्ये तीन सदस्यले निर्णय गर्ने गरी सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकोमा त्यसबाट देशमा फाशिष्ट शासन कायम हुने बताएको छ ।

    विद्यार्थी सङ्गठन र ट्रेड युनियन खारेजी तथा प्रेसमाथिको अङ्कुश र सुकुम्बासीको दमनको विरोध गर्दै राजमोले त्यसका विरुद्धको आवाजप्रति आफूहरूको ऐक्यबद्धता रहेको स्पष्ट पारेको छ ।
    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको क्षेत्र नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताभित्र पर्दछ । त्यसैले भारतले नेपालको सहमतिविना नै तीर्थयात्रीलाई लिपुलेकको बाटो भएर मानसरोवर जान गरेको व्यवस्था गलत छ । नेपालको सहमतिविना भारतले तीर्थयात्रीलाई मानसरोवर जान लिपुलेकको बाटो प्रयोग गर्ने निर्णयका विरुद्ध नेपाल सरकारले आफ्नो विरोध जनाउँदै चीन र भारत दुवै देशका सरकारलाई कूटनीतिक नोट पठाएको छ । सरकारको त्यस प्रकारको नीतिलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिन्छ तर हामीले पहिलेदेखि नै यो कुरामा जोड दिँदै आएका छौँ कि कूटनीतिक स्तरमा त्यस प्रकारको प्रयत्न गरेर मात्र लिपुलेक वा कालापानीको समस्याको समाधान हुँदैन । त्यसैले हाम्रो पार्टीले कालापानीको मुद्दालाई संयुक्त राष्ट्र सङ्घ वा विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उठाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको थियो । हामी अहिले पनि त्यो नीतिमा जोड दिन्छौँ ।

    नेपाल र चीनबिच सन् १९६० को सीमानासम्बन्धी सम्झौताले लिम्पियाधुरा–लिपुलेकसहितको भूभाग नेपालमा पर्दछ भन्ने कुरा चीनलेसमेत स्वीकार गरेको छ । कालापानीसहितको भूभाग नेपालको भएको तथ्य थाहा हुँदाहुँदै पनि नेपालको सहमतिविना चीन र भारत दुवैले मिलेर लिपुलेक नाका भएर चीन र भारतले द्विपक्षीय व्यापार गर्ने सम्झौता गरेका छन् । उक्त सम्झौता अनधिकृत छ । चीनले आफ्नो नयाँ नक्सामा कालापानी क्षेत्रलाई भारतको नक्सामा देखाएको छ । कालापानीको सवालमा भारतीय अतिक्रमणलाई समर्थन हुने गरी चीनले नेपालप्रति अमैत्रीपूर्ण नीतिको प्रदर्शन गरेको छ । चीनको त्यस प्रकारको अमैत्रीपूर्ण नीतिको पनि जोडदार प्रकारले विरोध गरिनुपर्दछ ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई जारी गर्नुभएको छ । अध्यादेशमा संवैधानिक पदाधिकारीको नियुक्ति गर्दा ६ सदस्यीय संवैधानिक परिषद्मा तीन सदस्यले गरेकोे निर्णय बहुमतको निर्णय मानिने अलोकतान्त्रिक र स्वेच्छाचारी व्यवस्था गरिएको छ, जुन गलत छ । त्यस प्रकारको प्रणालीबाट सरकारलाई मनोमानी प्रकारले कुनै पनि निर्णय गर्ने अधिकार दिनेछ । त्यस प्रकारको अध्यादेशलाई जारी गरेर बालेन सरकारले सुरुमा नै आफ्नो फासिस्ट चरित्रको प्रदर्शन गरेको छ । अध्यादेशले दिएको त्यस प्रकारको अधिकारबाट देश फासिस्ट दिशामा जानेछ । सरकारको उक्त कार्यको हाम्रो दलले कडा शब्दमा भत्र्सना गर्दछ ।

    सरकारले विद्यार्थी, ट्रेड युनियन र प्रेस तथा सुकुम्बासीका विरुद्ध जुन दमनचक्र चलाइरहेको छ, त्यसका विरुद्ध जनतामा असन्तोष र विरोध बढ्दै गइरहेको छ र त्यो विरोधले ठाउँठाउँमा सङ्घर्षको रूप पनि लिँदै गएको छ । सरकारका गलत नीतिका विरुद्धको सबै प्रकारका विरोध र सङ्घर्षलाई समर्थन गर्दै हाम्रो पार्टीले तिनीहरूसित ऐक्यबद्धता प्रकट गर्दछ ।”

    बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.