• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. सर्वदलीय बैठक जारी

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

राष्ट्रपतिद्वारा ८ वटा अध्यादेश जारी, के के छन् त्यसभित्र ?


  •   मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा एकै पटक ८ वटा अध्यादेश जारी गरेका छन् । सरकारले संसदीय प्रक्रियाबाट ऐन पारित गर्न नसकिने अवस्थामा संविधानको धारा ११४(१) बमोजिम यी अध्यादेश ल्याइन्छ । तर वर्तमान सरकारसँग लगभग दुईतिहाईको संख्या हुँदाहुँदै पनि संसदको गरिमालाई लत्याए अध्यादेश ल्याएको भन्दै सर्ववत्र विरोध भइरहेको छ । वास्तविकता के छ त्यसको बारेमा विस्तार विस्तारै खुल्दै जाने नै छ ।

    Advertisement

    अध्यादेशहरूमा सहकारी क्षेत्र सुधार, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारण, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति, विश्वविद्यालय प्रशासन र केही अन्य ऐनमा संशोधनसम्बन्धी व्यवस्था रहेको छ ।

    १. सहकारी (पहिलो संशोधन) अध्यादेश

    सहकारी संस्थाहरूमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम हिनामिना र संस्थागत सुशासनको कमीजस्ता समस्यालाई सम्बोधन गर्ने उद्देश्यले यो अध्यादेश ल्याइएको सरकारले बताउँदै आइरहेको छ । सहकारी नियमन निकायलाई थप अधिकार दिने र लेखापरीक्षणलाई अनिवार्य गर्ने व्यवस्था गरिएको सरकारको भनाइ छ ।

    २. सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

    सरकारले ठूला पूर्वाधार परियोजनामा खरिद प्रक्रियालाई छिटो, पारदर्शी र जवाफदेही बनाउन यो अध्यादेश ल्याइएको बताउँदै आइरहेको छ । सार्वजनिक खरिदको दायरा, ढिलासुस्ती र भ्रष्टाचारका घटनालाई नियन्त्रण गर्न कार्यविधि संशोधन गरिएको बताइएको छ ।

    ३. सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश

    सरकारका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय संस्थाको कालोसूचीबाट बचाउन र मनी लन्ड्रिङ नियन्त्रण गर्न यो अध्यादेशको भूमिका रहनेछ । यसले राष्ट्र बैंक र अनुसन्धान निकायहरूलाई थप अनुसन्धान शक्ति प्रदान गर्नेछ ।

    ४. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

    त्रिवि शिक्षण अस्पतालअन्तर्गतको प्रतिष्ठानमा प्रशासनिक विकेन्द्रीकरण, आर्थिक स्वायत्तता, र उपचार सेवा गुणस्तर सुधारका लागि संशोधन गरिएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य अनुसन्धानमा पारदर्शिता ल्याउन समेत लक्षित रहेको स्रोतले बतायो ।

    ५. सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश

    यसले संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको कार्यकाल अगावै पदमुक्तिको प्रक्रिया स्पष्ट पार्छ। केही पदाधिकारी कमजोर कार्यसम्पादन वा अनुशासनहीनताको विषयमा विवादमा रहेका बेला यो अध्यादेश विवादास्पद बन्न सक्ने अधिवक्ताहरू बताउँछन् ।

    ६. विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

    यो अध्यादेशले आन्तरिक चुनाव प्रक्रिया, उपकुलपति नियुक्ति र विश्वविद्यालयको वित्तीय व्यवस्थालाई पारदर्शी बनाउने दाबी गरिएको छ । शैक्षिक स्वायत्तता रेशनन् संरक्षणमा भने प्रश्न उठ्न सक्छ।

    ७. केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

    यो अध्यादेशले धेरै ऐनमा छरिएर रहेका कानुनी बाधा हटाई कर, शिक्षा, भूमिसुधारजस्तो क्षेत्रमा कानून मिलाउने उद्देश्य राखेको बतान्छ । विवरण सार्वजनिक हुन बाँकी ।

    ८. संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश

    संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार प्रस्ट्याउने र रिक्त संवैधानिक निकायको प्रमुख नियुक्ति प्रक्रिया तीव्र पार्ने लक्ष्य रहेको छ । यो अध्यादेश संसदीय सुनुवाइको प्रक्रियालाई पनि समयमै टुंगो लगाउन सहयोगी हुने दाबी छ ।

    संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधान न्यायाधिस, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिपक्ष दलको नेता, प्रतिनिधि सभाका उपसभामुख पर्दछन् । वर्तमान संवैधानिक परिषदको अवस्थालाई हेर्दा सत्तापक्षको दुई मतमात्रै रहेको देखिन्छ । त्यस आधारमा सरकारले संवैधानिक परिषदमाथि नै दखल पुराउने कोशिस त गरेको छैन ? राजनीतिक वृत्तमा चर्चा छ ।

    सरकारको धारणा

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले मन्त्रिपरिषद् बैठकपछि भने– “संसद स्थगित भएको समयमा यी विषय जनहितका र तत्काल कार्यान्वयन हुनुपर्ने भएकाले अध्यादेश ल्याइएको हो ।”

    विपक्षीको टिप्पणी

    प्रमुख प्रतिपक्षी दलले अध्यादेशलाई ‘राजनीतिक लाभको लागि मौकाको फाइदा उठाउने खेल’ भन्दै संसद् अधिवेशन बोलाउन माग गरेको छ । कतिपय सांसदले सार्वजनिक पदमुक्ति र विश्वविद्यालय सम्बन्धी अध्यादेशलाई ‘कर्मचारी र शैक्षिक स्वायत्तताविरुद्धको प्रहार’ आरोप लगाएका छन् ।

    अब के हुन्छ ?

    संविधानको धारा ११४ (३) अनुसार यी अध्यादेश आगामी संसद् अधिवेशन(बैठक) सुरु भएको ६० दिनभित्र संसद्बाट अनुमोदन हुनुपर्छ । अन्यथा ती आफैं निष्क्रिय हुनेछन् ।

    मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • २.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ३.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ४.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ५.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ६.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ७.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ८.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.